Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

प्राधिकरण भन्छ - अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन

काठमाडौं । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको सम्भावित जोखिम नियन्त्रण हुन्छ त ? यो प्रश्नको उत्तर सहज छैन किनकी नेपालजस्तो विकासोन्मुख देश मात्र हैन, विकसित मुलुक युरोप अमेरिकालगायतकाले पनि यस्तो प्रश्नको उत्तर भेट्टाउन सकेका छैनन् । त्यसैले बजारमा फैलिएको हल्ला र त्रासकै भरमा तत्कालका लागि अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था नरहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को विश्वव्यापी मापदण्डलाई नेपालले परिपालना गर्नै पर्ने हुन्छ । हुन त सार्वभौम मुलुक नेपालका लागि यो बाध्यकारी व्यवस्था भने हैन । नेपालले आफ्नो आवश्यकताका आधारमा निर्णय लिन सक्छ तर पनि मानवीय संवेदनशीलता र विश्वव्यापी परिस्थतिलाई मध्यनजर गरी हतारमा उडान रोक्न पनि उपयुक्त नहुने नियामक निकायको भनाइ छ ।

नेपालको सन्दर्भमा सर्वोच्च अदालतले पनि आवश्यकता परेको खण्डमा अन्तरराष्ट्रिय उडान रोक्न अन्तरिम आदेश दिइसकेको छ । यो विषयमा सरकारले निर्णय गरेपछि मात्र नियामक प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यसो भए कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गरी प्राधिकरण अन्तरराष्ट्रिय उडान रोक्ने अवस्थामा पुगेको हो त भनी सोधिएको रासससँगको जिज्ञासामा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था नरहेको बताए ।

“राज्यले अत्यावश्यकबाहेक हवाई यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिसकेको छ, यो नै काफी हुन्छ, उडान रोकिरहन पर्दैन यात्रु नपाएपछि एयरलाइन्सले उडान गर्नै सक्दैनन् फेरि अहिले डब्लुएजओ र आइकाओले पनि उडान रोक्नु भनेको छैन त्यसैले अहिले नै अन्तरराष्ट्रिय उडान रोक्ने अवस्था छैन”, महानिर्देशक पोखरेलले भने । नेपालजस्तै अन्य मुलुकले पनि ट्राभल एडभाइजरी जारी गरी आफ्ना नागरिकलाई अन्तरराष्ट्रिय उडानमा नजान भनिसकेकाले स्वभाविकरुपमा अन्तरराष्ट्रिय उडानमा कटौती हुने उनको भनाइ छ ।

अहिले नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट तीन नेपालीसहित २९ वटा वायु सेवा प्रदायकले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । हिमालय एयरलाइन्सले चीनमा हुने १५ वटा उडान कटौती गरिसकेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले भने आफ्ना सबै गन्तव्यमा नियमित उडान गरिरहेको छ । हिमालयले यात्रुको माग र बजारको आवश्यकताका आधारमा चीनका विभिन्न गन्तव्यमा उडान भर्ने जनाएको छ ।

विदेशबाट नेपाल उडान भर्ने एयरलाइन्सले पनि यात्रु घटेपछि उडानमा भारी कटौती गरेको विमानस्थलले जनाएको छ । अहिलेसम्म साउदी अरब, कुबेत, अष्ट्रेलिया, मङ्गोलिया, इजरायललगायत मुलुकले भने अन्तरराष्ट्रिय उडानमा रोक लगाएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए । तथापी पश्चिमी मुलुकले भने उडान रोकेका छैनन् ।

डिसेम्बर महिनाको अन्त्यमा चीनको हुबेई प्रान्तको वुहान शहरमा देखापरेको कोरोना भाइरस इरान, दक्षिण, कोरिया, जापान, इटाली, अमेरिकालगायत मुलुकमा कोरोनाको सङ्क्रमण फैलिसकेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार शुक्रबारसम्म विश्वभर कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या ९६ हजारभन्दा बढी पुगिसकेको छ । कोरोना भाइरस सङ्क्रमणबाट तीन हजार बढीको मृत्यु भएको जनाइएको छ ।

प्राधिकरणले हालै कोरोना अतिप्रभावित मुलुकमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन सरकारलाई सिफारिस गरेको थियो । ट्राभल एडभाइजरी जारी गरिसकेको सरकारले अति प्रभावित मुलुकका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने यसअघि नै निर्णय गरिसकेको छ । अहिले मुलुकभित्र कोरोना भाइरसको सङ्क्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान अवतरण रोक्नपर्ने अवस्था नरहेको तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणले उल्लेख गरेको छ ।

अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थमा आउने र जाने दुवै कक्षमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको छ । अन्तरराष्ट्रिय विमानस्थलको मापदण्डअनुरुप विमानस्थलमा नियमित स्वास्थ्य कक्षबाहेक अहिले स्वास्थ्य मन्त्रालयले छुट्टै विमानस्थलमा ‘हेल्थ डेस्क’ सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थको नियमित अन्तरराष्ट्रियतर्फ यात्रुको प्रस्थान र आगमन कक्षको नियमित हेल्थ डेस्क अलावा मन्त्रालयले पनि यात्रुको परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरेको छ । कम्तीमा पाँच जना चिकित्सकले तीन सिफ्टमा काम गरिरहेको विमानस्थलले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले मन्त्रालयको समन्वयमा विमानस्थलमा स्वास्थ्य परीक्षण कक्ष स्थापना गरी प्रभावकारीरुपमा यात्रुको स्वास्थ्य परीक्षण भइरहेको जानकारी दिए । विमानस्थलमा यात्रुको ज्वरो नापिन्छ । कुनै यात्रुमा कुनै पनि किसिमको सङ्क्रमणको सङ्केत देखिएमा तत्कालै आपत्कालीन उद्धारका लागि दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । विमानस्थलको आन्तरिक उडानमा पनि यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE