Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

राष्ट्रियसभा सदस्यको शपथपछि श्रेष्ठले प्रतिपक्षलाई भने - सहमति र सहकार्यका आधारमा काम गरौं

काठमाडौ। नवनिर्वाचित राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले समृद्ध नेपाल निर्माणको कार्यभार पूरा गरेर देखाउनुको कुनै विकल्प नभएको बताएका छन् । राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथपछि सभाको आजको बैठकमा बोल्दै उनले भने, “छिटोछिटो सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको छ, सरकारले स्थायित्व पाएको छ, राजनीतिक सङ्क्रमण अन्त्य भएको छ, नयाँ संविधान बनेको छ, अब सङ्घर्ष गर्न परेको छैन, अब स्थिरता छैन भन्न पाइँदैन ।”

सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्नेतर्फ अघि बढेको उल्लेख गर्दै उनले सरकारले पहिलो वर्ष आधार र दोस्रो वर्ष कार्यान्वयन वर्षका रुपमा अगाडि बढाएको बताए । “स्वतन्त्र परराष्ट्र नीति, वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्दै सरकार अघि बढेको छ”, उनले भने, “सङ्घीयता कार्यान्वयनले विस्तारै गति लिँदै गएको छ ।”

सीमा अतिक्रमण रोकी नेपाली भूमि फिर्ता गराउने र राष्ट्रियताको सवालमा सबै शक्ति मिलरे एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले लोकतन्त्रको रक्षा, अभ्यास र विकासमा सबैको एकमत हुनुपर्ने बताए । मुलुकको समृद्धिका लागि अपार सम्भावना भएको उल्लेख गर्दै उनले ती सम्भावनाको समुचित प्रयोग गरिनुपर्नेमा जोड दिए । “समृद्ध नेपाल, सुखी नेपाली बनाउनु, समाजवाद निर्माण गर्नु अहिलेको आवश्यकता हो”, सांसद श्रेष्ठले भने, “नेपाललाई सभ्य, सुसंस्कृत र समृद्ध मुलुकमा रुपान्तरण गर्नु हो । नयाँ ढाँचाको आर्थिक विकास र सामाजिक न्यायमार्फत समाजवादको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुनै आजको आवश्यकता हो ।”

अपार सम्भावनायुक्त मुलुक भए पनि लाखौँ युवा विदेशमा पसिना बगाउन बाध्य भएको उल्लेख गर्दै उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । सांसद श्रेष्ठले कमीकमजोरी सच्याउँदै अघि बढ्ने, जनताको सामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । सबै मिलेर सहकार्य गरेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सहमति र सहकार्यका आधारमा काम गर्न प्रमुख प्रतिपक्षसँग आह्वान गरे।

नवनिर्वाचित सांसदलाई स्वागत गर्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका नेता दीनानाथ शर्माले राष्ट्रियसभाले विधेयक पारित गर्ने मात्र नभई जनसरोकारको विषयमा पनि महत्व दिँदै गएको बताउनुभयो । “राष्ट्रियसभाले परिपक्व व्यक्ति पाएको छ, नवनिर्वाचित सदस्यको उपस्थितिले अत्यन्त खुशी बनाएको छ”, उनले भने, “राज्यले सुम्पेको अभिभारा पूरा गर्न यहाँहरुको भूमिका महत्वपूर्ण हुनेछ ।”

https://www.youtube.com/watch?v=0wkwUMeG_cs&t=62s

दुई वर्षको अवधिमा राष्ट्रियसभाको बैठक एक दिन पनि नरोकिएको जनाउँदै उनले सत्ता पक्ष र प्रतिपक्षी नभई सहमति तथा सहकार्यको संस्कारको विकास गरिएको बताए । राष्ट्र निर्माणको महत्वपूर्ण अभियानमा अघि बढेको उल्लेख गर्दै राष्ट्रिय दायित्वसँग जोडिएको जनसरोकारका विषय पूरा गर्ने अभिभारा आफूहरुको काँधमा आएको उनले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अनिता देवकोटाले सहकार्य र सहमतिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै आर्थिक तथा सामाजिक रुपान्तरणका लागि एक ठाउँमा उभिनुपर्ने बताइन् । “के सत्ता पक्ष के प्रतिपक्ष भनेर होइन, सहकार्यका आधारमा अघि बढौँ”, उहाँले भन्नुभयो, “यहाँहरुको उपस्थितिले राष्ट्रियसभालाई परिपक्व बनाएको छ ।” उनले नवनिर्वाचित सांसदको सक्रियताले राष्ट्रियसभाको गरिमालाई स्थापित गर्न सकोस् भनी कामना गरिन् । उनले नवनिर्वाचित सदस्यको कार्याकाल सफलताको कामना गरे ।

समाजवादी पार्टी नेपालका सांसद प्रमिला कुमारीले राष्ट्र निर्माणमा नवनिर्वाचित सदस्यको महत्वपूर्ण भूमिका भएको भन्दै मुलुकलाई समृद्ध बनाउन दृढतापूर्वक लाग्ने विश्वास व्यक्त गरिन् । “यहाँहरुको स्वागत र सफल कार्यकालको कामना गर्दछु”, उनले भनिन् । सातै प्रदेशको समानान्तर विकास नभएसम्म समृद्ध मुलुक निर्माण हुन नसक्ने भन्दै उहाँले प्रदेश र स्थानीय तहको अधिकार सुनिश्चित गरेर मात्रै समृद्धि हासिल गर्न सकिने बताइन्।

सभाको शुभारम्भमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनियुक्त सदस्यलाई स्वागत गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending