Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

मदन नगर बल्खुमा नेकपा पार्टी भवन बनाउने तयारी शुरु

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी सञ्चालन गर्नका लागि नयाँ अत्याधुनिक भवन बनाउने तयारी शुरु गरेको छ । यही माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको नयाँ भवन बनाउने सचिवालयको निर्णयलाई अनुमोदन गरेसँगै नयाँ भवन बनाउने गृहकार्य शुरु गरेको नेकपाका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

पार्टीले पुरानो नेकपा ९एमाले० रहेको मदन नगर बल्खुमा नै पार्टी कार्यालय बनाउने निर्णय गरेको हो । भवन बनाउनका लागि अहिले लालपुर्जानुसारको फिल्डमा कति जग्गा छ भनेर अध्ययन भइरहेको छ । पार्टीले बल्खुस्थित जग्गाको अवस्था बुझ्नका लागि प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएसनलाई जिम्मा दिएको छ । एशोसिएसनका अध्यक्ष शम्भु श्रेष्ठले जग्गाको सर्भे सकिएकाले पार्टीलाई प्रतिवेदन बुझाइने बताए । उनका अनुसार मदन नगरको उक्त जग्गा नौ रोपनी ११ आना तीन दामको छ । “मलाई बल्खुको लालपुर्जाअनुसार फिल्डमा कति जग्गा छ भनेर अध्ययन गर्न भनिएको थियो”, उनले भने, “मैले फिल्डमा गएर लालपुर्जाअनुसारको जग्गा रहेको प्रतिवेदन तयार पारेको छु ।चाँडै पार्टीलाई प्रतिवेदन बुझाउनेछु ।”

पार्टीले पटकपटक भवन बनाउने निर्णय गरे पनि कार्यान्वयन गरेको थिएन । यसपटक भने दुई पार्टी एक पनि भएको र दुई ठाउँमा पार्टी कार्यालय रहेकाले एकै ठाउँमा सञ्चालन गर्नका लागि भवन बनाउने कार्यमा पार्टी जुटेको छ । “केन्द्रीय कमिटी बैठकले भवन बनाउने निर्णयसँगै हामीले पनि तयारी थालेका छौँ”, नेकपा पार्टी कार्यालय, लेखा प्रमुख खेम पौडेलले भने, “अहिले लालपुर्जाअनुसार फिल्डमा जग्गा कति छ भनेर इञ्जिनीयरलाई अध्ययन गर्न दिएका छाँै ।”उहाँले इञ्जिनीयरको प्रतिवेदन आएपछि केकस्तो भवन बनाउने भन्नेमा छलफल गरिने बताए । भवन बनाउनका लागि सचिवालयले भवन निर्माण कमिटी गठन गर्ने र उक्त कमिटीले सचिवालयलाई भवनको डिजाइन बनाएर दिइने समेत उनले बताए ।

बैठकले देशको प्रमुख पार्टीको हैसियतले प्रभावकारी कार्यसम्पादन गर्न अनुकूल हुने गरी आगामी तीन महिनाभित्र पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गर्ने निर्णयसमेत गरेको थियो । सो निर्णयानुसार वैशाखभित्र नेकपाले नयाँ भवनको शिलान्यास गरिसक्नुपर्ने हो । विसं २०५४ मा बनेको तत्कालीन एमाले भवन २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो । सो भवन भत्किएपछि तत्कालीन एमालेले पासाङल्हामु प्रतिष्ठानमा पार्टी सञ्चालन गर्दै आइरहेको थियो । अहिले सिङ्गो नेकपाको केन्द्रीय कार्यालय सोही प्रतिष्ठान र जनवर्गीय सङ्गठन र विभागहरु पेरिसडाँडास्थित तत्कालीन नेकपा९माओवादी केन्द्र०को भवनमा सञ्चालित छन् ।

पार्टीले प्रतिष्ठानस्थित कार्यालय भवनवापत मासिक भाडा बुझाउँदै आएको छ । पहिले मासिक रु एक लाख ५० हजार भाडा बुझाउँदै आएकामा वर्षेनी १० प्रतिशत वृद्धि भई अहिले पार्टीले भाडावापत रु दुई लाख १५ हजार करबाहेक बुझाउँदै आएको छ । पार्टीको अर्को पेरिसडाँडास्थित कार्यालयले भने भाडा बुझाउनु पर्दैन । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि नयाँ भवन बनाउने विषयमा छलफल भए पनि केन्द्रीय कमिटी बैठकले भर्खर मात्र निर्णय गरेको हो ।
एमालेको नवौँ महाधिवेशन अगाडि पनि बल्खुमा नै नयाँ भवन बनाउने निर्णय गरिएको थियो । तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित भवन निर्माण समितिले छतले अत्याधुनिक भुइँतला ९अन्डरग्राउण्ड० सहितको भवनको डिजाइन गरिएको थियो । उक्त भवनको शिलान्यास तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले गरेका थिए। सो भवन बनाउने काम त्यत्तिकै सेलाएको थियो । त्यसपछि एमालेले भूकम्पपछि बल्खुमा नै नयाँ भवन बनाउने कुरा गरे तापनि केही ठोस प्रगति हुन नसकेको थिएन । अहिले दुई पार्टी गठन भएपछि केन्द्रीय कमिटी बैठकले नै सचिवालयले गरेको निर्णयलाई अनुमोदन गर्दै तीन महिनाभित्र पार्टीको अत्याधुनिक भवन बनाउने तयारीमा नेकपा छ । नेकपा केन्द्रीय कमिटी बैठकले उक्त कार्यालय भवन निर्माण गर्न पार्टीका सम्पूर्ण सदस्यलाई न्यूनतम एक दिनको तलब वा आम्दानी बराबरको सहयोग गर्न र शुभेच्छुकलाई दिल खोलेर सहयोग गर्न आग्रहसमेत गरेको थियो ।

कार्यालय सचिव रिजालले बल्खुस्थित पार्टीको जग्गाको नापी कार्यालयबाट ट्रेस नक्शा लिई जग्गा यकिन गर्न थालिएको बताए ।“कति जग्गामा भवन बनाउन मिल्छ, त्यो हेरेर मात्र हामी भवनको नक्शा ढाँचा गर्नेछौँ”, उनले भने, “पार्टीको सबै कार्यालय रहने गरी भवन अत्याधुनिक बन्नेछ ।” उनले जग्गाको अवस्था पहिचान भएपछि मात्र कस्तो किसिमको भवन बनाइने भन्ने थाहा हुने जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE