Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

सात हजार ५०० जनालाई दौडाउने ‘हेटौँडा रन’ प्रतियोगिता माघ २५ मा

हेटौँडा । भ्रमण वर्षको प्रचारप्रसार गर्न भन्दै सात हजार ५०० जनालाई दौडाउने गरी वाग्मती प्रदेश सरकारले ‘हेटौँडा रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा पर्वतीय खेलकुद महासङ्घको संयोजनमा ‘हेटौँडा रन’ कार्यक्रम गरिने भएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हेटौँडा रनअन्तर्गत यही माघ २५ गते हुने प्रतियोगितामा हजारौँ व्यावसायिक तथा अव्यावसायिक धावकलाई दौडाउने कार्यक्रम रहेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले जानकारी दिए ।

हेटौँडा रनमा पुरुष र महिलाको छुट्टाछुट्टै दौड प्रतियोगिता हुने र मनोरञ्जनात्मक दौडको अलग्गै कार्यक्रम छ । हेटौँडा रनमा देशका ख्याती प्राप्तसाथै वाग्मती प्रदेश तथा अन्य प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका धावक तथा सर्वसाधारण दौडमा सहभागिता रहने पर्वतीय खेलकुद महासङ्घ नेपाल वाग्मती प्रदेशका सचिव सफल अधिकारीले जानकारी दिए । दौडमा सहभागी हुन देशका सातै प्रदेशबाट अनलाइन फारम भर्ने काम भइरहेको र अन्तिम मितिसम्ममा सोचेअनुसारको सहभागिता हुने अपेक्षा गरेको उनले बताए।

हेटौँडा रनमा महिलालाई पाँच किलोमिटर र पुरुषका लागि १० किलोमिटर दौड आयोजना गरिनेछ । दौडमा महिला र पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५० हजार, रु ३० हजार र तृतीयले रु २० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । भ्रमण वर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । हेटौँडा रनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावक, पूर्वमिस नेपाल शृङ्खला खतिवडा, बैंकर्स, जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, कलाकार, विभिन्न सङ्घसंस्था, सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधि दौडने कार्यक्रम छ ।

पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय क्षेत्रमा मात्रै हुनेगरेको यस्ता प्रतियोगितालाई प्रदेशको राजधानी हेटौँडामा आयोजना गरेर पर्यटकीय माहोल निर्माण गर्न लागिएको भन्दै कार्यक्रमलाई भव्य र सभ्य ढङ्गमा सम्पन्न गरिने जनाइएको छ ।

देशभरका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता रहने कार्यक्रमलाई सबै मिलेर सम्झन लायक बनाइनुपर्ने पर्वतीय खेलकुद महासङ्घका अध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending