काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्को पार्षद (काउन्सिलर) पदका लागि मतदान शुरु भएको छ । सो निर्वाचन समन्वय समितिका संयोजक शिव रिजालले सात प्रदेशको २५ वटै मतदान केन्द्रबाट १० बजे मतदान शुरु भएको जानकारी दिए । काठमाडौँमा निर्वाचन केन्द्रका सात हजार ६० मतदाता रहेका छन् । काठमाडौँको मतदान केन्द्र सर्वोच्च अदालत परिसरमा रहेको छ । देशभर निर्वाचन केन्द्रबाट करिब १० हजार ३४५ वरिष्ठ अधिवक्ता र अधिवक्ताले मतदान गर्दैछन् ।
वाग्मती प्रदेशमा बृहत् प्रगतिशील एवं समावेशी समूहबाट वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने चुनावी प्रतिस्पर्धा छन् । प्रत्येक प्रदेशबाट एक÷एकजनाका काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई÷दुई जना गरी चौधले उम्मेदवारी दिएका छन् । प्रदेश नं १ बाट देवेन्द्र कोइराला र प्रेमप्रसाद पोखरेल, प्रदेश नं २ बाट उमेशकुमार यादव र श्यामकुमार मिश्र, गण्डकी प्रदेशबाट मुकुन्दराज अर्याल र नारायणप्रसाद आचार्य, प्रदेश नं ५ बाट बाबुराम पाण्डे र सीताराम अग्रवाल, कर्णाली प्रदेशबाट दमनराज बम र रामबाबु विसी र सुदूरपश्चिम प्रदेशबाट प्रकाशबहादुर पाण्डेय र खगेन्द्रराज जोशीको उम्मेवारी दिएका छन् ।
सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ । ती काउन्सिलको कार्यकाल पाँच वर्षको हुनेछ ।
परिषद्मा १३ को हुनेछ । महान्यायाधिवक्ता अध्यक्ष नेपाल बार एशोसिएशनका अध्यक्ष परिषद्को उपाध्यक्ष सर्वोच्च रजिष्ट्रार, त्रिविको कानून सङ्कायको डीन, सात प्रदेशबाट एक÷एक जना पाषद् सदस्य गरी सात जना बारले मनोनीत गरेको दुई जना गरी जम्मा १३ जना परिषद् रहने कानूनी व्यवस्था छ । परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: