Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

राष्ट्रपति भण्डारीद्वारा निर्माणाधीन धरहरा अवलोकन, नौ महिनाभित्रै सम्पन्न हुने

काठमाडौं । पुरातात्विक महत्वको राष्ट्रिय सम्पदा धरहराबाट राजधानी काठमाडौँको दृश्वावलोकन गर्ने आम सर्वसाधरणको उत्कट चाहना अब छिट्टै पूरा हुने भएको छ ।

राष्ट्रको धरोहर अत्याधुनिक धरहरा अबको नौ महिनाभित्र मुख्य संरचना सक्नेगरी यतिखेर तीव्र गतिमा निर्माण भइरहेको हो । देशको गौरव र पहिचानसँग जोडिएको ऐतिहासिक धरहराको मुख्य संरचना अबको नौ महिनाभित्र सम्पन्न हुने निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । आगामी एक वर्षभित्र आम सर्वसाधरणले २२ तले धरहराको टुप्पोबाट राजधानी काठमाडौँको मनोरम दृश्वावलोकन गर्न पाइनेछन् ।

निर्माणाधीन धरहराको आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्थलगत अवलोकन गरेको हो । राष्ट्रपति भण्डारीले बिहान, रानीपोखरी र दरबार हाइस्कुलको अवलोकनपछि सुन्धारास्थित धरहरा निर्माणस्थलमा पुग्नुभई अवलोकन गर्नुका साथै निर्माण कार्यको संरचना र वस्तुगत अवस्थाका बारेमा जानकारी लिए। धरहरा अवलोकनपछि राष्ट्रपति भण्डारीले सम्पदा पुनःनिर्माणको काम उत्साहजनक रुपमा भएको पाइएको बताए ।

विसं २०७२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको धरहराको डेढ वर्षअघि पुनःनिर्माण शुरु गरिएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ पुस १२ गते प्रधानमन्त्री केपी शर्मा आलीले धरहरा पुनःनिर्माणको शिलान्यास गरेका थिए। साबिकको धरहरा रहेको स्थान सुन्धारामा करिब ४२ रोपनी क्षेत्रफलमा धरहरा निर्माण भइरहेको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव हरिहर शर्माले धरहरा निर्माणको काम द्रुत गतिमा अघि बढेकाले अबको एक वर्षमा सर्वसाधरणले धरहरा चढ्न पाउने बताए। उनका अनुसार अहिले धरहराको निर्माणको भौतिक प्रगति ३७ प्रतिशत र वित्तीय प्रगति करिब ३१ प्रतिशत रहेको छ । निर्माणअवधिको बाँकी नौ महिनामा धरहराको मुख्य संरचना तयार भइसक्नेछ ।

सचिव शर्माले भने, “अहिले धरहराको सातौ तलाको ढलान कार्य जारी छ । प्रत्येक १५ दिनमा एक तला ढलान गर्नेगरी काम भइरहेको छ । अबको छदेखि सात महिनाभित्र संरचना निर्माणको काम सकिन्छ । त्यससँगै फिनिसिङको काम पनि अघि बढ्नेछ ।”

धरहरा परिसरमा रहेका विद्युत् प्राधिकरण, नेपाल टेलिकम, खानेपानी, हुलाक कार्यालय, नेपाल राष्ट्र बैंकको कार्यालय र कर्मचारी सञ्चय कोषको संरचना हटाउँदा बढी समय खर्चनु परेको सचिव शर्माले बताए। अझै पनि बाँकी रहेको कोषको संरचना भत्काउनुपर्नेछ ।

पहिला पाँच रोपनी क्षेत्रफलमा रहेको धरहरा अहिले अन्य संरचना भत्काएर विस्तार गर्दा ४२ रोपनी क्षेत्रफल भएको छ । धरहरा पुनःनिर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु तीन अर्ब ४८ करोड लाग्नेछ । धरहराको अनुमानित लागत रु पाँच अर्ब ४६ करोड रहेको छ ।

धरहराको भुइँतलामा तीन तले पार्किङ निर्माणको काम धमाधम भइरहेको छ । धरहरा परिसरमा २२ तले टावर, तीन तले पार्किङ र सङ्ग्रहालयको समानन्तर ढङ्गले काम भइरहेको आयोजनाले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट प्रभावित सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिका, पुरातत्व विभागलगायत सरोकारवाला निकायको समन्वयमा पुनःनिर्माणको काम प्रभावकारी रुपमा भइरहेको बताए।

उनले सांस्कृतिक सम्पदालगायत अन्य पूर्वाधारको कामलाई चाडै सक्नेगरी काम अघि बढाइएको उल्लेख गरे । धरहरा निर्माणमा खटिएका इञ्जिनीयर दीपक उपाध्यायले धरहराको डबल बेसमेन्ट सकिएको छ, मूख्य संरचनाको सात तला ढलानको काम भइसकेको र अन्य संरचनाको काम पनि तीव्र गतिमा भइरहेको छ ।

अर्को वर्ष सर्वसाधरणले धरहरा चढ्न पाउनेछन् । धरहरा निर्माणका लागि दिन र रातमा गरी दुई सिफ्टमा काम हुन्छ । निर्माणमा प्राविधिकसहित करिब २०० जनशक्ति खटिएका छन् । सन् १८३२ तत्कालीन राणा प्रधानमन्त्री भीमशेन थापाले आफ्नी रानी ललित त्रिपुरा सुन्दरीको खुशीका लागि धरहरा निर्माण गरिएको इतिहासको दस्तावेजमा उल्लेख छ । शुरुको ११ तले धरहरा विसं १९९० को भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो ।

ऐतिहासिक महत्व कायम रहने गरी हेर्दा उस्तै तर बलियो धरहरा निर्माण गर्न लागिएको छ । धरहरा शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले अब बन्ने धरहरा आधुनिक प्रविधिसहित निर्माण हुने भएकाले बलियो हुने र पाको उमेरका मानिस पनि यसको टुप्पामा पुग्न सक्ने बताएका थिए । प्रधानमन्त्री ओलीले धरहराको टुप्पोबाट काठमाडौँको सुन्दरता हेर्न पाउने बताएका छन्।

धरहरा पुनःनिर्माण गर्ने क्रममा अनेकन समस्या र चुनौतीलाई चिर्दै पुनःनिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकाको समन्वय र सहयोगमा धरहरा निर्माणलाई गति दिएको हो । प्रधानमन्त्री ओलीले तत्कालीन ‘ऐतिहासिक धरोहर पुनःनिर्माणमा संकल्प’ कार्यक्रममा ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरु गरेका छन्। नागरिकको रकमबाट धरहरा निर्माणको उद्घोष गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक महिनाको तलब रु ६१ हजार ८२० पुनःनिर्माण कोषको खातामा हाली विदेशस्थित नेपालीसँगसमेत सहयोगको आग्रह गरेका थिए ।

यसपछि विभिन्न सङ्घसंस्था र व्यक्तिले धरहरा पुनःनिर्माण कोषमा रकम जम्मा गरिएको थियो । प्रधानमन्त्रीको अवधारणा अनुरुप धरहराको इतिहास झल्काउँदै आधुनिकता टल्काउने किसिमबाट यसको निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ । अब निर्माण हुने धरहरा ७९ दशमलव २ मिटर ९२५७।४ फिट० अग्लो हुनेछ । बाहिरबाट ११ तलामा धरहराको भित्रभित्र २२ तला हुनेछन् । तीमध्ये २० औँ तलासम्म पुग्ने दुईतर्फी लिफ्ट हुनेछन् । एक पटकमा १० व्यक्ति अट्ने लिफ्टको क्षमता हुनेछ ।

लिफ्टमा चढेर २० औँ तलामा पुगेपछि त्यहीबाट काठमाडौँ अवलोकन गर्ने कक्षको व्यवस्था हुनेछ । त्यो कक्षमा एक पटकमा ५४ जना अट्नेछन् । त्यसको भुइँ तलामा धरहरासम्बन्धी सङ्ग्रहालय हुनेछ । भूकम्पका क्रममा भत्किएको धरहराको ठूटोलाई शिशाले घेरेर राखिनेछ ।

धरहराको बेसमेन्टमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने पार्किङ हुनेछ । त्यस्तै परिसरमा बगैँचा र पानीको फोहोरा सञ्चालन हुनेछ । पानीको फोहोरा ५० फिट अग्लो हुनेछ । सिबी अधिकारी, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE