काठमाडौ । शेयर बजारमा अवैध लगानी नभित्रियोस् भन्ने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थालाई पूर्णरुपमा लागू गर्ने भएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०६४’ लाई संशोधन गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानूनबमोजिम लगानीको स्रोतसम्बन्धी विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ । बजारमा हुने लगानीका लागि अवैध पैसाको प्रयोग नहोस् भनेर त्यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
बोर्डका सहायक प्रवक्ता रुपेश केसीका अनुसार बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा कडाइ गरिएको हो । यस्तै बोर्डले मर्चेन्ट बैंकरको सञ्चालक तथा कार्यकारी प्रमुख धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा अन्य मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ संस्थामा लाभको पदमा रहँदा स्वार्थ बाझिन सक्ने भएकाले त्यस्ता संस्थामा रहन नपाउने व्यवस्था गरेको छ ।
त्यस्तै मर्चेन्ट बैंकरले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सबलताका लागि जगेडा कोष राख्नुपर्ने व्यवस्था नयाँ नियमावलीमा गरिएको छ । मर्चेन्ट बैंकरको शेयर बिक्री वा हस्तान्तरण हुँदा वा अन्य कुनै प्रकारले नयाँ शेयरधनी थप गर्नुुपूर्व बोर्डमा अभिलेख उपलब्ध गराउँदा अङ्कित मूल्यको सट्टामा बिक्री मूल्यमा गराउनुपर्ने व्यवस्था थप गरिएको छ । सो व्यवस्थाले बजारलाई थप पारदर्शी बनाउने लक्ष्य राखिएको छ ।
सार्वजनिक निष्कासन गर्ने संस्थाका सञ्चालक तथा शेयरधनी कालोसूचीमा नरहेको हुनुपर्ने व्यवस्था गरिएको छ । साधारण शेयर निष्कासनलाई थप व्यवस्थित बनाउन कालोसूचीको व्यवस्था गरिएको हो । कालोसूचीमा रहेका व्यक्तिले नागरिकको लगानीलाई फरक उद्देश्यका साथ परिचालन गर्न सक्ने भएकाले कडा प्रावधान राखिएको हो ।
यस्तै धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा ‘बुक बिल्डिङ’ विधिसमेत प्रयोगमा ल्याउने व्यवस्था ल्याइएको छ । सो व्यवस्थाले साधारण शेयर निष्कासन गर्ने कम्पनीको शेयर अधिकतम मूल्यमा समेत बिक्री गर्न पाइनेछ ।
सार्वजनिक निष्कासनमा प्रविधिको प्रयोग भएसँगै धितोपत्र निष्कासन खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाई १५ दिन कायम गरिएको छ । सूचीकृत सङ्गठित संस्थाका शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर दश प्रतिशतभन्दा कम नहुने गरी बिक्री प्रस्तावमार्फत बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै सङ्गठित संस्थाले विदेशी मुलुकको पूँजीबजारमा ऋणपत्र वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सकिने व्यवस्था गरिएको छ ।
धितोपत्रसम्बन्धी कानूनलाई समसामयिक बनाउँदै लैजाने क्रममा साबिकको धितोपत्र व्यवसायी नियमावली, सामूहिक कोष नियमावली, धितोपत्र दर्ता तथा निष्कासन नियमावलीलाई अर्थ मन्त्रालयको स्वीकृतिमा संशोधन गरिएको हो । संशोधित नियमावली आगामी फागुन १ गतेदेखि लागू हुने सहप्रवक्ता केसीले जानकारी दिए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: