एजेन्सी । भारतबाट स्थलमार्ग हुँदै नेपाल आएका कोरोनाभाइरस प्रभावित मुलुकका नागरिकलाई सोही मार्ग हुँदै फर्कन भारतले प्रतिबन्ध लगाएको छ।
सो प्रतिबन्धका कारण त्यही बाटो हुँदै फर्किने गरी नेपाल आएका सयौँ पर्यटकहरूले अनपेक्षित झमेला बेहोर्नु पर्ने अवस्था आएको नेपाली अधिकारीहरूले बताएका छन्।
काठमाडौं जान सुझाव
नेपाल घुमेर भारतको बाटो हुँदै आफ्नो देश फर्कन लागेका केही पर्यटकहरूलाई भारतीय अध्यागमन कार्यालय सुनौलीले भारत प्रवेशमा रोक लगाएपछि ती पर्यटकहरूलाई काठमाडौं पठाइएको अध्यागमन कार्यालय वेल्हियाका प्रमुख गिरिराज खनालले बताए।
उनले भने, \'भारतले नेपाल आउने पर्यटकलाई धमाधम पठाइरहेको छ।\'
\'तर यताबाट भारत जान हिँडेका कोरोनासङ्क्रमित मुलुकका पर्यटकलाई भने त्यहाँको अध्यागमन कार्यालयले नेपालतर्फ नै फर्काइदिएको छ।\'
\'त्यहाँबाट फर्काइएका पर्यटकलाई हामीले काठमाण्डू जान सल्लाह दिएका छौँ,\' उनले थपे।
नेपाल पस्ने क्रम जारी
अध्यागमन कार्यालयको रेकर्डमा वेल्हिया नाकाबाट मात्रै गत पाँच दिनको अवधिमा कोरोनाभाइरस प्रभावित चीन, दक्षिण कोरिया, जापान र इटली लगायतका मुलुकका करिब ७० जना पर्यटकहरू नेपाल प्रवेश गरेका छन्।
भारतीय अध्यागमन कार्यालयका एक अधिकारीका अनुसार नेपाल पसिसकेका त्यस्ता मुलुकका पर्यटकहरू अब स्थलमार्गबाट भारत प्रवेश गर्न पाउने छैनन्।
ती अधिकारीले भारत सरकारले उनीहरूको प्रवेश अनुमतिपत्र पनि रद्द गरिसकेको बताए।
सरकारले अति आवश्यक कामको लागि सम्बन्धित मुलुकका दूतावाससँगको सहमतिमा बाहेक सङ्क्रमित मुलुकका नागरिकलाई भारत प्रवेश दिने काम अहिलेलाई स्थगित गरेको आफ्नो नाम उल्लेख नगर्न भन्दै ती अधिकारीले बीबीसीलाई बताए।
नेपालमा १० मार्चदेखि रोकिने
वेल्हियाबाहेक नेपालका अरू केही ठूला नाकाहरूबाट पनि भारतको बाटो हुँदै तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउने गर्छन्।
अध्यागमन प्रमुख खनालले त्यस्ता पर्यटकहरू अब उच्च सतर्कता भएको क्षेत्रबाट मात्र फर्कन सक्ने विश्वास व्यक्त गरे।
उनी भन्छन, \'उनीहरूलाई आफ्नो गन्तव्यमा पुग्न त पर्यो नै, तर त्यसको लागि उनीहरूलाई थप झमेला आइलाग्न सक्छ।\'
भारतले कोरोना सङ्क्रमित मुलुकका नागरिकको लागि यसै सातादेखि प्रवेश अनुमतिमा कडाइ गरेको भारतीय सञ्चार माध्यमहरूले बताएका छन्।
नेपालले भने आउँदो साता अर्थात १० मार्चदेखि मात्र कोरोनाभाइरस प्रभावित मुलुकका नागरिकलाई नेपाल भित्रिने बेलामा लिन पाइने अन अराइभल भिसा दिने काम स्थगन गर्ने सूचना स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: