काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा सोमबार साँझ गाडीबाट ओर्लनेबित्तिकै प्रधानमन्त्री केपी ओली शुभेच्छुकसामु मुस्कुराए। उनी सञ्चारकर्मीसँग बोलेनन्। प्रसन्न मुद्रामा हात हल्लाए।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - प्रधानमन्त्री ओलीलाई साँझ ६ बजे भर्ना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले बताए ।
ओलीलाई मिर्गौला दिन चार घण्टाअघि नै अस्पताल पुगेकी थिइन्, ३२ वर्षीया समीक्षा संग्रौला । गाडीबाट ओर्लनेबित्तिकै संग्रौला आकर्षणको केन्द्र बनिन् । दर्जनौं फोटोग्राफरले पछ्याएपछि उनी पनि मुस्कुराउँदै भित्र छिरिन् ।
संग्रौला र लिने प्रधानमन्त्री ओलीबीच मामा/भान्जीको साइनो छ। दुवैजना चार घण्टा फरकमा अस्पताल पुगेका थिए । अस्पतालका कार्यकारी निर्देशक डा.खड्गाले भने, ‘प्रधानमन्त्रीज्यूलाई भर्ना गरेर अब्जरभेसनमा राखिएको छ। स्वास्थ्य जाँचलगायतका कार्य सुरु गरिएको छ।’
मिर्गौला दान दिने र लिनेबीच सहमतिका आधारमा निवेदनसमेत दिइएकाले प्रत्यारोपण प्रक्रिया अगाडि बढाइएको छ ।
निवेदनको व्यहोरा जाँचबुझ गर्दा मनासिब देखिए सम्बन्धित व्यक्तिलाई अंग दान वा अंग ग्रहण गर्न स्वीकृति दिने कानुनी व्यवस्था छ। संग्रौलाले सहमतिसहित स्वेच्छाले अंग दान गर्न लिखित मन्जुरी दिइसकेकी छन् ।
प्रत्यारोपणमा संलग्न टिम
प्रत्यारोपणमा शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुख प्रा.डा.दिव्या सिंह शाहले समन्वय गरेकी छन्।
उनी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक हुन् । प्रत्यारोपणका लागि शल्यचिकित्सकको भूमिकामा शिक्षण अस्पतालको युरोलोजी विभागका विभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा.उत्तम शर्मा रहनेछन्। युरोलोजी विभागका पूर्वविभागीय प्रमुख एवं वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा.प्रेमराज ज्ञवाली पनि संलग्न छन्।
सल्यक्रियामा नेफ्रोलोजी विभागका डा.महेश सिग्देल, डा.मुकुन्द काफ्ले र डा.पवन चालिसे, डा.सुमन चापागाईं, डा.सुजित पौडेल, डा.महेश प्रधानलगायतका चिकित्सक संलग्न हुने अस्पतालले जनाएको छ।
प्रत्यारोपण सफल भएपछि मिर्गौला दाता संग्रौला तीन÷चार दिनमा डिस्चार्ज हुन सक्नेछिन् । प्रत्यारोपणपछि प्रधानमन्त्री ओली भने एक साता आराम गर्नुपर्ने हुन सक्छ।
‘दुवै जनालाई डिस्चार्जका लागि एक साता लाग्न सक्छ’, डा.खड्गाले भने । तर, प्रत्यारोपणमा संलग्न एक चिकित्सकका अनुसार ७ देखि १० दिनभित्र डिस्चार्ज गर्ने योजना छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: