Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

बजारमा सिक्का पैसा चल्नै छाड्यो

जलेश्वर । महोत्तरी जिल्लाको हाटबजारमा सिक्का पैसा चल्न छाडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडिएको उपभोक्ताले गुनासो गरेका छन् ।

जिल्लाको सयौँ गाउँ तथा दर्जन बढी शहरको सानादेखि ठूला पसलेले अहिले खुद्रा (सिक्का) पैसाको कारोवार नगर्ने गरेको सर्वसाधारणको गुनासो आइरहेको छ । अहिले पसल तथा हाटबजारमा मालसामान तथा विभिन्न सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसाजस्तै रु एक, रु दुई र रु पाँचका सिक्का पैसा लिन छाडेका छन् ।

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक शिवशङ्कर यादवले हाटबजारमा चले, नचलेको थाहा नभएको तर बैंकले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताए । उनले आम जनताले सिक्का पैसा एक÷दुई सय र पाँच सयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताए ।

बैंकमा खुद्रा पैसा लिने गरेको जानकारी नभएका अभिभावक आफूसँग भएको हजारौँ खुद्रा पैसा खेर गइरहेको बताउँछन् । सिक्का पैसा हाटबजार तथा पसलमा नचल्दा बालबालिका पनि अभिभावकसँग लिन मान्दैनन् भने जिल्लाको विभिन्न हाटबजार तथा घर–डेरासम्म भिक्षा माग्न आउने भिखारीसमेतले सिक्का पैसा नलिने गरेको जिल्लावासी सुनाउँछन् । सिक्का पैसा नचल्दा हुने गरेको हैरानीले जिल्लाका आम उपभोक्ताले सिक्का पैसाको व्यवस्थापन वा चलनचल्तीका लागि सरकारले ठोस कदम चालिदिन मागसमेत गरेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy