Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

जडीबुटी जामको स्थायी समाधान खोजिँदै, आगामी महिना जापानी टोली आउने

काठमाडौं । कोटेश्वर–जडीबुटी सडकको जाम हटाउन दीर्घकालीन समाधनका लागि सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणका लागि तयारी अघि बढाउने भएको छ । सरकारले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) लाई विस्तृत अध्ययनका लागि अनुरोध गरेकाले जापानी टोली आगामी महिना आउने बताइएको छ ।

गत वर्ष नै जाइकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेकाले सरकारले विस्तृत अध्ययनका लागि समेत जाइकालाई नै अनुरोध गरेको हो । जाइकाले नै तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको थियो । सोही सडकमा रहेको सवारी चापको समाधानमा समेत जाइकाले विगतका वर्षदेखि नै चासो देखाउँदै आएको सडक विभाग, विकास समन्वय महाशाखा प्रमुख ९उपमहानिर्देशक० अर्जुनजङ्ग थापाले बताए । उनले भने, “जाइकाले अध्ययन गरिसकेकाले उसले विस्तृत अध्ययन गरेर निर्माण गरोस् भन्ने हामीले चाहेका छौँ ।”

जाइकाले गरेका पूर्वसम्भाव्यता अध्ययनमा तीन विकल्प देखिएका छन् । जसमा मुख्य सडकमै वा विमानस्थलको क्षेत्रमा ‘अण्डरपास’ वा ‘ओभरफ्लाइ रहेको छ । विमानस्थलको क्षेत्रभित्रै ‘अण्डर पास’ निर्माण गर्नु नै सबैभन्दा उत्तम हुने प्रमुख थापाले बताउनुभयो । विश्वका धेरै देशमा माथि ‘रनवे’ र तल ‘अण्डरपास’ हुने गरेको उनको भनाइ छ । ‘रनवे’ को तल ‘अण्डरपास’ निर्माण गर्दा निर्माण अवधिमा समेत सवारी साधन आवतजावतमा समस्या नहुने उहाँले बताउनुभयो ।

यस स्थानमा नेपाल सरकारले पनि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । विगतका अध्ययनका आधारमा नै कुन विकल्प उत्तम हुन्छ भनी खोज्न सकिने प्रमुख थापको भनाइ छ । आफूहरु जापानी टोलीसँग पटक–पटक वार्तामा बसिरहेको उनले बताए । उनले भने, “सरकार आफैँले निर्माण गर्न हामीसँग प्राविधिक विश्वास ९टेक्निकल कन्भिडेन्स० नभएकाले वैदेशिक सहयोगमा पनि गर्न सकिने देखिन्छ ।”

जाइकाले भने कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ वा ‘ओभरफ्लाई’ सँगै एउटै प्याकेजमा अरनिको राजमार्ग विस्तारको काम अघि बढाउन चाहेको पनि प्रमुख थापाले बताए । सूर्यविनायकबाट धुलिखेलसम्म सडक विस्तार पनि सँगसँगै गर्ने जापानी टोलीले बताउँदै आएको छ । सरकारले भने त्यो सडकलाई भन्दा पनि जडीबुटीको सवारी जामको समाधान चाँडो निकाल्नुपर्ने बताएको छ । यस वर्ष अध्ययन सकेर आगामी वर्षबाट निर्माण शुरु गर्न सकिने उनले बताए। उनले भने, “अबको वर्तामा कसरी अघि बढ्ने भन्ने टुङ्गो लाग्न सक्छ ।”

पूर्वमन्त्री रघुवीर महासेठ भने जाइकासँगको सहकार्यमा निर्माण गर्ने भन्दा पनि सरकार आफैँले निर्माण गर्ने बताउँदै आएका थिए । त्यसका आधारमा सरकारले पनि एक चरणको अध्ययन गरेको थियो । राष्ट्रिय राजमार्ग निर्माण भएर सञ्चालनमा आइरहँदा सो सडकमा सवारी चाप बढिरहेको छ । अरनिको राजमार्ग, धुलिखेल–सिन्धुली–बर्दिवास सडक र मध्यपहाडी लोकमार्गका कारण यहाँ हुँदै दैनिक धेरै सवारीसाधन उपत्यका बाहिर जाने आउने गरेका छन् ।

लामो दूरीका सवारी साधनसँगै भक्तपुर, काभ्रे वा काठमाडौँका कागेश्वरी–मनोहरा नगरपालिकातर्फ जाने सवारीसाधन दैनिक जाममा पर्दा चालक र यात्रु हैरान छन् । पहिले कोटेश्वर–जडीबुटी सडकमा मात्रै यो समस्या भए पनि अहिले तीनकुनेबाट लोकञ्थलीसम्मै बढेको पाइन्छ । कार्यालय समयमा र साँझको समयमा सडकमा जामको समस्या बढी छ ।

सडक विभागले जडीबुटी जामको समाधानका लागि विभिन्न विकल्प पनि खोज्दै आएको छ । भक्तपुरसम्म जाने सवारी साधनलाई बिजुलीबजारबाटै वाग्मती करिडोर हुँदै बालकुमारीको मनोहरा करिडोरबाट कौशलटारसम्म जाने गरी करिडोरको ट्र्याक खोलिइसकेको छ । त्यसलाई थिमि चारदोबाटोसम्म पु¥याउने योजना बनाइएको छ । ट्राफिक प्रहरीले ललितपुरतर्फ जाने सवारी साधनलाई लोकञ्थलीबाट ‘डाइभर्सन’ गरेर मनोहरा करिडोर पठाउने गरेको छ ।

सडक विभागले अहिले विमानस्थलसँगको समन्वयमा कोटेश्वर–जडीबुटी सडकमा एक–एक लेन थप्ने तयारी गरेको छ । तर ती सबै समाधान दीर्घकालीन नहुने भन्दै दीर्घकालीन समाधानका रुपमा ‘ओभरपास’ वा ‘फ्लाइओभर’ लाई नै लिइएको छ । काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गत महिना नागढुङ्गा–नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्टलोन’ बाट निर्माण शुरु भएको छ । सुरुङमार्गसँगै एउटै सम्झौताबाट जापानी निर्माण कम्पनीले सो स्थानमा दुई फ्लाइओभरसमेत निर्माण गर्दैछ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि चालू आवमा रु ५९ करोड विनियोजन गरेको छ । विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ । सञ्चिता घिमिरे, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE