Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कोरोनाभाइरसको प्रकोपबारे सबैभन्दा पहिले चेतावनी दिने चिकित्सकको मृत्यु

एजेन्सी । लिले कोरोनाभाइरसको सङ्क्रमण थाहा हुनुभन्दा एक दिनअघि अस्पतालको शय्याबाट आफ्नो यो तस्बिर सामाजिक सञ्जालमा हालेका थिए । चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका एक चिनियाँ चिकित्सकको सङ्क्रमणकै कारण मृत्यु भएको उनको उपचार गरिरहेको अस्पतालले जनाएको छ।

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत लि वेन्लियाङलाई त्यहीँ सङ्क्रमण भएको थियो।

ती ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई अनर्गल टिप्पणी नगर्न चेतावनी दिएको थियो।

नयाँ वर्षको छेकोमा वुहान सहरमा अधिकारीहरूले कोरोनाभाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन्। तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रवार बिहान तीन बज्न लाग्दा भएको उल्लेख गरेको छ।

चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ६३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३१,००० भन्दा बढीलाई सङ्क्रमण भएको छ। बिहीवार मात्रै ७३ जनाको मृत्यु भयो।

उक्त भाइरसले श्वासप्रश्वासमा समस्या उत्पन्न गराउँछ। सङ्क्रमित व्यक्तिलाई ज्वरो आउँछ अनि सुक्खा खोकी लाग्छ। अधिकांश व्यक्ति सङ्क्रमणपछि सामान्य रुघाखोकीमा जस्तै निको हुन्छन्।

डा। लिको मृत्यु भएको समाचार ग्लोबल टाइम्स, पीपल्स डेली र चीनका अन्य सञ्चारमाध्यमले बिहीवार प्रकाशित गरेका थिए।

पहिला स्थानीय समयानुसार राति ९:३० बजे उनलाई मृत घोषित गरिएको थियो । उक्त समाचारपछि चिनियाँ सामाजिक सञ्जाल वेबोमा उनीबारे ठूलो चर्चा भयो।

पीपल्स डेलीले डा. लिको मृत्युका कारण ूराष्ट्रिय शोकू उत्पन्न भएको भन्दै ट्वीट गर्‍यो।

तर त्यही बेला ग्लोबल टाइम्सले डा. लिको स्थिति गम्भीर भएको तर उनको शरीरमा अक्सिजन उपलब्ध गराउन विशेष विधिबाट उपचार भइरहेको विवरण दियो।

अस्पतालमा उपस्थित पत्रकार र चिकित्सकहरूले बीबीसी र अन्य सञ्चारमाध्यमलाई बताएअनुसार सरकारी अधिकारीहरूले हस्तक्षेप गरेर डा. लि जीवित भएको समाचार प्रकाशित गर्न भनेका थिए।

त्यसपछि सरकारी सञ्चारमाध्यमहरूले डा. लिको मृत्यु भएको समयमा परिवर्तन गरे।

भाइरसबारे सङ्क्रमण नफैलाउन चेतावनी पाएका डा. लिले एक महिनापछि अस्पतालको शय्याबाट आफ्नो कथा सुनाए।

कोरोनाभाइरसले मानिसको फोक्सोमा आक्रमण गर्ने चिकित्सकहरू बताउँछन् । चीनमा उक्त भाइरसको प्रकोप फैलिसकेको बेला उनको छवि नायकको जस्तो बन्यो।

सामाजिक सञ्जाल साइट विबोमा उनले लेखेका थिए: \'सबै जनालाई अभिवादन। म वुहान सेन्ट्रल हस्पिटलको नेत्ररोग विशेषज्ञ हुँ।

कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न स्थानीय अधिकारीहरूले सुरुका सातामा कति अपरिपक्व रूप काम गरे भन्ने सङ्केत यो घटनाले देखाउँछ।

डिसेम्बर महिनामा उनले सन् २००३ मा विश्वव्यापी महामारीको रूपमा फैलिएको सार्स रोगजस्तो सात घटना देखेका थिए।

ती बिरामीका घटना हुनान समुद्री खाद्यबजारबाट उत्पत्ति भएको ठानिएको थियो।

अनि उनी कार्यरत अस्पतालमा बिरामीहरूलाई अलग्ग्याएर क्वारन्टीनमा राखिएको थियो।

डा. लिको भनाइ
डिसेम्बर ३० मा उनले सहकर्मी चिकित्सकहरूलाई इन्टरनेटमार्फत् समूहिक रूपमा सम्भावित प्रकोपबारे सजग गराउँदै सङ्क्रमणबाट बच्न सुरक्षित पोसाक लगाउन भनेका थिए।

तर त्यस बेला डा.लिलाई त्यो अहिलेसम्म नदेखिएको कोरोनाभाइरस थियो भन्ने थाहा थिएन।

आफू बिरामी परेपछि डा। लिले अधिकारीहरूले किन अझै कुनै स्वास्थ्यकर्मी सङ्क्रमित छैनन् भनिरहेका छन् भन्दै अचम्म मानेको जनाएका थिए । चार दिनपछि सार्वजनिक सुरक्षा निकायका अधिकारीहरू आएर उनलाई एउटा पत्रमा हस्ताक्षर गर्न लगाए।

उक्त पत्रमा उनीमाथि अनर्गल टिप्पणी गरेको र त्यसले सामाजिक अवस्थालाई नराम्ररी खलबल पुर्‍याएको उल्लेख थियो।

\'हामी तपाईँलाई कडापूर्वक चेतावनी दिन्छौँ- यदि तपाईँ आफ्नो हठी स्वभावले विसङ्गतिपूर्ण रूपमा गैरकानुनी कामलाई निरन्तरता दिइरहनुभयो न्यायको कठघरामा ल्याइनेछ कुरा बुझ्नुभयो ?\'

तलपट्टि उनकै अक्षरमा लेखिएको छस् \'मैले बुझेँ।\'

अफवाह फैलाएको आरोपमा अनुसन्धान गरिएका उनी आठ जनामध्ये एक हुन्।

ज्यानुअरी महिनाको अन्त्यमा उनले विबोमा एउटा पत्र सार्वजनिक गर्दै त्यति बेला के भएको थियो भन्ने खुलाएका छन्।

पछि स्थानीय अधिकारीहरूले उनीसँग माफी मागेका थिए। तर त्यति बेला स्थिति अनियन्त्रित भइसकेको थियो।

सुरुसुरुमा सङ्क्रमित पशुबाट मानिसमा भाइरस सरेको हुन सक्ने अनुमान गरिएको थियो। तर चिकित्सकहरूलाई जोगाउने कुनै उपाय अवलम्बन गरिएन।

प्रहरीले चेतावनी दिएको एक सातापछि डा। लिले मोतियाबिन्दु भएकी एक महिलाको उपचार सुरु गरे।

तर उनलाई ती महिला कोरोनाभाइरसबाट संक्रमित भएको थाहा थिएन।

विबोमा राखिएको भिडिओमा उनले ज्यानुअरी १० मा कसरी उनलाई रुघाखोकी सुरु भयो, अर्कोदिन ज्वरो आयो र दुई दिनपछि अस्पताल भर्ना हुनुपर्‍यो भन्ने खुलाएका छन्।

उनका अभिभावकहरू पनि बिरामी भए र उनीहरूलाई अस्पताल लगियो।दश दिनपछि ज्यानुअरी २० मा चीनले यस प्रकोपलाई सङ्कट घोषणा गर्‍यो।

डा। लिका अनुसार धेरै पटक कोरोनाभाइरसको परीक्षण गरिएको भए पनि उनलाई सङ्क्रमण भएको पुष्टि हुन सकेन।

ज्यानुअरी ३० मा उनले पुन: लेखे, \'आज न्यूक्लीक एसिड परीक्षणमा पोजिटिभ नतिजा आयो, अन्ततस् रोग थाहा भयो।\'

उक्त सङ्क्षिप्त पोस्टमा उनले कुकुरले आँखा माथि फर्काउँदै जिब्रो बाहिर निकालेको इमोजी राखेका थिए। त्यसले हजारौँ प्रतिक्रिया र सहानुभूतिका शब्दहरू पायो।

विबोमा एक प्रयोगकर्ताले \'डा. लि वेन्लियाङ नायकू उल्लेख गर्दै उनको कथा कसरी देशको प्रतिबिम्व बन्यो भनेर चिन्ता व्यक्त गरे।

\'भविष्यमा सरुवा रोगका लक्षणहरू देखिँदा चिकित्सकहरू पूर्वचेतावनी दिन अझ बढी डराउनेछन्,\' ती प्रयोगकर्ताले लेखेका छन्।

\'एउटा सुरक्षित सार्वजनिक स्वास्थ वातावरणका लागि...दशौँलाख लि वेन्लियाङहरू चाहिन्छ।\'

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending