Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

कोरोना भाइरसबाट त्रसित नभई सजग बन्न आग्रह

काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) भाइरसबाट त्रसित नहुन आग्रह गरेको छ । नेपालीहरू सजग हुनुपर्ने बेला आएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाको भनाइ छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - ‘हामीले आफ्नो दैनिकीलाई व्यवस्थापन गर्नुपर्ने बेला आएको छ । त्रसित भएर होइन सजग भएर हिँड्ने बेला हो यो’, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘सरकारले सबै तयारी गरिसकेको छ । उच्च स्वास्थ्य सुरक्षा सतर्कता पनि अपनाइएको छ ।’

उनले बाहिरबाट हुन सक्‍ने कोरोना संक्रमणबाट नेपाली सतर्क हुनुपर्ने बताए । विदेशबाट आउने नागरिकको स्वास्थ्य परीक्षण गरेर सतर्कता अपनाइएको जानकारी उनले दिए । उनका अनुसार ३७ वटा नाकामा स्वास्थ्य टोली खटाइएका छन् ।

‘भारत प्रवेश गर्ने ३७ नाकामा स्वास्थ्य टोली राखिएको छ’, उनले भने, ‘विमानस्थलबाट प्रवेश गर्ने ६ वटा प्रवेशद्वारमा पनि स्वास्थ्य टोली राखिएको छ ।’

उनका अनुसार सरकारले गणतन्त्र चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाएर महेन्द्रबहादुर पाण्डेलाई राजदूत नियुक्तिको सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

ईश्वरराज पौडेललाई भारतको कोलकाताका लागि महावाणिज्यदूत नियुक्त गरिएको उनले सुनाए । महावाणिज्यदूत एकनारायण ढकाल सचिवमा बढुवा भएपछि उनको ठाउँमा पौडेललाई नियुक्त गरिएको हो ।

सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस, हेडवर्क्स, पेनस्टक र पहुँचमार्गलगायत संरचना निर्माण गर्न ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखबिरुवा हटाउने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको उनले सुनाए ।

मन्त्रिपरिषद्ले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदमा राजेन्द्रबहादुर अर्याललाई नियुक्त गर्नेलगायत निर्णय गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy