Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

राष्ट्रियसभामा दोहोरीः ललिता निवास र अडियो प्रकरणको छानबिन माग, कसले के भने ?

काठमाडौं । राष्ट्रियसभाको विशेष समयमा सत्ता र प्रमुख प्रतिपक्षी दलका सांसदबीच सरकारको कामका विषयलाई लिएर दोहोरी चलेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले पार्टीभित्रको समस्या समाधान हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै ललिता निवास प्रकरणमा गहिराइमा पुगेर छानबिन गरिनुपर्ने माग गरे ।

प्रदेशमा समेत प्रतिवर्ष ६ प्रतिशतभन्दा माथि आर्थिक वृद्धिदर भइरहेकाले देश विकास र समृद्धिमा अघि बढिरहेको उनको भनाइ थियो । पूर्वाधार विकासमा समेत फड्को मारेको र सरकार समृद्धिको दिशामा अघि बढेको उनले जिकिर गरे।

पोखरा र निजगढ विमानस्थलको काम अघि बढेको तथा कृषि, शिक्षा र स्वास्थ्यको कामसमेत असाध्य गतिका साथ लम्केको उनको भनाइ थियो । सत्तापक्षका सांसद लगत्तै बोलेका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका बद्रीप्रसाद पाण्डेले भट्टराईप्रति लक्ष्य गर्दै अर्थमन्त्री पद रिक्त हुन लागेकाले बजेट भाषणको तयारी गरेको हो कि भनी व्यङ्ग्य गरे ।

राष्ट्रियसभालाई भारदारीसभामा परिणत नगर्न पनि उनले सुझाव दिए । तथ्याङ्कलाई मिथ्याङ्कले छोप्न खोजिएको को सांसद पाण्डेको आरोप थियो । “ पार्टीभित्र अडियो काण्डको छानबिन गर्न प्रधानमन्त्रीले रोक्नुभएको छ, त्यसका पछि प्रधानमन्त्री नै रहेको चर्चा बाहिर भइरहेको छ”, सांसद पाण्डेले भने । सांसद मुक्ताकुमारी यादवले अडियो काण्डका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई बचाउन सरकार लागिपरेको आरोप लगाउँदै सो प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे ।

सांसद विना पोखरेलले सुत्केरीलाई भारतमा २६ महीनाको बिदा दिइने व्यवस्था भएको र अन्य देशमा त्यसभन्दा बढी बिदा दिने गरिएकाले नेपालमा पनि छ महीनादेखि बढाउनुपर्ने व्यवस्था गर्न माग गरिन् ।

सांसद रमेशप्रसाद यादवले पर्यावरण बिग्रँदै गएकाले संरक्षणका लागि काम हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद यूटोल तामाङले ल्होसारमा सार्वजनिक बिदा काटिएको गुनासो गर्दै जनजाति बसोबास गरेको स्थानमा स्वायत्त क्षेत्र घोषणा गरिनुपर्ने माग गरे। धेरै पर्यटकीयस्थल कर्णाली प्रदेशमा रहेकाले त्यसको प्रचारप्रसार गरिनुपर्नेमा पनि उनको जोड थियो ।

सांसद कमलाकुमारी ओलीले संसदीय समितिको अनुगमनका क्रममा स्थानीय तहमा उपप्रमुखका गुनासो धेरै पाइएकाले न्यायिक समितिको समेत नेतृत्व गर्ने उपप्रमुखलाई कानूनी सल्लाहकारको व्यवस्था गरिदिनुपर्ने माग गरे ।

सांसद रमेशजङ्ग रायमाझीले रु ७० करोडको सेक्युरिटी प्रेस काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्ने बाटो खोलिदिनुपर्ने बताए । सांसद खेमराज नेपालीले बताए । नेपाली सेना र नेपाल प्रहरीले बजाएको पुरानो धुन परिवर्तन गर्न माग गरे ।
कोभिड–१९ विरुद्ध लड्न माग

सांसदले नेपाल कोराना भाइरसको उच्च जोखिममा रहेकाले तयारी गर्न र त्यससम्बन्धी जानकारी संसदमा गराउन माग गरेका छन् । सभाको आजको बैठकको शून्य समयमा विमला पौडेलले ३४ देशमा कोभिड–१९ फैलिइसकेको र चीनको छिमेकमा रहेको नेपाल सङ्क्रमणको उच्च जोखिममा रहेको उल्लेख गर्दै त्यसबारे तयारी के भइरहेको छ भन्नेबारे संसद्लाई जानकारी गराउन माग गरे ।

सांसद शेरबहादुर कुँवरले कोभिड–१९ फैलिन नदिन प्राथमिकताका साथ तयारी गर्न सुझाव दिए । धेरै नेपाली रोजगारीका लागि गएको दक्षिण कोरियामा समेत भाइरहस फैलिएकाले विशेष तयारी गरिनुपर्ने सांसदको भनाइ थियो ।
सांसद रामनारायण बिडारीले उद्योग बेचेर खाने चलन बस्दा रोजगारीलगायतमा समस्या परिरहेका बेला हेटौँडाको माछापोखरी नाशिन लागेको भनी बचाउन माग गरे ।

सांसद विन्दादेवी आले रानाले उपभोग्य वस्तुको मूल्य ४८ प्रतिशतसम्म वृद्धि हुँदा काम गरेर छाक टार्नेका जीवन धान्न मुश्किल भएको बताइन्। एउटै सामानका मूल्य पसलपिच्छे फरक हुँदा पनि सरोकार निकाय मौन बस्नाको रहस्य के हो भनी प्रश्न गरिन्। सांसद हरिराम चौधरीले माध्यमिक शिक्षा निःशुल्क घोषणा गरिए पनि सामुदायिक विद्यालयमा शिक्षकको व्यवस्था हुन नसकेकाले कहिले पूरा हुन्छ भनी जिज्ञासा राखे।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE