काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै उनले भने “रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी मान्यता जे छन् सोहीअनुसार चल्नुस्, कुनै समस्या÷विवाद आउँदैन ।” कमाउधन्दा तथा व्यापारिक संस्थामा विवाद उठ्नु स्वाभाविक मान्ने गरिए पनि विशुद्ध मानवीय भावना बोकेको संस्थामा विवाद आउनु सुखद नभएको उनले बताए ।
मन्त्री बाँस्कोटाले रेडक्रसको आँगनभित्र ‘राजनीति’ अन्त्य हुनुपर्नेमा जोड दिँदै भने, “व्यक्तिका आआफ्ना विचार होलान् तर रेडक्रसको आँगनभित्र राजनीति अन्त्य गर्नुस्, कहिले पनि विवाद आउँदैन ।” रेडक्रसको पछिल्लो नेतृत्वले ‘राजनीति’ गरेको छैन होला भन्नेमा आफू विश्वस्त रहेको उनको धारणा थियो ।
मन्त्री बाँस्कोटाले ‘सहयोगी राष्ट्रका जनताले कमाएको केही बचाएर नेपालीलाई गरेको सहयोगको विषयमा विवाद उत्पन्न हुँदा कस्तो अर्थ राख्छ भन्ने प्रश्न गर्दै भने “डोनर एजेन्सी ९क्यानेडियन०ले पनि त कमाएको पैसाबाट बचाएर हामीलाई सहयोग गरेको हो, यस्तो विषयमा ‘भागशान्ति जय नेपाल’ हैन ‘मिली शान्ति’ एकदम राम्रो हो ।” रेडक्रसकर्मीको व्यक्तिगत विचार लाद्ने स्थान रेडक्रस नभएको उनले दोहो¥याए ।
मन्त्री बाँस्कोटाले रेडक्रसलाई ‘टोल फ्री’ नम्बर उपलब्ध गराउन आफूले पूर्णरुपमा सहयोग गर्ने आश्वासन दिए । “नागरिकलाई सेवा दिन, नागरिकको दिगागमा बसिरहने एउटा सजिलो नम्बरको निम्ति म सहयोग गर्छु, यसमा सञ्चारको मात्रै भएर पुग्दैन गृहको पनि सहमति चाहिन्छ, सभासमारोहमा भाषण गरेर हुन्न, तपाईंहरु तत्कालै आउनुस्”, उनले भने ।
सो अवसरमा शहरी विकासमन्त्री बाँस्कोटाले क्यानेडिएन रेडक्रसमार्फत काभ्रेपलाञ्चोकको पोखरीचाँैरी र बेथानचोक गाउँपालिकालाई प्रदान गरिएको एम्बुलेन्सको साँचो सम्बन्धित गाउँपालिका अध्यक्षद्वयलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य रत्न ढकाल, नेकपा जिल्लाध्यक्ष रुकू चौलागाईँ, पोखरीचौंरीका अध्यक्ष दीननाथ गौतम, बेथानचोकका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, नेपाली कांग्रेस जिल्ला उपाध्यक्ष अच्युत पौडेल, नेरेसो केन्द्रीय कोषाध्यक्ष देवेन्द्र प्रधानलगायतले हस्तान्तरित एम्बुलेन्सलाई जनतामा राम्रो सेवा पु¥याउन आग्रह गरे । नेरेसो जिल्ला सभापति रघुवर चौप्रधानले सरकारको प्रतिएम्बुलेन्स रु ३० लाख करछुटमा एम्बुलेन्समा ‘ख’ वर्गको स्वास्थ्य सामग्री थपेर दुई गाउँपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: