Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

नजिकिँदै महाधिवेशन, बढ्दै विवाद

काठमाडौं । कांग्रेसमा १४औँ महाधिवेशनको कार्यतालिका आए पनि आन्तरिक विवाद थप चुलिँदै गएको छ । पुस अन्तिम साता केन्द्रीय समितिको बैठकबाट सुरु भएको महाधिवेशनकेन्द्रित विवाद विभाग गठन र केन्द्रीय सदस्य मनोनयनसँगै झन् चुलिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - संस्थापनइतर पक्षले महाधिवेशनको एजेन्डा नआएपछि केन्द्रीय समितिको बैठक नै बहिष्कार गरेको थियो । तैपनि, संस्थापनले अरूको सहमतिविना नै महाधिवेशनको कार्यतालिका बहुमतबाट ल्यायो ।

त्यसपछि त कांग्रेस विवाद झन् लम्बियो । एक महिनापछि निर्णय फिर्ता लिएसँगै महाधिवेशनको कार्यतालिका पुनः संशोधन गरियो ।

१३ माघमा केन्द्रीय समिति बैठकबाट निर्णय सच्याउन सभापति देउवा तयार भए । तर, त्यसपछि पनि आन्तरिक समायोजन समयमै सकाएर कांग्रेस १४औँ महाधिवेशनको कार्यतालिकामा प्रवेश गरेन ।

२९ माघमा २५ जिल्लाको आन्तरिक संरचनाको समायोजन नसकिएपछि १५ फागुनसम्म म्याद थपियो । तर, ७७ मध्ये आधा जिल्लाको समायोजन अझै पूरा हुन बाँकी नै छ ।

समयमा समायोजन नसक्दा महाधिवेशनको कार्यतालिकाअन्तर्गत क्रियाशील सदस्यताको वितरण र नवीकरण समयमा सुरु हुन सकेको छैन । १३औँ महाधिवेशनको सदस्यताको रेकर्ड नै प्रभावकारी रूपमा नराखिएको भन्दै विवाद भएको छ ।

विवाद बल्झाउँदै विभाग
केन्द्रीय समितिको बैठकदेखि देखिएको विवाद साम्य भए पनि विभाग गठनपछि पुनः उत्कर्षमा पुगेको छ । शनिबार सभापति देउवाले १३ विभागीय संयोजक तोक्दै पाँच नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत गरेपछि पुनः विवाद सुरु भएको छ ।

विभागीय संयोजकका लागि नाम मागे पनि संस्थापनइतर पक्षले नाम दिएको छैन । त्यसपछि सभापति देउवाले आफ्नो पक्षका नेतालाई समेट्दै विभाग गठन गरे । यसबाट पौडेल पक्ष असन्तुष्ट बनेको छ ।

यसैबीच सोमबार देउवाले पुनः आफूनिकटका सात विभागीय संयोजक थपेका छन् । जसमा शुभेच्छुक संस्था समन्वयमा एनपी साउद, वन, वातावरण तथा विपत व्यवस्थापनमा अम्बिका बस्नेत, महिलामा ईश्वरी न्यौपाने, राज्य प्रशासनमा केशवकुमार बुढाथोकी, खेलकुदमा मोहनबहादुर बस्नेत, निर्माण व्यवसायी समन्वयमा वीरबहादुर बलायर र शिक्षा विभागमा हरिप्रसाद नेपाललाई जिम्मेवारी दिइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy