Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

छ प्रतिशतले ओरालो लागेपछि शेयर कारोवार बन्द

काठमाडौ । नेपाल स्टक एक्सचेन्जले आजका लागि शेयर कारोवार स्थगित गरेको छ । कारोवार मापक नेप्से परिसूचक ६ प्रतिशतले ओरालो लागेपछि आजको कारोवार बन्द गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

नेप्सेका अनुसार आज दिउँसो १ बजेर २९ मिनेटदेखि कारोवार स्थगित गरिएको हो । बिहान ११ बजे खुलेको बजार निरन्तर ओरालो लाग्दै १ बजेर २९ मिनेटसम्म पुग्दा नेप्से ९६.०६ विन्दुले ओरालो लाग्यो । उक्त गिरावट प्रतिशतका आधारमा ६.०६ हो । यस्तै सेन्सेटिभ परिसूचकसमेत १९.२० ले ओरालो लागेर ३२१.४३ मा पुगेको छ । सेन्सेटिभ परिसूचकसमेत ५.६४ प्रतिशतले ओरालो लागेको छ । कूल १७३ कम्पनीको ४९ लाख ८६ हजार ५४४ कित्ता शेयर रु दुई अर्ब १५ करोड ४४ लाख २८ हजार २१५ कित्ता शेयर कारोवार भएको थियो ।

नेप्सेका अनुसार ‘सर्किट ब्रेक’ लाग्ने समयसम्म नेपाल लाइफ इन्सुुरेन्स कम्पनीको रु १५ करोड ६८ लाख ११ हजार २५६ बराबरको शेयर कारोवार भएको थियो । यस्तै एनआइसी एशिया बैंकको रु १४ करोड ६१ लाख ५२ हजार १५० र एनएमबी बैंकको रु आठ करोड ९५ लाख २३ हजार ६२० बराबरको शेयर कारोवार भएको थियो ।

आज बन्द भएको बजार मङ्गलबार भने सोही विन्दुबाट शुरु हुनेछ । नेप्सेका अनुसार कारोवार भएका सबै उपसमूहको सूचक घटेको छ । सामूहिक लगानी कोषको सबैभन्दा कम १.७४ प्रतिशतदेखि निर्जीवन बीमाको सूचक सबैभन्दा धेरै ७.४६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज प्रभु इन्सुरेन्स, प्रुडेन्सियल इन्सुरेन्स, गरिमा विकास बैंक, आरएसडिसी लघुवित्त, ग्रामीण विकास लघुवित्त, शिखर इन्सुरेन्स, सूर्या लाइफ इन्सुरेन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेशनल माइक्रोफाइनान्स, नबिल बैंक, एभरेष्ट इन्सुरेन्स, सिद्धार्थ इन्सुरेन्स, फरवार्ड कम्युनिटी लघुवित्त, माछापुछ्रे बैंक र एभरेष्ट बैंकको शेयर मूल्य नौ प्रतिशत बढीले ओरालो लागेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending