काठमाडौ । नेपाली सेनाको आयोजनामा प्रधानसेनापति पाँचौँ खुला दौड प्रतियोगिता आगामी फागुनमा गरिने भएको छ । आगामी फागुन ३ गते हुने एकदिने उक्त प्रतियोगितामा म्याराथन, हाफ म्याराथन १० किमी, वाकाथन पाँच किमी र छात्रछात्रा दौड पाँच किमी गरी पाँच स्पर्धामा प्रतिस्पर्धा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना जनसम्पर्क तथा सूचना विभाग निर्देशक विज्ञानदेव पाण्डेले जानकारी दिए ।
म्याराथनमा पुरुष खेलाडीले मात्र प्रतिस्पर्धा गर्नेछन् भने अन्य विधामा महिला तथा पुरुष दुवै खेलाडीले सहभागिता जनाउनेछन् । त्यसैगरी हाफ म्याराथनमा ४५ वर्षसम्म र ४५ वर्षमाथि उमेर समूहका धावकले सहभागिता जनाउन पाउनेछन् । दश किमी दौडमा सैनिक सहचारी, सैनिक अधिकृत तथा गैरसैनिक धावकले सहभागिता जनाउनेछन् भने वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र विदेशीको सहभागिता रहनेछ ।
त्यसैगरी पाँच किमी दौडमा सैनिक महाविद्यालय तथा उपत्यकाभित्र कक्षा ७ देखि १२ सम्म अध्ययनरत छात्रछात्रा तथा सकल दर्जाका छोराछोरीले पनि सहभागिता जनाउन पाउने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताअन्तर्गत म्यारथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारका साथै एक थान मोटरसाइकल पाउनेछ । त्यसैगरी दोस्रो हुने खेलाडीले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौँले रु १५ हजार, छैँटौँले रु १० हजार, सातौँले रु सात हजार, आठौँले रु पाँच हजार, नवौँले रु तीन हजार तथा दशौँ हुने खेलाडीले रु दुई हजार प्राप्त गर्नेछन् ।
हाफ म्याराथनअन्तर्गत ४५ वर्षसम्मको उमेर समूहमा पहिलो हुने खेलाडीले रु ५० हजार, दोेस्रोले रु ३५ हजार तथा तेस्रो हुने खेलाडीले रु २५ हजार प्राप्त गर्नेछन् । सोही स्पर्धाअन्तर्गत ४५ वर्ष माथि उमेर समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछन् । दश किमीतर्फको दौडमा पहिलो हुने खेलाडीले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । वाकाथनमा भने मेडल, प्रमाणपत्र र ट्र्याकसुट प्रदान गरिनेछ । पाँच किमी दौडमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १० हजार, रु सात हजार र रु पाँच हजार पाउनेछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: