मुगु । छिमेकी देश चीनबाट शुुरु भएको ‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेक्स’ राखिने भएको छ । शुक्रबार जिल्लाका सरोकारवाला निकायको बसेको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्नालगायत जिल्ला भित्रिने प्रमुख प्रवेशद्वारामा ‘हेल्प डेक्स’ राखिने निर्णय गरिएको छ ।
मुगुुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी हेल्प डेक्स राखी जाँच गरिने भएको हो । हुम्लाबाट भित्रिने जिल्लाको सिमाना छायाँनाथ रारा नगरपालिका–१२ बामगाउँमा, जुम्लाबाट भित्रिने नाका छायाँनाथ रारा नगरपालीका–७ पिनागाउँमा, हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमा, बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा र चीनको सिमाना नजिकपर्ने गाउँ मुगुमा हेल्प डेस्कको स्थापना गरी जाँच गरिने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताए ।
उनका अनुसार कोरोनाकाबारे पालिकास्तरमा पनि सचेतना कार्यक्रम गर्न पालिकालाई पत्रचार गरी सचेतना कार्यक्रम गर्न निर्देशित गरिएको छ । यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने भएकाले सतर्कता अपनाउनसमेत समन्वय प्रमुख रोकायाले आग्रह सबैमा आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले कोराना भाइरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचेत हुन आआफ्नो क्षेत्रबाट बच्ने उपायबारेमा पर्चा, पम्पलेट टाँसी प्रचारप्रसार गर्नुपर्ने र ग्रामीणस्तरसम्म सरसफाइमा ध्यान दिन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम गर्न सबैमा आग्रह गरे ।
कोरानाभाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुगुले पनि एक सुचना जारी गरी फागुन २८ गतेदेखि जिल्लाको सोरु गाउँपालिकाको सोरुकोटमा हुने एकीकृत घुम्ती शिविर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।
नजिकै आएको फागुपूर्णिमा (होली) पर्व नमनाउन अनरोध गर्नुका साथै,भेला गोष्ठी, सेमिनार मेला महोत्सव, जात्रालगायत कार्यक्रम नर्गन आग्रह गरिएको छ । अति आवश्यक कामबाहेक लामो यात्रा नगर्न वा घर बाहिर जानैपर्ने भएमा आवश्यक सावधानी अपनाएर निस्कन, हात मिलाउँदा, नजिक बस्दा, हिँड्दा, बोल्दा हावाका माध्यमबाट सर्ने हुनाले साथीभाइसँग भेटघाट हुँदा हात नमिलाउन, टाढैबाट नमस्कार गर्न, मास्कलगाउन र साबुनपानीले नियमित हात धुन, भीडभाडमा नबस्न तथा नजान र सभासम्मेलनजस्ता कार्यक्रमन नगर्न भनिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: