Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

राजधानीमा जनयुद्व दिवसमा अनौठो कार्यक्रम, सबै माओवादीहरु एकै ठाउँमा !

काठमाडौं । २०५२ फागुन १ देखि नेपालमा सञ्चालित जनयुद्वका पक्षधरहरुले राजधानी काठमाडौंमा एक कार्यक्रम गरी जनयुद्वको विशेष स्मरण गरेका छन् । माक्र्सवाद, लेनिनवाद र माओवादमा प्रतिबद्ध भन्ने पुराना माओवादीहरु निकै लामो समयको अन्तरालमा एकै ठाउँ बसेर यस्तो कार्यक्रम सम्पन्न गरेका हुन् ।

जनयुद्वको सैद्धान्तिक, बैचारिक र राजनैतिक कोर्ष निर्माणमा संलग्न रहेका माओवादीहरु एकै ठाउँ भेला भएर आफुँहरु बिचको भावना सम्प्रेषणसमेत गरेका थिए । एउटा कामरेडको खुट्टामा काँडो विझ्दा अर्कालाई चसक्क दुख्ने माओवादी संस्कृति स्मरण गर्दै जनयुद्वका ७ प्रतिबद्धता पढेर सुनाइएको सो कार्यक्रममा शहिद, वेपत्ता परिवार तथा जनयुद्वका घाईते योद्धाहरु समेत संलग्न रहेका थिए ।

जनयुद्वका योद्धा गंगा बहादुर लामा, शहिद कृष्णसेनकी जीवन संगीनी प्राध्यापक तक्मा केसी र वेपत्तायोद्धा सिएन ढुंगानाका भाइ देवराज ढुंगानाले जनयुद्वको लक्ष्य र निष्ठामाथि आशंका उब्जेको तथा परिणाम र प्रभाव फरक देखिएको धारणा राखेका थिए । उनीहरुले तत्कालिन परिवेश र क्षणहरुको भावनात्मक संप्रेषणसमेत गरेका थिए ।

कार्यक्रमका संचालक तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीलेल जनयुद्वबाट आएका नेता कार्यकर्ता एकै ठाउँमा भेला भएर जनयुद्वको स्मरण गर्ने वातावरण बन्नुलाई उपलब्धि कै रुपमा लिनुपर्ने बताउँदेै कार्यक्रममा सबैलाई समान हैसियतमा बोलाइएको धारणा राखेका थिए । उनले राज्यको चरीत्र नबदलिएका उदाहरणसमेत पेश गरेका थिए ।

कार्यक्रमको थालनी गर्दै निलकण्ठ तिवारीले नयाँ र भिन्न प्रकारको यस्तो कार्यक्रमले पुरानाहरुको पुर्नमिलनसहित आत्मीयता वृद्धि हुने र क्रान्तिकारीहरु बीचको एकताको संभावना फराकिलो बनाउने धारणा राखेका थिए ।

ऐतिहासिक शुरुवातीका समय आफुले निभाएको भूमिका र आन्दोलनको प्रक्रियाका बारे धारणा राख्दै स्वतन्त्र माओवादी तथा लेखक नरेन्द्रजंग पिटरले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवालमा आन्दोलित हुनुपर्ने बताएका थिए । दृढ इच्छाशक्ति र आन्दोलनप्रतिको निष्ठाका कारण उत्साह हुने गरेको बताउदै जनयुद्वको नेतृत्व गर्नेहरुले नै गलत दिशा लिंदा अहिलेको अवस्था भोग्नुपरेको उनले बताएका थिए ।

कार्यक्रममा तत्कालिन माओवादी केन्द्रको हेडक्वाटर सदस्य रहिसकेका नेकपाका केन्द्रीय सदस्य नारायण शर्माले जनयुद्वको प्रतिबद्धता स्मरण गराउँदै नेकपाभित्र एमालेकरण बढ्न नदिन आफूहरु लडिरहेको बताएका थिए । नेता शर्माले महान जनयुद्वका उपलब्धिको रक्षा गर्दै जनयुद्वको पूर्ण राजनैतिक व्यवस्थापनका लागि क्रान्तिकारीहरु वीच थप एकता जरुरी रहेको समेत उनले भनेका थिए । ‘जनयुद्व नेपाली धर्तिमा अहिलेसम्म भएकामध्ये सबैभन्दा ठूलो परिवर्तनकारी आन्दोलन हो, जनयुद्वका गौरवपूर्ण दिनहरुको स्मरण गर्न विगतमा संगै युद्ध लडेकाहरु एकजुट भएका हौँ ।’

कार्यक्रममा सत्तारुढ नेकपाका आमन्त्रित स्थायी समिति सदस्य विष्णुपुकार श्रेष्ठले शहिद हुने सौभाग्य नपाएर बांचेको भनिएकाहरु जम्मा हुनु आफैमा राम्रो अवसर हो भन्दै नेपाली क्रान्तिले हल गर्नुपर्ने पाटा र बिषय अझै निकै रहेकाले जुन ठांउमा छौ त्यहिबाट योगदान पुयाउदै नजिक हुने प्रयास गरौ भनेका थिए ।

अर्का नेता झक्कुप्रसाद सुवेदीले ‘अहिले जो जहाँ भए पनि जनयुद्व एउटा गौरवपूर्ण इतिहास हो, यो आन्दोलनमा सहभागी हुने एउटा सिपाहीको हैसियतले यसप्रति गौरव गर्नुपर्छ भन्ने लाग्छु । हामी जहाँ भएपनि कमसेकम जनयुद्व जिन्दावाद भन्ने कुरामा चै सहमत छौ । त्यसैले अन्य कार्यक्रमलाई भन्दा यो कार्यक्रमलाई प्राथमिकता दिएर आएको हुँ ।’ भनेका थिए ।

नेकपाका अर्का नेता शुरेस आले मगरले धुम्बाराहीको कार्यक्रमलाई जनयुद्व दिवस मान्न नसकिने तर्क गर्दै पार्टी कार्यालयको कार्यक्रम जनयुद्वलाई गौरव गर्ने र जनयुद्वलाई स्मरण गर्ने खालको नभएर जनआन्दोलन र जनयुद्वका सहिदहरुको स्मृतिसभा मात्र भएको बताउदै यद्यपी त्यसलाइ पनि सकारात्मक मानेर अघि बढनुपर्ने बताएका थिए ।

नेकपाकै अर्का नेता लक्ष्मण पन्तले ‘जनयुद्वलाई मनैदेखि आत्मसाथ गर्नेहरु एकै ठाउँमा जम्मा हुनु सकरात्मक थालनी भएको बताउदै जनयुद्व दिवस औपचारिकता पुरा गर्नका लागि मात्र मनाउने होइन, मनैदेखि आत्मसाथ गर्ने कुरा हो भन्दै त्यसैले आफ्नो मन पनि तानिएको बताएका थिए ।’

अखिल क्रान्तिकारीको अध्यक्ष भैसकेका नेकपा केन्द्रिय सदस्य देवेन्द्र पराजुलीले यस्तो कार्यक्रम आफ्ना लागि भावनात्मक रुपले निकट रहेको बताएका थिए । उनले विभाजित भएर फरक फरक कित्तामा पुगेका जनयुद्वका योद्धाहरु एकै ठाउँमा बसेर जनयुद्वको स्मरण गर्न पाउँदा आफूलाई खुसि लागेको बताउदै जनयुद्व दिवसलाई सबैले स्वीकार गर्नुपर्नेबारे पार्टीमा कुरा उठाउने समेत बताएका थिए ।

सत्तारुढ नेकपाकै अर्का नेता कुमार पौडेलले परिस्थितिबस शहिद हुने अवसर नपाएको स्मरण गराउँदै उपलब्धिमा टेकेर अघि बढ्नुपर्ने तथा यस्ता जमघटहरु अर्थपुर्ण बनाउनुपर्ने धारणा राखेका थिए । सत्तारुढ नेकपाका अधिकांश नेता कार्यकर्ताहरुले उपलब्धि र आगामी रणनीतिका सम्बन्धमा देखिएका दुईवटा (सबै पूरा भयो भन्ने र केहि पनि भएको छैन) भन्ने अतिका बिचबाट द्धन्द्धात्मक चेतना सहित आन्दोलनको बाँकी काम गरिनुपर्नेमा जोड दिएका थिए ।

जनयुद्व स्मरण समितिका नाउँमा आयोजना गरिएको सो कार्यक्रममा डा. ऋषिराज वराल, मंगल विश्वकर्मा, गणेश सिम्खडा, टिका कंडेल, भरत शर्मा, भरत गौतम, डा भीम केसी, कुमार शाह, ज्योती अधिकारी, भावना बिद्रोही, डा राधिका थापा, शुसील खड्का, प्रा.डा श्रीधर अधिकारी, प्रा.डा शंभु कटेल लगायतले जनयुद्वको लक्ष, निष्ठा र बर्तमान स्थिति प्रति आ–आफ्ना धारणा राखेका थिए ।

एमसीसी, लिपुलेकलगायत राष्टियातका मुद्दाहरु सहित कष्टकर जनजीवन र ब्यक्तिबादी राजतन्त्रात्मक संस्कारका बारे पनि प्रश्न उठाइएका थिए । माओवादी जनयुद्वको बैचारिक पृष्ठभूमि तयार गर्न क्रियासील २०५२ अगाडिका माओवादीहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न सो कार्यक्रममा गणतन्त्रका सेनानी हरुलाई एकैठाउँ जोडेर थप बहस बढाउन जरुरी भएको बताइएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy