Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

एमसीसी परिमार्जसहित पारित गर्ने निर्णय सरकार असफल बनाउने बाहना मात्रै

\"\" झलनाथ जी को कार्यदलले एमसीसी सम्झौतालाई परिमार्जन सहित पारित गर्नुपर्छ भन्ने जुन तर्क पेश गर्नुभएको छ त्यो प्रधानमन्त्रीलाई असहयोग गर्नकोलागि बहानावाजी खोजेको मात्र हो । यो बाहानावाजिमा एमसीसी पास नगरे पनि नहुने गरे पनि नहुने बाध्यतामा उहाँहरु रहेका छन् । र यत्तिकै पास गर्दा आफुले बाहिर बोलेको औचित्य पनि नहुने भीम रावल जीहरुलाई लागेको छ । उहाँहरुले आफ्नो फेस सेविङको लागि परिमार्जन सहितको प्रतिवेदन बुझाएको हो । एमसीसी यत्तिकै पास गर्न हुँदैन भन्ने आवाज नेपाली जनताको आवाज हो । उहाँहरुले परिमार्जसहति पास गर्ने भन्ने कुरा मदन भण्डारीले ०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गरें भने जस्तै हो । यसको अर्थ एमसीसी पास गर्ने तर हाम्रो चित्त बुझेको छैन भनेको जस्तै हो । झलनाथ जीहरु भित्र सहमतिको हुक्का तान्ने बहिर असहमतिको ढोलक बजाउने काम गरेका छन् । राष्ट्रियतासँग एमसीसीको कुनै सरोकार छैन । एमसीसी २००२ मै अल्पविकसित मुलुकको सडक पूर्वाधार विकास र अन्तरदेशीय प्रसारण लाइन विस्तारको लागि आएको सहयोग नियाग हो । आइपिएस २०१७ मा आएको रणनीति हो । अमेरिकाले कुनै गठबन्धन बनाउन खोजेको हो भने उसले प्रतिवेदनमै समेटेको हुन्छ । त्यहाँ भएको केही प्रावधान दीघो विकासकोलागि सरकार बदलिएसँगै यसको प्रवाधान नबदलियोस भनेर ऐन, कानून व्यवस्था गरेको हो । सडक र प्रसारण लाइन विस्तार गर्दा मुआब्जा विवादले सम्झौता वेवारिसे नहोस भनेर यो प्रावधान राखिएको हो । पाँच बर्ष पछि देशनै अमेरिकाले लैजान्छ भन्ने होइन । त्यसकारण यी सबै वेकारको हावादारी कुरा हुन् । एमसीसीसँगै अमेरिकी सेना बस्छ भनिएको छ, त्यसो भए अहिले जहाँ एमसीसी छैन, त्यहाँ अमेरिकी सेना बसेको छ । जहाँ एमसीसी छ, त्यहाँ अमेरिकी सेना छैन । उदारणकोलागि अफगानस्थान, इराक, जपान, दक्षिण कोरिया लगायतका देशमा त एमसीसी छैन । त्यहाँ अमेरिकी सेना छ । अब यसबारेमा प्रश्न उठिसकेपछि बिज्ञहरुको सर्वपक्षीय बैठक राखेर दीर्घकालिन असर पर्ने केही त्यस्ता बुँदाहरु छन् भने राष्ट्रियता, राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डतालाई अक्षुण राख्दै एमसीसीलाई पास गर्ने हिसाबमा लाग्नु पर्छ । (विश्वकर्मा नेपाली कांग्रेसका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending