Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

भक्तपुर सडकमा अत्याधुनिक ‘राडान गन’ जडान

भक्तपुर । तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने दुर्घटनालाई रोक्ने उद्देश्यले महानगरीय प्रहरी परिसरले अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुर खण्डमा दुईवटा अत्याधुनिक ‘राडान गन’ जडान गरेको छ । विकसित देशमा सडकमा सवारीसाधनको गति नाप्न प्रयोग हुने यस प्रकारको उपकरण नेपालमा पहिलोपटक ल्याइ भक्तपुरको सडकमा जडान गरिएको जनाइएको छ ।

महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सबिन प्रधानले सडकमा सवारीसाधानको गति नाप्ने यस प्रकारको उपकरण नेपालमै पहिलोपटक आज जडान गरिएको जानकारी दिए । साँगादेखि लोकन्थलीसम्म चल्ने सवारीसाधनको गति नाप्ने अत्याधुनिक उपकरण जडान गरेको उनले जानकारी दिए ।

रजिस्ट्रेशन प्लेट रिकगनाइजेशन क्याम’ नामको सिसी क्यामरा सहितको उपकरणले सवारीसाधनको २०० भन्दा माथि सम्मको गति मापन गर्न सक्छ । यसले त्यो सडकमा कुन कुन समयमा कति वटा कुन कुन प्रकारकोे, कस्तो रङको, कुन कुन नम्बरको, कति कति स्पिडमा र कुन कुन समयमा गाडी गुड्यो, गाडी कुन पोजिशनमा गुडेको थियो भन्ने सम्मको एच डी क्वालिटीको भिडियो रेकर्ड राख्छ”, उनले भने, “यो क्यामरा सबै सडकमा राख्ने हो भने नेपालको ट्राफिक व्यवस्थापनमा सहज आउने मात्रै नभई कसैले पनि नियम उल्लङ्घन गर्नै सक्दैन, गल्ती गर्नेले कारवाही भोग्नै पर्ने अवस्था आउँछ ।

सूर्यविनायक नगरपालिकाको करिब रु १० लाख र अन्यको सहयोगमा ल्याइएको दुईवटा क्यामरालाई महानगरीय प्रहरी परिषरको कन्ट्रोल कक्षमा जडान गरी हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिँदै उनले सवारी नियम उल्लङ्घन गर्ने कोही पनि अब कारवाहीबाट भाग्नै नसक्ने दाबी गरे । रातिको समयमा समेत यसले सबै दृश्यहरु लिन सक्ने भएकाले तीव्र गतिमा आएका, दुर्घटना गराएर फरार रहेका कोहीले पनि कारवाहीबाट उन्मुक्ति पाउन नसक्ने दाबी उनले गरे। सडकमा जडान गरिएका क्यामराको प्रहरी परिसरे कन्ट्रोल कक्षबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रहरी उपरीक्षक प्रधानले यो क्यामराको दृश्यलाई यातायात कार्यालयसँग पनि जोडेर कारवाही गर्न सकिने र कुनै सवारीसाधनले दुर्घटना गराएर होस् वा ट्राफिक नियम उल्लङ्घन गरेर भागेमा अर्को दिन नियन्त्रणमा लिएर पनि कारवाही गर्न सकिने जानकारी दिए ।

अहिले सो खण्डमा प्रतिघण्टा ५० किलोमिटर गतिमा मात्रै सवारीसाधन चलाउन पाउने नियम रहेको छ । अबतीव्र गतिमा सवारी चलाउने कारवाहीमा पर्ने छन् तीव्र गतिमा गुडेका सवारीसाधनलाई अर्को स्टेशनमै प्रहरीले पक्राउ गर्न सक्नेछ । अपराध गरेर भागेका सवारीसाधनलाई पनि रेकर्ड हेरेर खोज्न सजह हुनेछ । यो रेकर्ड यातायात कार्यालयमा पनि जाने भएकाले जरिवाना नतिर्ने गल्ती गरेका सवारीसाधनलाई यातायात कार्यालयले डिजिटल रेकर्ड हेरेर सवारी अनुमतिपत्र र सवारी किताब (बिल बुक) नवीकरण र सवारी बिक्रीका बेलामा उसले नतिरेका जरिवाना असुल गर्न सक्नेछ । तर यसका लागि यातायात कार्यालयले त्यसको व्यवस्था गर्नुपर्नेछ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE