Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

लुम्बिनी अस्पतालका व्यावसायिक सटर डोजर लगाएर भत्काउन शुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजना अघि बढ्ने भएको छ । प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काएर बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ ।

यसअघि प्रदेश सरकारको गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले मङ्सिर महिनाभरिमा व्यवसायीलाई सटर खाली गर्न सूचना गरेको थियो । यसअघि लुम्बिनी प्रादेशिक अस्पतालले साउन ३० गते सटर खाली गर्न तीनमहिने सार्वजनिक सूचना जारी गरेको थियो ।

सरकारको उक्त निर्णयविरुद्ध केही व्यवसायीले रुपन्देही जिल्ला अदालतमा दायर गरेको रिट निवेदन अदालतले खारेज गरेपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ४८ घण्टाको म्याद दिएर सटर खाली गर्न सूचना जारी गरेको थियो ।

उक्त म्याद सकिएपछि आज बिहान अस्पताल प्रशासनले सुरक्षाकर्मी परिचानल गरेर डोजर लगाई सटर भत्काएको छ । अस्पताल प्रशासनले आज बिहान ६ बजेबाट भत्काउन शुरु गरेको हो । सटर व्यवसायीले अटेर गरेपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यावसायिक सटर डोजर लगाएर भत्काइएको हो । अस्पतालको पूर्व र उत्तरतर्फ ७३ वटा सटरमा व्यावसायिक मेडिकल तथा अन्य व्यवसाय सञ्चालनमा रहेका थिए । अस्पताललाई स्तरोन्नति गर्न गुरुयोजना निर्माण गरेर काम अघि बढाउने प्रक्रिया शुरु भइसकेकाले छिट्टै नै अस्पतालको बाहिरी पर्खाललगायत अन्य पूर्वाधार निर्माणको कामसम्पन्न गरिने अस्पताल विकास समितिका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिए।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतिको योजनालाई प्रदेशको गौरवको योजनाका रूपमा अघि बढाउने निर्णय गरेको छ । अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा (क्याथल्याब, न्युरो सर्जरी, क्यान्सर उपचार, अर्गान ट्रान्सप्लान्टेशनलगायत) विस्तार गर्ने प्रदेश अस्पताललाई रिफरल अस्पतालका रूपमा सञ्चालन गर्ने सरकारको योजना रहेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE