Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

बाम एकताको बहस फेरि तातियो, शीर्ष नेताभन्दा कार्यकर्ता एकताका पक्षमा

लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’

खबरडबली संवाददाता

रूपन्देही । केही दिनअघि काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रमुख वाम नेताहरू एउटै मञ्चमा उभिएपछि फेरि वाम एकताको चर्चा चुलिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरूको उपस्थितिले नयाँ राजनीतिक समीकरणको बहसलाई थप बल दिएको हो।

यद्यपि, एउटै मञ्चमा देखिएका नेताहरूको धारणा भने समान देखिएन। प्रचण्ड र झलनाथ खनालले वाम शक्तिहरूबीच पुनः एकता आवश्यक रहेको बताए भने ओली र माधव नेपालले तत्काल पार्टी एकीकरण सम्भव नरहेको संकेत गरे। उनीहरूको जोड अहिले संविधान, गणतन्त्र र लोकतान्त्रिक व्यवस्थामाथि देखिएका चुनौतीविरुद्ध व्यापक सहकार्यमा थियो।

शनिबार रूपन्देही आएका प्रचण्डले पनि आफ्नो अभिव्यक्तिलाई थप स्पष्ट पार्दै अहिलेको प्राथमिकता पार्टी एकीकरण नभई साझा मुद्दामा सहकार्य भएको बताए। उनका अनुसार समान एजेन्डामा सहमतिका आधारमा वाम शक्तिहरू अगाडि बढ्न सक्छन्।

तर शीर्ष तहमा एकताको विषयमा सतर्कता देखिए पनि तल्लो तहका नेता–कार्यकर्तामा भने फरक मनोविज्ञान देखिएको छ। तत्कालीन नेकपाको बलियो प्रभाव रहेको लुम्बिनी प्रदेशका नेताहरू विभाजित वाम आन्दोलनलाई फेरि एउटै धारमा ल्याउनुपर्ने निष्कर्षमा पुगेका छन्।

पूर्वमन्त्री तथा नेकपाका नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’ले संविधान, गणतन्त्र र सामाजिक परिवर्तनका उपलब्धि जोगाउन वाम शक्तिबीच कम्तीमा कार्यगत एकता अनिवार्य भएको बताए। उनका अनुसार विभिन्न दलबीच संवाद भइरहेकाले सहकार्यको वातावरण बन्दै गएको छ।

रुकुमपूर्वकी नेतृ कमला रोकाले विगतमा नेतृत्वबीचको अविश्वास र व्यक्तिगत महत्वाकांक्षाले एकता टिक्न नसकेको स्मरण गर्दै अब त्यही गल्ती दोहोरिन नहुने बताइन्। उनले तत्काल एकीकरण सम्भव नदेखिए पनि विचार र कार्यदिशा मिल्ने शक्तिबीच सहकार्य विस्तार हुँदै जाने विश्वास व्यक्त गरिन्।

नेकपा केन्द्रीय सदस्य रामबहादुर चौहानले वाम आन्दोलन कमजोर हुँदा परिवर्तनविरोधी शक्तिहरूलाई फाइदा पुगेको टिप्पणी गरे। जनताले पटक–पटक वाम शक्तिलाई अवसर दिए पनि नेतृत्वको विभाजनले त्यो विश्वास कमजोर बनाएको उनको भनाइ छ।

राजनीतिक विश्लेषकहरूका अनुसार अहिलेको बहस तत्काल पार्टी एकीकरणतर्फ भन्दा पनि साझा मुद्दामा सहकार्यको नयाँ ढाँचा निर्माणतर्फ केन्द्रित छ। नेतृत्वबीचको अविश्वास, संगठनगत प्रतिस्पर्धा र आगामी निर्वाचनको रणनीतिका कारण पूर्ण एकता सहज नदेखिए पनि बदलिएको राजनीतिक परिस्थितिले सहकार्यको आवश्यकता बढाएको उनीहरूको विश्लेषण छ।

यसबीच, रूपन्देही पुगेका शीर्ष नेताहरूलाई भेट्न लुम्बिनीका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताले भने स्पष्ट सन्देश दिएका छन्। गुल्मीका बुद्धिसागर पोखरेलले देश र परिवर्तनको रक्षा गर्न कम्युनिस्ट शक्तिहरू एक हुनुपर्ने बताए। पाल्पाकी लिला सोमैले संविधान, गणतन्त्र र समावेशी अधिकारमाथि चुनौती देखिएको अवस्थामा विभाजित भएर बस्नु उचित नहुने धारणा राखिन्।

२०७४ को निर्वाचनमा वाम गठबन्धनले ऐतिहासिक सफलता हासिल गरे पनि त्यसपछि बनेको नेकपा नेतृत्व विवादका कारण छोटो समयमै विभाजित भयो। त्यसयता वाम मत खण्डित हुँदै गएको छ भने नयाँ राजनीतिक शक्तिहरूको उदयले पुराना दलमाथि थप दबाब सिर्जना गरेको छ।

यही पृष्ठभूमिमा शीर्ष नेताहरूले अहिले पूर्ण एकीकरणभन्दा सहकार्यलाई प्राथमिकता दिएका छन्। तर लुम्बिनीका नेता–कार्यकर्ताले भने वाम आन्दोलनको भविष्य र राजनीतिक उपलब्धिको रक्षाका लागि अन्ततः एकतामै पुग्नुपर्ने दबाब बढाइरहेका छन्।

समग्रमा, वाम एकताको बहस फेरि सतहमा आए पनि शीर्ष नेताहरू सहकार्यको पक्षमा देखिएका छन् भने कार्यकर्ताहरू भने पूर्ण एकतामै जोड दिइरहेका छन्। यही फरक दृष्टिकोणले आगामी दिनमा वाम राजनीतिले कुन बाटो समात्छ भन्ने विषयलाई थप रोचक बनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'ध्रुवे'को पुनरागमन : ९ वर्षपछि फेरि दोहोरियो चितवनमा त्रास

दुई दशकदेखि आतंकको पर्याय बनेको जंगली हात्तीले फेरि लियो आमाछोराको ज्यान

खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु

‎‎सुर्खेत । सल्यानमा खेत रोप्न गएकी एक महिलाको शारदा नदीमा डुबेर मृत्यु भएको छ। ‎मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–४, ज्यामिरेकी ४६ वर्षीया सिता विक र...

आजको तरकारी तथा फलफूलको मूल्य: गोलभेँडा ६०, आलु ३० देखि ४२ रुपैयाँसम्म

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्या...

छड प्रहार गरेर बाबुको हत्या, छोरा पक्राउ

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार  पारिवारिक विवादका क्रममा छोराले  बाबुको हत्या गरेका छन् । ६४ वर्षीय धनबहादुर सुना...

बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। ...

डोल्पामा हिलोसहितको बाढी घरमा पस्यो, एक महिलाको मृत्यु, चार घाइते

काठमाडौं । डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा अविरल वर्षापछि धुलाखोलामा आएको हिलोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु भएको छ भने चार जना घा...

महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ । महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा मकव...

बाम एकताको बहस फेरि तातियो, शीर्ष नेताभन्दा कार्यकर्ता एकताका पक्षमा

लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...

जंगली हात्तीको आक्रमणमा आमा छोराको मृत्यु

चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending