Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एमसीसी परिमार्जसहित पारित गर्ने निर्णय सरकार असफल बनाउने बाहना मात्रै

\"\" झलनाथ जी को कार्यदलले एमसीसी सम्झौतालाई परिमार्जन सहित पारित गर्नुपर्छ भन्ने जुन तर्क पेश गर्नुभएको छ त्यो प्रधानमन्त्रीलाई असहयोग गर्नकोलागि बहानावाजी खोजेको मात्र हो । यो बाहानावाजिमा एमसीसी पास नगरे पनि नहुने गरे पनि नहुने बाध्यतामा उहाँहरु रहेका छन् । र यत्तिकै पास गर्दा आफुले बाहिर बोलेको औचित्य पनि नहुने भीम रावल जीहरुलाई लागेको छ । उहाँहरुले आफ्नो फेस सेविङको लागि परिमार्जन सहितको प्रतिवेदन बुझाएको हो । एमसीसी यत्तिकै पास गर्न हुँदैन भन्ने आवाज नेपाली जनताको आवाज हो । उहाँहरुले परिमार्जसहति पास गर्ने भन्ने कुरा मदन भण्डारीले ०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गरें भने जस्तै हो । यसको अर्थ एमसीसी पास गर्ने तर हाम्रो चित्त बुझेको छैन भनेको जस्तै हो । झलनाथ जीहरु भित्र सहमतिको हुक्का तान्ने बहिर असहमतिको ढोलक बजाउने काम गरेका छन् । राष्ट्रियतासँग एमसीसीको कुनै सरोकार छैन । एमसीसी २००२ मै अल्पविकसित मुलुकको सडक पूर्वाधार विकास र अन्तरदेशीय प्रसारण लाइन विस्तारको लागि आएको सहयोग नियाग हो । आइपिएस २०१७ मा आएको रणनीति हो । अमेरिकाले कुनै गठबन्धन बनाउन खोजेको हो भने उसले प्रतिवेदनमै समेटेको हुन्छ । त्यहाँ भएको केही प्रावधान दीघो विकासकोलागि सरकार बदलिएसँगै यसको प्रवाधान नबदलियोस भनेर ऐन, कानून व्यवस्था गरेको हो । सडक र प्रसारण लाइन विस्तार गर्दा मुआब्जा विवादले सम्झौता वेवारिसे नहोस भनेर यो प्रावधान राखिएको हो । पाँच बर्ष पछि देशनै अमेरिकाले लैजान्छ भन्ने होइन । त्यसकारण यी सबै वेकारको हावादारी कुरा हुन् । एमसीसीसँगै अमेरिकी सेना बस्छ भनिएको छ, त्यसो भए अहिले जहाँ एमसीसी छैन, त्यहाँ अमेरिकी सेना बसेको छ । जहाँ एमसीसी छ, त्यहाँ अमेरिकी सेना छैन । उदारणकोलागि अफगानस्थान, इराक, जपान, दक्षिण कोरिया लगायतका देशमा त एमसीसी छैन । त्यहाँ अमेरिकी सेना छ । अब यसबारेमा प्रश्न उठिसकेपछि बिज्ञहरुको सर्वपक्षीय बैठक राखेर दीर्घकालिन असर पर्ने केही त्यस्ता बुँदाहरु छन् भने राष्ट्रियता, राष्ट्रिय सुरक्षा, भौगोलिक अखण्डतालाई अक्षुण राख्दै एमसीसीलाई पास गर्ने हिसाबमा लाग्नु पर्छ । (विश्वकर्मा नेपाली कांग्रेसका नेता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies