Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

कोरोना भाइरसकाे उच्च जोखिम रहेकाले होलीमा सतर्क रहन सुझाव

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण विश्वव्यापी बन्दै गएको र नेपालमा समेत उच्च जोखिम रहेकाले यसपालिको फागु पर्व मनाउँदा सतर्क हुनुपर्ने भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना सङ्क्रमणको जोखिम चिसोमा बढी हुने र धेरै मानिस जमघट हुँदा सर्ने सम्भावना बढी हुने भएकाले फागुमा पानीका लोला हान्ने, पिचकारीले छ्याप्ने र ठूलो जमघटका साथ रङ दल्ने÷खेल्ने काम नगर्न आग्रह गरि एको छ ।

विगत वर्षमा फागुका कार्यक्रम आयोजना गर्ने विभिन्न संस्थाले कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर फागुका कार्यक्रम रद्द गरेका छन् । हुलमुलमा होली नखेल्न सबैलाई आग्रह गरिएको छ ।

बर्सेनि होली पर्व आयोजना गर्दै आएकी नायिका करिश्मा मानन्धर ले यो वर्ष होली कार्यक्रम रद्द गरेकी छन् । संस्कृतिविद् डा.सत्यमोहन जोशीले मेलमिलापको पर्व फागु पानी र रङ खेलेरै मनाउनुपर्छ भन्ने छैन भन्दै यस वर्ष कोरोनाको त्रास र हेकाले अबिर को टीका मात्र लगाएर मनाउन सुझाव दिए ।

संस्कृतिविद् गणेशराम लाछीले फागु पर्व नेपालीको संस्कृति भएकाले यसको संरक्षण गर्नुपर्छ तर त्यसका लागि जीवन चाहिन्छ भन्दै जीवन र क्षाका लागि अहिले कोराना सङ्क्रमणबाट जोगिन सतर्क हुनुपर्ने समय भएको बताए ।

जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले नेपाल हालसम्म कोरोनामुक्त देश भए पनि सबैमा त्रासको वातावरण र हेको बताउँदै फागु पर्वमा भीडभाडमा होली खेल्दा सङ्क्रमणको खतरा हुने भएकाले आफ्नो घर मा मात्र खेल्न सुझाव दिएका छन् ।

कोरोना त्रासकै कारण अहिले सरकारी, गैर सरकारी, अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल र सङ्घसंस्थाले सार्वजनिक कार्यक्रम रद्द गरेका छन् । सरकार ले गत आइतबार सभा, सम्मेलन लगायतका कार्यक्रम नगर्न आह्वान गरेसँगै त्यसको कार्यान्वयन गर्न थालिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वनिर्धारित प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । फागुन १९ मा बसेको प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले प्रदेशभरी मेला महोत्सव गर्न रोक लगाएको छ । प्रदेश ५ सर कार ले आगामी वैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy