Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

नेपाल प्रहरी र नेपाल स्काउटबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी र नेपाल स्काउट बिच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत समझदारी पत्रमा हस्ताक्षर भएको छ । लैनचौर स्थित नेपाल स्काउट कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारी र प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विच ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्र्तगत हस्ताक्षर भएको हो ।

कार्यक्रममा नेपाल प्रहरी र नेपाल स्काउट बीच केन्द्रीय तहदेखि जिल्ला, पालिका स्तरसम्म ‘समुदाय–प्रहरी साझेदारी’ को अवधारणा अनुरुप साझेदारी र सहकार्य हुने बताइएको छ । नेपाल स्काउटका जिल्ला, पालिका स्तरका संरचनाहरु समुदाय–प्रहरी साझेदारीका जिल्ला र पालिका समितिका सदस्यको रुपमा रहने समझदारी पत्रमा उल्लेख छ । त्यसैगरि अपराध रोकथाम, सुरक्षा सचेतना अभिवृद्धिका सामुदायिक र विद्यालय सम्पर्क कार्यक्रमहरु संयुक्त रुपमा कार्यान्वयन गरिने समेत उल्लेख छ ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात आफ्नो धारणा राख्नु हुँदै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले यो कार्यक्रम अत्यान्तै सान्दर्भिक रहेको हुँदा स्काउटबाट गर्नु पर्ने जस्तो सुकै सहयोग गर्न पनि नेपाल स्काउट तयार रहेको र स्काउट सबैले यो हाम्रो कार्यक्रमको हो भन्ने सोचेर अगाढी बढ्नु पर्नेमा जोड दिए । भण्डारीले आगामी दिनमा संचालन हुने सचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन, सडक सुरक्षा लगायतमा नेपाल प्रहरी र नेपाल स्काउटको सामूहिक प्रयास रहने बताए । साथै नेपाल प्रहरीसँग समन्वय गरी स्वच्छ मनले असल र सुसंस्कृत नागरिक निर्माण गर्नका लागि सबै स्काउटका पदाधिकारी एवम् प्रतिनिधिहरुले आ–आफ्नो भूमिका निर्वाह गर्नेमा विश्वास समेत व्यक्त गरे।

कार्यक्रममा प्रहरी प्रमुख एवं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवका दिनमा समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणमा समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत नेपाल प्रहरी र नेपाल स्काउट जान मिल्ने क्षेत्रमा सँगसँगै अगाडि बढ्ने बताउनु भयो । उहाँले स्काउटसँगको सहकार्यमा केन्द्रदेखी स्थानीय तहसम्म सहकार्य गरेर अगाडी बढ्नु पर्ने आजको आवश्यकता रहेको हुँदा सबैको सक्रिय सहयोगको अपेक्षा गरिएको बताए ।

शान्ति सुरक्षा अमन चयन कायम राख्ने कार्यमा नेपाल प्रहरी र नेपाल स्काउटको साझा सहभागिता, समन्वय, र सहकार्यलाई अझ बढवा दिने उदेश्यकासाथ शुरुवात गरिएको प्रहरी प्रमुख खनालले बताए ।

कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कार्यक्रमको अवधारणा र उदेश्यको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्की, लगायत प्रहरी नायव महानिरीक्षकहरु, नेपाल स्काउटका केन्द्रिय पदाधिकारी, पूर्व आयुक्त तथा प्रतिनिधिहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं प्रहरी अधिकृतहरुको सहभागिता रहेको नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक राजिब खत्रीले बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending