Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

भक्तपुरको कटुञ्जेमा ट्राफिक भवनको उद्घाटन

भक्तपुर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा निर्माण सम्पन्न भएको महानगरीय ट्राफिक प्रहरी कार्यालय भवनको आज उद्घाटन गरेका छन् । भवनको उद्घाटन गर्दै उनले नेपाल प्रहरीले अपराधीको हकमा जो सुकै भए पनि कडारुपमा प्रस्तुत भएर कारवाही प्रक्रियामा अगाडि बढ्ने बताए । जो सुकै व्यक्तिले अपराध गरे पनि कुनै बहानामा छुट नदिई कानूनको कठघरामा उभ्याउने, भ्रष्टाचारको विरोध र सुशासन कायम गर्न नेपाल प्रहरी खटिएको बताए ।

महानिरीक्षक खनालले महिला र बालबालिकाको हकमा धेरै संवेदनशील हुनुपर्नेमा जोड दिँदै भक्तपुरमा बनेको नयाँ भवनमा यहाँका बासिन्दाको सहयोगसँगै मन र आत्मा जोडिएको बताए । उनले अपराधमुक्त समाज निर्माणको मिशनमा लागेको प्रहरीलाई नागरिकले सघाउनुपर्नेमा जोड दिँदै नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई सहयोग गर्न सकेमात्र अपराधमुक्त समाजको परिकल्पना साकार हुने चर्चा गरे ।

कार्यक्रममा महानगरीय आयुक्त कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल, ट्राफिक महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र भवन निर्माण समितिका अध्यक्ष नवीन प्रजापतिले देशलाई अपराधमुक्त बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

सूर्यविनायकको कटुञ्जेस्थित कित्ता नं २३३३ रहेको कूल १३ आना जग्गामा २०७४ साल कात्तिक ३० गते शिलन्यास भएको भवन करीब रु एक करोड ५० लाखको लागतमा निर्माण सम्पन्न भएको ट्राफिक प्रहरी हबल्दार ईश्वरप्रसाद बञ्जाराले जानकारी दिए।

दुईतला आधा रहेको यो भवनमा नौवटा कोठा, मेस, महिला ब्यारेक, इन्चार्ज कक्ष, कार्यालय प्रमुखको आवास, जुनियर प्रहरी अधिकृत ब्यारेक, प्रहरी हबल्दार र प्रहरी जवानको ब्यारेक, सभा हल, प्रतीक्षालय, छ वटा शौचालयसहितको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माणका लागि भक्तपुर नगरपालिकाबाहेक जिल्लाका अन्य तीनवटा नगरपालिका, यहाँका व्यवसायीहरुबाट रु ३९ लाख २७ हजार २५६ नगद सङ्कलन भएको र व्यवसायी एवं दाताहरुबाट निर्माण सामग्रीहरु सङ्कलन गरी सरकारको लगानी बिना नै भवन निर्माण सम्पन्न भएको समितिले जानकारी दिएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE