Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

जंगली हात्तीको आक्रमणमा आमा छोराको मृत्यु

खबरडबली संवाददाता

चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका–२३, बेलहट्टामा शनिबार ११ बजे जंगली हात्तीले पूर्ण बोटेको घरमा आक्रमण गरेको थियो । वडा अध्यक्ष दीपक दवाडीका अनुसार सुतिरहेकै अवस्थामा हात्तीले आक्रमण गर्दा पूर्ण बोटेको श्रीमती २५ वर्षकी आशिका र उनको छोरा ४ वर्षका भरतको मृत्यु भएको हो ।

पूर्णले हात्ती धपाउन आगो बाल्ने क्रममा कच्ची घरमा समेत आगलागी भएको प्रहरीले बताएको छ । स्थानीय र प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका थिए । ।

घटनापछि शनिबार राति नै चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र स्थानीय समुदायबीच छलफल भएको छ ।

नयाँ गोरखा गण, भरतपुर महानगर वडा नम्बर २३ को वडा कार्यालय, केरुङ्गा मध्यवर्ती उपभोक्ता समिति, इलाका प्रहरी कार्यालय गीतानगर, बेलहट्टा हरियाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधिको उपस्थितिमिा छलफल भएको हो ।

हात्ती तत्काल नियन्त्रणमा लिन आवस्यक काम गर्ने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको परिवारलाई उचित राहत तत्काल उपलब्ध गराउने, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत मृतकको घर निर्माण गराउने र मानव बन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल आवस्यक काम गर्ने छलफल भएको थियो ।

वडा अध्यक्ष दवाडीले छलफलपछि सहमति भएको जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाम एकताको बहस फेरि तातियो, शीर्ष नेताभन्दा कार्यकर्ता एकताका पक्षमा

लुम्बिनीबाट प्रचण्ड–नेपालसहितका नेतालाई दबाब– ‘अब सहकार्य होइन, एकतामै जानुपर्छ’

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ । लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको सर्प दंश उपचार केन्द्रको तथ्याङ्कअनुसार विगतभन्द...

जंगली हात्तीको आक्रमणमा आमा छोराको मृत्यु

चितवन । शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा चितवनमा आमा र नाबालक छोराको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३, बे...

सरकारका सय दिनका काम सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ  ।  प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो सय दिने कार्यअवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ । शनिबार सिंहदरबारस्थित प्रधानमन...

सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ  । सशस्त्र प्रहरी बलका ७१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । मानव स्रोत विभाग, कर्मचारी प्रशासन शाखाद्वारा जारी गरिएको पत्र...

विप्लव समूहबाट अलग भएका नेताले पुनर्गठन गरे नेकपा, रुपन्देहीमा नयाँ जिल्ला समिति गठन

बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएका नेताहरूले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई अघि बढाउँदै रुपन्द...

नगरपालिका परिसरमै हातपात : शिक्षक र उपप्रमुखबीचको झडपको भिडियो भाइरल, दुवै पक्षको फरक दाबी

बाजुरा। बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहरा र एक शिक्षकबीच भएको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले चर्चा पाएको छ। यद्यपि,...

राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्...

कागज बोकेर सेवाग्राही होइन, कर्मचारी कुद्नुपर्‍योः गृहमन्त्री सुधन गुरुङ

विराटनगर ।  गृहमन्त्री सुधन गुरुङले सरकारी कार्यालयमा सेवा लिन आउने नागरिकलाई सास्ती दिने परिपाटी तत्काल अन्त्य गर्न निर्देशन दिएका छन्। शनिबार मोरङको...

खुट्टा गुमे, आत्मबल होइन : डोको बुनेर सम्मानका साथ बाँचिरहेका पौडेल र श्रेष्ठ

धनकुटा । जीवनले धेरै परीक्षा लिन्छ, तर सबैले त्यसलाई एउटै तरिकाले सामना गर्दैनन्। धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका ७५ वर्षीय दलबहादुर पौडेल ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending