Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

विपद्मा जगन : आइएफआरसीको सर्वोच्च पद ‘महासचिव’ सम्हाल्ने पहिलो नेपाली

काठमाडौं । मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ ....’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भने, “यहीभित्र छ – मेरो जीवन । संसारिक सुख ।”

हँसिलो स्वाभाव छ– उनको । कपाल सेतो हुन बाँकी छैन । शरीर खाइलाग्दो छ । हेर्दा लाग्छ– उनी भर्खरको तन्नेरी छन् । उनमा रहेको अथाह विद्वताले नयाँ इतिहास रचना मात्र गरिदिएको छैन, वीर मात्र होइनन् नेपाली ‘बौद्धिक’ हुन भन्ने सन्देश विश्वलाई प्रवाह गरिदिएको छ । उहाँका मानवीय सेवाका क्षेत्रमा खारिएका तीन दशकको अनुभवले उनलाई मात्र होइन, नेपाललाई संसारसँग परिचित गराएको छ ।

आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी सस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को सर्वोच्च पद ‘महासचिव’को जिम्मेवारी उनले यही माघ १८ गतेदेखि ९१ फेब्रुअरी २०२०० सम्हाल्दै छन् । विश्वका १९२ देशका रेडक्रस महासङ्घमा आबद्ध छन् । हाल महासङ्घको उपमहासचिव पदमा कार्यरत पहिलो नेपाली उनले ‘महासचिव पद’ सम्हाल्ने दक्षिण एशियाली क्षेत्रको पहिलो व्यक्तित्व हुने सौभाग्य प्राप्त गरेका छन् ।

युद्धका पीडाले छट्पटाइ रहेकालाई मानवीय सेवा स्वःस्र्फुत प्रदान गर्न हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायतका क्षेत्रमा महासङ्घले मानवीय सहायता प्रदान गर्दछ । सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यामा वर्षेनी मानवीय सहायता महासङ्घले पु¥याएको जनाइएको छ ।

महासङ्घमा ‘महासचिव पद’लाई सर्वोच्च मानिन्छ । कार्यकाल चार वर्षको हुन्छ । ‘गभर्निङ बोर्ड’ले चाहेमा अर्को कार्यकाल थप गर्न सक्ने प्रावधान रहेको छ । कार्यरत महासचिवको कार्यकाल समाप्त हुनु एक वर्ष अगाडिदेखि अन्तर्राष्ट्रिय आह्वानमा छनोट कार्य शुरुआत हुने गर्दछ । “महासचिव पदमा दरखास्त दिउँ कि नदिउँ दोधारमा थिए । चिनेजानेका सबैले निवेदन दिन हौस्याए । दिँदैमा के हुन्छ ? सबैले भने । मैले देखेको कार्ययोजना ९ड्रिम पेपर० तयार गरेँ र निवेदन राखे ।” उनले भने, “पहिलो चरणबाट राम्रो नतिजा निस्कियो । विभिन्न चरण पार लगाउँदै गएँ, निरन्तर अध्ययन तथा अनुभवलाई एकीकृत बनाए । कति रात निदाइन ।”

यस पटक विश्व प्रसिद्ध बेलायती एक कम्पनीले छनोटको जिम्मेवारी पाएको थियो । कम्पनीले लिखित, मौखिक, व्यावहारिक तथा विगतका कामको पटक पटक मूल्याङ्कन गर्दै सम्भावित उम्मेदवारका नामावलीलाई महासङ्घमा सिफारिस ९सर्ट लिस्टिङ० गरी पठायो । अन्तमा शक्तिशाली र प्रभावशाली २९ देश सहभागी ‘गभर्निङ बोर्ड’को बैठकको मतदानले ‘महासचिव पद’ टुङ्ग्याउँछ ।

मतदानमा उनको पक्षमा दुई तिहाइ आएको जनाइएको छ । मत सङ्ख्या बाहिर ल्याउने प्रचलन रहेको छैन । महासङ्घको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरी महासचिव विजयी हुने उहाँ पहिलो व्यक्ति भएको बताइएको छ । हाल महासङ्घको अध्यक्ष फ्रान्सेस्को रोक्का छन् । इलाड सईले महासचिवको अन्तिम कार्यभार सम्हालिरहेका छन् । “मत परिणाम कुरिरहेको थिइँ । मतगणनापछि लगत्तै अध्यक्ष फ्रान्सेस्कोले कङ्ग्राचुलेसन जगन भन्दै फोन गरे । ‘थ्याङक यु’ मात्र भने । अब ‘थ्याङ्क यु सो मच’को जिम्मेवारी पूरा गर्न बाँकी छ ।” उनले भने, “बोर्ड सदस्य देशले मेरो विगतको कामको मूल्याङ्कन र आगामी लक्ष्य देखेर मतदान गरेको ठानेको छु । मत दिने, नदिने सबै देशलाई धन्यवाद दिन्छु । आगामी दिनमा समान व्यवहार गर्छु ।”

“मलाई बाल्यकालदेखि ‘मानवीय सेवा गर्नुपर्छ’ भन्ने भोक जाग्न थालेको हो । मेरो जीवन रहुञ्जेल भोक जागिरहन्छ । भोकको छट्पटिएकाले मलाई यहाँसम्म पु¥यायो । सेवा गर्नेले कमाइ खोज्नु हुँदैन । कयौँ पटक आफ्नो आम्दानी दान गरेको छु, उनले भने, “प्राकृतिक तथा मानवसिर्जित विपद् जोखिम व्यवस्थापन तथा सङ्कटासन्न समुदायको उत्थानमा नयाँ सोचले काम गर्ने योजना बनाएको छु ।”

पाँच दशकअघि चितवन दिव्यनगरमा सामान्य परिवारमा उहाँको जन्म भएको थियो । आठ दाजुभाइ र दुइ दिदीबहिनी भएको परिवारमा उहाँ हुर्किनुभयो । अहिले ५२ वर्षमा हिँडिरहेका छन् । “मैले मेरो लागि कहिल्यै सोचिन । ‘अरुलाई के गर्न सकिन्छ, के दिन सकिन्छ’ भन्ने सेवाभाव जाग्दथ्यो । विसं २०३७ मा भरतपुरस्थित बालकुमारी विद्यालयमा अध्ययन गर्दा जुनियर रेडक्रस सर्कल गठन गरेँ ।”

पछिल्लो समय प्रायः उच्च माध्यमिक विद्यालय तहमा जुनियर रेडक्रस सर्कल गठन भएका छन् । अमृत साइन्स कलेजबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि उनले भारतबाट खानी ९माइनिङ० इञ्जिनीयरिङमा स्नातक अध्ययन पूरा गरेका थिए । “बाबुआमाले मलाई डाक्टर भएको देख्न चाहनु हुन्थ्यो । बायोलोजी पनि पढेँ । इञ्जिनीयर भएको सुनाएपछि ‘दुःख पाइस्’ भने । आधा जीवन सफल भएको ठानेँ । म दुःखमा सुख देख्दथे । उनले भने, “दुःखमा जीवन लुकेको हुन्छ, सुखमा हुन्न ।”

भुटानी शरणार्थी शिविरमा काम गर्न रेडक्रसले कर्मचारी माग ग¥यो । अध्ययन पूरा भएकाले उहाँले निवेदन दिए । नाम निस्केपछि दमक पुगे उनी । उनले शुरुआतका दिनमा गरेका कामले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त ग¥यो । “शरणार्थीमध्येकी एक युवती गर्भवती रहेको जानकारी भयो । कसरी उनको जीवनलाई सुरक्षित बनाउने भनेर चिन्ता भयो । भोलिपल्ट सिलाइबुनाइको तालीमको शुरु गरेँ । उनीलगायत समूहलाई आत्मनिर्भर बनाए । ती युवती पीडाले मलाई मानवीय सेवामा काम गर्न थप प्रेरणा मिल्यो”, उनले भने ।

पदभन्दा काम ठूलो

उनी पदभन्दा कामलाई सर्वोच्च ठान्छन् । कामले नै नाम कमाउने हो । शिविरमा मानवीय सहायताका विविध क्षेत्रमा गरेको कामलाई उच्च प्रशंसा गर्दै महासङ्घले उनलाई आफ्नो मुख्यालय जेनेभा बोलायो र सन् १९९६ ताजकिस्तानमा खटाइदियोे । ‘जीवन छोटो छ, जतिदिन रहिन्छ, मानव सेवामा लगाउनुपर्छ’ भन्ने मान्यतालाई उनले कहिल्यै जीवनबाट विचलित हुन दिएको छैन । “सन् १९९६ जुनमा ताजकिस्तान गएँ । सोभियत सङ्घ विघटन हुँदा गृहयुद्धले तहसनहस बनाएको थियो । वृद्धामात्र रहेका थिए । छ हजार वृद्धालाई स्याहार गर्ने कामको जिम्मा पाएको थिएँ, उनले भने, “ती वृद्धालाई अस्थायी वासस्थानको व्यवस्थादेखि खाना खुवाउने अन्य सेवामा तल्लीन रहेँ । कति वृद्धाले आफ्नै सन्तान सम्झेर मलाई अङ्गालो हालेर रोए । आँशु पुछिदिँदा दिन बितेको पत्तै पाउन्न थ्ये । छोटो समयमा उत्कृष्ट सेवाको प्रबन्ध मिलाए । वृद्धालाई औधि खुशी बनाए ।”

तिनै वृद्धाले दिएको ‘आशीर्वचन’ उनका लागि थप मार्गदर्शन बन्न पुग्यो । सङ्घको विघटनले मध्य एशियामा समेत चरम मानवीय सङ्कट निम्त्याएको थियो । उनले सङ्कटलाई टार्न महासङ्घलाई नयाँ नयाँ योजना पस्कँदै जानुभयो । उहाँका गहकिला सुझावलाई संस्थाले शिरोपर गर्दै कार्यान्वयनमा उतार्दै गयो । सङ्कटासन्न समुदायको व्यवस्थापनमा उनले गरको कामले उच्च प्रशंसा जमाइरह्यो । “सेवाभन्दा ठूलो केही हुँदैन, सेवा गर्नेहरु भोकै पर्दैनन् उनले भने, “पैसाको पछाडि कहिल्यै दौडिन ।”

महासङ्घ उनका कामदेखि औधि प्रभावित बन्दै गयो । हरेक सङ्कटासन्न समुदायका उत्थान तथा विपद्का क्षेत्रमा राहत, उद्धार र व्यवस्थामा उनलाई महासङ्घले परिचालित गर्दथ्यो । उनले सन् २००३ देखि दक्षिण एशियामा सञ्चालित सबै मानवीय सहयोगका कार्यक्रम हेर्ने गरी प्रमुखको जिम्मेवारी पाए । यसअघि सन् २००१ मा भारतको गुजरातमा गएको विनाशकारी भूकम्पको खोज, उद्धार तथा राहत लिएर उहाँ खटिएका थिए । गुजरात भूकम्पमा महासङ्घले गरेको सहायतालाई भारत सरकारले उच्च प्रशंसा गरेको थियो ।

सन् २००४ को सुनामीले श्रीलङ्का, मालदिभ्स र भारतलाई नराम्रोसित प्रभाव पा¥यो । जनधनको ठूलो क्षति भयो । सुनामी पीडितको सहयोगमा उहाँ तल्लीन हुनपरेको थियो । सन् २००५ मा पाकिस्तानमा गएको भूकम्पपछि उद्धार तथा राहतमा उहाँले नै नेतृत्व प्रदान गरे । उहाँ सन् २००६ मा महासङ्घको मध्य एशियाको प्रमुख हुनुभयो । महासङ्घको सन् २००७ मा पुनःसंरचना भएपछि उनी एशिया प्यासिफिक क्षेत्रको नायब प्रमुखको हैसियतमा मलेसियाको क्वालालम्पुर पुगे । प्रमुखको अचानक निधन भएपछि उहाँले प्रमुख पदको जिम्मेवारी प्राप्त गरे।

यसबीचमा चीनको सिचुवानको भूकम्प, म्यान्मार र बङ्गलादेशमाको आँधी पीडितलाई सहयोग पु¥याउन उहाँले नै नेतृत्व प्रदान गरेका थिए । “अफिस काममा व्यस्त थिएँ । नेपालमा भूकम्प गयो, क्षतिको आँकलन भएको छैन, भूकम्पको पराक्रम जानेक्रम जारी रहेको सूचना पाएँ । त्यस्तो भौगोलिक बनोटमा कसरी खोजी, उद्धार तथा राहत पु¥याउने भन्ने विषयमा योजना थिए । नेपाल सरकार र नेपाल रेडक्रसलाई जानकारी गराई । उनले भने, “तत्काल जेनेभाबाट अन्तर्राष्ट्रिय मानवीय सहायताको अपिल जारी भयो ।”

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि उहाँ १४ गते काठमाडौँ आई अन्तर्राष्ट्रिय मानवीय सहयोगको समन्वय गरेका थिए । खोज, उद्धार तथा राहत कार्यक्रममा आफ्नो ज्ञान र अनुभव लगाए– उनले । उनले नेपाल रेडक्रसलाई भूकम्पपीडितका लागि आवास, जीविकोपार्जन, खानेपानी र सरसफाइ, स्वास्थ्य सेवालगायत पाँचवटा क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्न आर्थिक सहयोग जुटाउन समन्वय गरे । नेपाल रेडक्रसको इतिहासमा पहिलो पटक रेडक्रस दाता सम्मेलनसमेत भएको थियो ।

महासङ्घको सेक्रेटरी काउन्सिलले उनलाई सन् २०१५ जुलाइमा ‘चिफ अफ स्टाफ’को नियुक्ति दियो । यसपछि उनी सन् २०१७ मे देखि उपमहासचिव पदमा कार्यरत छन् । उनी पछिल्लो तीन दशकमा विश्व भएका मानवीय सङ्कटको साक्षी बन्नुभएको छ । पछिल्ला विपद्लाई नजिकबाट नियाल्ने र व्यवस्थापन उनका ज्ञानले गरेको छ । “जलवायु परिवर्तनले निम्त्याएका विपद्, प्राकृतिक तथा मानवसिर्जित विपत्तिलाई धेरै देशले भोग्दै आएका छन् । यही अप्ठ्यारो, विपद्मा परेकालाई उद्धार गर्ने र आगामी दिनमा विपद्को सामना गर्नसक्ने क्षमता विकास गर्ने आफ्नो कार्ययोजना रहेको ।” उनले जानकारी दिए ।

पछिल्लो समय महासङ्घले समुदायमा आधारित दिगो विकाससम्बन्धी कार्यक्रमलाई महत्वका साथ अघि बढाएको छ । उहाँले नै सो अवधारणालाई अगाडि सारेका थिए । “सामाजिक संस्थाले काम गरेर मात्र न गरिबी घट्छ, न समृद्धि हासिल हुन्छ । सर्वपक्षीय योजना कार्यान्वयनका लागि बहुपक्षीय योजना हुनुपर्ने र त्यसको नेतृत्व राज्यले गर्नुपर्छ उनी भन्छन्, “राज्यले नेतृत्व नलिइ गरिबी घट्दैन । आपत्मा परेका, गरिबीको दुष्चक्रमा फसेका र जलवायु परिवर्तनको चपेटामा परेकालाई समस्याबाट निकाल्ने अथक परिश्रम गर्छु, यही मेरो जीवनको सपना हो ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE