Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

एनसेल मार्फत माइक्रोसफ्टले नेपाली कम्पनीहरुलाई क्लाउड तथा अन्य नवीन सेवा दिने

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले माइक्रोसफ्टको कम्युनिकेसन सोलुसन्स् अन्तर्गतका क्लाउड सर्भिस र अनलाइन मिटिङ् टुल लगायतका सेवाहरु नेपाली कम्पनीहरुलाई उपलब्ध गराउन माइक्रोसफ्ट कर्पोरेसन सँग सहकार्य गरेको छ ।

गत हप्ता आयोजित एक कार्यक्रममा विभिन्न बंैक, व्यवसायीक घराना, एनजिओ, आईएनजिओका २५० भन्दा बढि प्रतिनिधी तथा अधिकारीहरुका माझ एनसेलले माइक्रोसफ्ट टियर वान क्लाउड सर्भिस प्रोभाइडर (सीएसपी) का लागि माइक्रोसफ्टसँग समझदारी भएको घोषणा गरेको हो । यो समझदारी अन्तर्गत एनसेलले विषेशगरी माइक्रोसफ्टका तीन सेवाहरु—अफिस थ्रिसिक्स्टिफाइभ, एज्योर र टिम्स् उपलब्ध गराउँन आफ्नो ध्यान केन्द्रित गर्नेछ ।

अफिस थ्रिसिक्स्टिफाइभ क्लाउडमा आधारित एक सेवाहो जसको प्रयोगले कार्यहरुमा प्रभावकारीता थप्दछ र कार्यलयमा सबैलाई अझ प्रोडक्टिभ बन्दै प्रभावकारी रुपमा एक अर्कासँग सम्पर्कमा रहन सहयोग गर्दछ । यसले जानकारीहरु पत्तालगाउन, ज्ञानहरु बाड्न, आफ्ना सहकर्मीहरुसँग कुराकानी गर्न देखि लिएर योजनाहरु बनाई प्रशासनिककामहरुमालाग्ने सयम घटाई चुस्त रुपमा कार्यहरु गर्न सबल बनाउँदछ । यसले गर्दा व्यवसायहरुले आफ्नो बढि समय अझ नवीन कार्यहरुमा लगाई आफ्नो व्यवसाय अघि बढाउन सक्छन् ।

त्यसैगरी माइक्रोसफ्ट एज्योर माइक्रोसफ्ट म्यानेज्ड डेटा सेन्टरहरु मार्फत आफ्ना एप्लिकेसन र सेवाहरु बनाउन, टेस्ट गर्न, प्रयोगमा ल्याउन प्रयोग हुने क्लाउड कम्प्युटिङ् सेवाहो । यो सेवाप्रयोग गर्ने कम्पनीका आईटी टिमले आफ्नो एप्लिकेसन बनाउन, त्यसको व्यवस्थापन गर्न र त्यसलाई आफुलाई मनपर्ने उपकरण र फ्रेमवर्कहरु प्रयोग गरी व्यापकरुपमा परिचालन गर्न सक्छन् ।

त्यस्तै कार्यलय भित्र एकिकृत संचार र सहकार्यलाई सघाउन माइक्रोसफ्टको अर्को नविन सेवा माइक्रोसफ्ट टिम्स् रहेको छ । कार्यलयभित्रको आन्तरिक च्याट, भिडियो मिटिङ, फाइल स्टोरेज र एपलिकेशन इन्टिग्रेशन जस्ता विशेषता माइक्रोसफ्ट टिम्स्मा रहेको छ । यसले कार्यलयमा फाइल स्टोरेज, च्याट र अनलाइन मिटिङको लागि चुस्त वातावरण प्रदान गर्दछ ।

उक्त कार्यक्रममा आमन्त्रितहरुलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्गले भने, “सहकार्य गर्ने प्रद्धति व्यापकरुपमा परिवर्तन भईरहेको छ । आधुनिक कार्यस्थलले मानिसहरुलाई आफ्नो कार्यलय भवनमा मात्र सिमित नभई सजिलै भेट्न, सहकार्य गर्न र सम्पर्कमा रही रहन सहयोग गर्दछ । एनसेल र माइक्रोसफ्टले तिब्र रुपमा विकास भईरहेको सहकार्य गर्न सकिने क्षेत्रहरुमा ध्यान केन्द्रितगर्दै आफ्ना स्रोत र अनुभवहरुको समायोजन गरेको हो । यस्तो क्षेत्रदुवै कम्पनीहरुका लागि एक रणनीतिक बजार हो ।”

“नेपालमा रहेका ग्राहकहरुलाई प्रत्यक्ष रुपमा क्लाउड सेवाप्रदान गर्ने गरी एनसेलसँग सहकार्य थालिएको हो,” दक्षिण एसियाका लागि माइक्रोसफ्टका चिफ पार्टनर अफिसर आन्हफामले भने । “शुरुवातको चरणमा क्लाउड सेवा साना तथा मझौला उद्यम, व्यवसायहरु लगायतका क्लाइन्टहरुलाई दिने छौं । यो सहकार्यले नेपालको डिजीटल ईकोसिस्टम विकासमा योगदान पुर्याउने विश्वास लिएका छौं । साथै ग्राहकहरुले हाम्रो सेवाहरु भ्याल्यु एडेड सर्भिसका रुपमापाउँनेछन् ।”

यस रणनीतिक सहकार्य पश्चात गाहकले एनसेलको आधुनिक नेटवर्क सेवाहरु र सफ्टवेयर प्रविधिहरुमा प्रभुत्व जमाएको माइक्रोसफ्टका नयाँ कोलाबारेसन र कम्युनिकेसन सोलुसन्स्हरु लिन सक्नेछन् । यी सेवाहरुले कर्मचारीहरुको उत्पादकत्व बढाउँन योगदान गर्नेछ । विभिन्न डिभाइसहरुको प्रयोगमार्फत यी टुल्स्ले कम्पनी, समुह र व्यक्तिहरुलाई रियल टाइममा समन्वयगर्दै तदारुकताका साथ कार्यहरु गर्न सहजीकरण गर्दछ ।

विश्वस्तरिय सेवाहरु प्रदान गर्ने र उच्स्तरको कनेक्टिभीटी र डिजीटाईजेसनको लाभप्रदान गर्ने कम्पनीको प्रतिवद्धता बमोजिम एनसेलले यी सेवाहरु आफ्नो एनसेल फर बिजनेस (एनफरबी) अन्तर्गत माइक्रोसफ्टसँगको सहकार्यमा नेपालमा ल्याएको हो । यी सेवाहरुले नेपालका सानातथा ठूला सबै व्यवसायहरुलाई उनीहरुको लक्ष्यप्राप्ति गर्न सहगोग पुर्याउने विश्वास लिईएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies