काठमाडाैं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताएका छन् । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’ नामको पुस्तिका विमोचन गर्दै उनले सांसदले ऐनको कार्यान्वयन भए÷नभएको तथा अनुगमन एवं औचित्यता र महत्वका बारेमा समेत जनतालाई जानकारी गराउनुपर्ने बताए ।
अध्यक्ष तिमल्सिनाले निर्वाचनका समयमा प्रतिनिधिले जनतासामु विधायकको मुख्य काम कानूनको निर्माण तथा कार्यान्वयन हो भन्ने बुझाउन नसक्दा निर्दोषी पनि दोषी सावित हुन सक्ने विचार राखे ।
पचास पृष्ठको उक्त पुस्तकमा नेपालको कानूनी इतिहास, संवैधानिक विकासक्रम, संविधानले अवलम्बन गरेको संसदीय प्रणाली र संसद्को स्वरुप, प्रतिनिधि र राष्ट्रियसभा, संसद्को समिति प्रणाली, संसद्मा क्रियाशील विभिन्न समिति, कानून निर्माण प्रक्रियाका झलक, ऐन कार्यान्वयन मापनसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय समेटिएका छन् ।
कार्यक्रममा कानून आयोगका अध्यक्ष माधव पौडेलले कानून निर्माणभन्दा कार्यान्वयनको विषय महत्वपूर्ण हुने बताउँदै विधायकले अनगिन्ती कानून निर्माण गरेको तर कानूनको औचित्यता, महत्व र प्राथमिकता जनतालाई बुझाउन नसकेको विचार राखे ।
विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा खिमलाल देवकोटाले कानूनको लेखापरीक्षण हुनुपर्ने जिकिर गरे ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: