Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

दुबईका अरबपति शासकले आफ्नै छोरी अपहरण गरेको अदालतको ठहर

एजेन्सी । अपहरण, जबरजस्ती फिर्ता लैजाने, प्रताडना तथा तर्साउने र धम्क्याउने कार्यलगायत दुबईका अरबपति शासक शेख मोहम्मद बिन रशिद अल-मक्तुमविरुद्ध उनकी पूर्वपत्नी राजकुमारी हाया बिन्त अल-हुसेनले लगाएका आरोपहरू बिहीवार स्थापित तथ्य बनेका छन्।

उक्त कुरा ब्रिटेनको उच्च न्यायालयले गरेका फैसलाहरूको एउटा श्रृङ्खला स्वरूप प्रकाशित भएको हो।

आठ महिना अघि सुरु भएको उक्त मुद्दापश्चात् अदालतले राजकुमारी हायाका पक्षमा एउटा फ्याक्ट फाइन्डिङ जजमेन्ट (एफएफजे), तथ्यको खोजी गर्ने निर्णय, प्रकाशित गरेको हो।

राजकुमारी हाया गत वर्ष दुबईबाट आफ्ना दुई बच्चाका साथ भागेकी थिइन्। उनले साथीहरूलाई आफ्नो ज्यान जाने डरले भागेको बताएकी थिइन्।

शेख मोहम्मदले निर्णयलाई सार्वजनिक जानकारीभन्दा बाहिर राख्ने असफल प्रयास गरेका थिए।

तर यो विषय सार्वजनिक हितको भएको भन्दै अदालतले उनको अपिल खारेज गरेको थियो।

अदालतसमक्ष इमानदार नभएको
दुबईका शासकलाई अदालतसमक्ष खुला तथा इमानदार नभएको ठहर गरिएको थियो।

ब्रिटिश अदालतको फैसला प्रकाशित भएपश्चात् जारी एक वक्तव्यमा, शेख मोहम्मदले भनेका छन्, \'सरकार प्रमुखका रूपमा म अदालतको तथ्य खोज्ने प्रक्रियामा सहभागी हुन सक्षम थिइनँ र त्यसपछि तथ्य खोजी फैसाला जारी गरियो। त्यसले केवल एकपक्षीय कथा मात्र बताउँछ।\'

\"शेख

उनले उक्त मुद्दा निजी मामिला भएकोमा जोड दिएका थिए।

\'म भन्न चाहन्छु सञ्चारमाध्यमहरूले हाम्रा बच्चाहरूको गोपनीयताको सम्मान गरुन् र यूकेमा उनीहरूको जीवनमा दखल नदिउन्,\' उनले भनेका छन्।

स्वतन्त्रताबाट बञ्चित युवा महिलाहरू
लामो समयसम्म धेरै साक्षीहरूको बयान सुनेपछि अदालतले शेख मोहम्मदलाई अर्की पत्नीतर्फका दुईजना छोरीहरूलाई अपहरण गरेको र जबर्जस्ती फिर्ता लगेको कसुरमा जिम्मेवार रहेको ठहर गरेको छ।

अदालतले भनेको छ -

  • शेखा शमसाले सन् २००० मा सरेस्थित परिवारको ब्रिटेनमा रहेको घरबाट भागेकी थिइन्। तर पछि शेखका मानिसहरूले उनलाई क्याम्ब्रिजसायरबाट जबरजस्ती दुबई लगेका थिए र उनलाई कैदमा राखिएको बताइएको छ। क्याम्ब्रिसायर प्रहरीद्वारा यसबारे अनुसन्धान गर्न दुबई जान पाउनका लागि गरिएको अनुरोधलाई अस्वीकार गरियो।
  • शेखा लतीफाले सन् २००२ र २०१८ मा आफ्ना पिताका परिवारबाट भाग्ने दुईवटा असफल कोसिस गरेकी थिइन्। पहिलो पटक दुबईमा तीन वर्षसम्म जेलमा राखिएपछि दोस्रो पटक उनले भाग्ने प्रयास गरेकी थिइन्। दोस्रो पटक उनलाई भारतीय समुद्री तटबाट जबरजस्ती दुबई फर्काएर घरैमा नजरबन्दमा राखिएको बताइन्छ। न्यायाधीशले लतिफाले आफूलाई यातना हुने गरी शारीरिक दुर्व्यवहार गरिएको भनी एउटा सार्वजनिक भिड‌िओ मार्फत लगाएको आरोपलाई विश्वसनीय मानेका छन्।
\"शेख
  • न्यायाधीशले गरेका ठहर अनुसार शेख मोहम्मद ती दुवै युवा महिलाहरू तिनको स्वतन्त्रताबाट बञ्चित भैरहने व्यवस्थालाई निरन्तरता दिन चाहन्छन्।

राजकुमारी हायाको जन्म जोर्डनमा भएको थियो। उनले ब्रिटेनका निजी विद्यालयहरूमा अध्ययन गरेकी हुन्।

उनी जोर्डनका वर्तमान शासक अब्दुल्लाह द्वितीयकी सौतेनी बहिनी हुन्। उनी ओलिम्पिक्समा घोडचढी खेलाडीका रूपमा सहभागी पनि भएकी थिइन्।

शेख मोहम्मदसँग उनको सन् २००४ मा विवाह भएको थियो। उनी शेख मोहम्मदकी छैटौँ र कान्छी पत्नी हुन्।

राजकुमारी हायाका ११ र सात वर्षका दुई सन्तान छन्।

राजकुमारीको शरण
सुरुमा उनलाई ती भागेका राजकुमारीहरूलाई जोगाउन स्वदेश फिर्ता ल्याइएको भन्ने कुरामा विश्वास लागेको थियो। उनीहरू परिवारसँग सुरक्षित रहेका छन् भन्ने उनी ठान्थिन्।

तर सन् २०१९ को सुरुवातमा राजकुमारी हायालाई यस्ता कुरामा सन्देह पैदा भयो। र उनले आफ्ना चिन्ताहरू व्यक्त गर्न थालिन्।

उनले आफ्ना ब्रिटिश अङ्गरक्षकसँग गैरवैवाहिक सम्बन्ध पनि बनाउन सुरु गरेकी थिइन्।

\"शेख

शेख मोहम्मदका मानिसहरूले उनलाई तर्साउने र धम्क्याउने अभियान सुरु गरे।

राजकुमारी हायाको सिरानीमुनि दुईपटक बन्दुक राखिएको पनि अदालतमा बताइएको थियो।

उनलाई दुर्गम मरुभूमिस्थित एउटा जेलमा लैजाने धम्की दिँदै उनी बस्ने घर बाहिर एउटा हेलिकप्टर पनि ओरालिएको थियो।

दुबईका शासकसँग आफ्नो विवाह बलपूर्वक भएको दाबीसहित दुबई छोडेर भागेकी राजकुमारी हायाले त्यसबाट आफ्नो रक्षा खोज्दै यूकेमा मुद्दा हालेकी थिइन्।

उनले संयुक्त अरब इमिरेट्स (यूएई)मा आफूले छाडेका छोराछोरीको अभिभावकत्व लिन पाउनुपर्ने माग गरेकी थिइन्।

उनले जबरजस्ती गरिएको विवाह र दुर्व्यवहारबाट बच्ने आदेश पनि माग गरेकी थिइन्।

पैँतालीस वर्षीया हाया सुरुमा शरण खोज्न जर्मनी पुगेकी थिइन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending