एजेन्सी । दक्षिणी लन्डनमा आइतवार दिउँसो मानिसहरूलाई अन्धाधुन्ध चक्कु हान्ने एक पुरुषको प्रहरी कारबाहीमा मृत्यु भएको छ।
सुदेश अम्मान नाम गरेका ती २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेका थिए।
आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका उनलाई तीन वर्ष चार महिनाको सजाय सुनाइएको थियो। आधा सजाय भोगेपछि उनी मुक्त भएका थिए।
जेलबाट छुटेपछि अम्मान प्रहरीको सक्रिय निगरानीमा थिए। तर उनले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई आक्रमण गर्न भ्याए। उनको शरीरमा कुनै उपकरणजस्तै देखिने नक्कली वस्तु टाँसिएको प्रहरीले जनाएको छ।
आक्रमणमा तीन जना घाइते भए। तीमध्ये एक जना जीवन जोखिममा हुने खालको अवस्थामा भएको बताइएको छ।
प्रहरीले प्रहार गरेको गोली लागेर ती आक्रमणकारीको मृत्यु भयो। प्रहरीले घटनालाई इस्लामिक अतिवादसँग जोडिएको आतङ्कवादी आक्रमण भनेको छ।
विवरणहरूका अनुसार अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरे। त्यसपछि उनले बाहिर निस्किएर एक महिलालाई पनि आक्रमण गरेको देखिन्छ।
सशस्त्र प्रहरीहरू उक्त स्थलतिर आएर मानिसहरूलाई पछि सर्न भनेपछि प्रत्यक्षदर्शीहरूले तीन चोटि गोली चलेको सुनेको र एक व्यक्ति बूट्स फार्मेसीबाहिर लडिरहेको देखेको बताएका छन्।
उक्त घटनापछि प्रधानमन्त्री बोरिस जोनसनले आतङ्कवादसम्बन्धी मुद्दामा सजाय खेपिरहेका व्यक्तिहरूसँग गरिने व्यवहारबारे सोमवार सरकारले नयाँ योजना सार्वजनिक गर्ने बताएका छन्।
उनले भनेका छन्, \'आतङ्कवाददप्रति गरिने व्यवहारबारे सरकारले तत्काल नयाँ व्यवस्था गर्नेछ।\'
त्यसमा लामो जेल सजाय र प्रहरीलाई थप बजेट विनियोजन गर्ने विषय पनि हुनेछन्।
बीबीसीका राजनीतिक संवाददाता क्रिस मेसन भन्छन्, \'अम्मानलाई जेलबाट छाडिँदा उनले सर्वसाधारणलाई पुर्याउन सक्ने जोखिमबारे चिन्ता व्यक्त गरिएको थियो। तर उनलाई जेलमै राखिराख्ने कानुनी व्यवस्था थिएन।\'
प्रधानमन्त्री बोरिस जोनसनले आतङ्कवादसम्बन्धी सजाय खेपिरहेका व्यक्तिहरूलाई गरिने व्यवहारबारे नयाँ योजना सार्वजनिक गर्ने बताएका छन् ।
गत नोभेम्बर महिनामा पनि लन्डन ब्रिजनजिकै आतङ्कवादको घटनामा दोषी ठहर भएका एक व्यक्तिले चक्कु प्रहार गरेर दुई जनाको ज्यान गएको थियो।
उनी पनि समेत आधा सजाय भोगेर जेलबाट छुटेका थिए। उनको पनि प्रहरी कारबाहीमा मृत्यु भएको थियो।
एकपछि अर्को गरी भएका यी घटनाका कारण सरकारभित्रै छिटो काम गर्ने जागरुकता देखिएको बीबीसी संवाददाता बताउँछन्।
प्रधानमन्त्री जोनसनले तत्काल कारबाही गरेको भन्दै प्रहरीको बहादुरीको प्रशंसा गरेका छन्।
को हुन् आक्रमणकारी ?
आक्रमणकारीको नाम सुदेश अम्मान भएको प्रहरीले बताएको छ।
उनले नोभेम्बर २०१८ मा आतङ्कवादी सूचना भएका कागजपत्र आफूसँग भएका छवटा र आतङ्कवादसम्बन्धी प्रकाशित सामग्री वितरण गरेका सातवटा अभियोगहरू स्वीकार गरेको बीबीसी संवाददाता ड्यान्यल डि सिमोन बताउँछन्।
एटा आतङ्ककारी आक्रमणको योजना बनाएको आशङ्कामा उनलाई सर्वप्रथम मे २०१८ मा उत्तरी लन्डनबाट पक्राउ गरिएको थियो।
सन्देश आदानप्रदान गर्ने एप टेलिग्राममा प्रेषित सामग्रीका कारण सोही वर्ष एप्रिल महिनामाउनी प्रतिआतङ्कवाद हेर्ने प्रहरीको दृष्टिमा परेका थिए।
ड्यान्यन डि सिमिनका अनुसार टेलिग्राममा प्रेषित एउटा तस्बिरमा एउटा चक्कु र दुईवटा बन्दुकका चित्र तथा अरबी भाषामा शस्त्रसहित एप्रिल ३ का लागि तयार अर्थ लाग्ने शब्द अङ्कित इस्लामिक झण्डा थियो।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: