Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

अनामनगरस्थित ७ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

काठमाडौं । अनामनगरस्थित धोबीखोलासँगै रहेको करिब ७ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको तथ्य फेला परेको छ।

आजको नागरिक दैनिकमा खबर छ - अनामनगरमा धोबीखोला नदी उकासको जग्गा करिब २५ जनाले अतिक्रमणगरी आफ्नो नाममा कायम गराएको पाइएको हो।

भूमि सूधार तथा व्यवस्थापन मन्त्रालयद्वारा नापी विभागका तत्कालीन उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा गठित छानबिन प्रतिवेदनले धार परिवर्तन गर्न अघि बगेको धोबीखोलाको जग्गा कायम गर्दा जालसाजीपूर्ण ढंगले व्यक्ति विशेषका कित्तामा धोबीखोलाको जग्गा घुसाई व्यक्ति नाममा दर्ता गरेको ठहर गरेको छ।

प्रतिवेदनले व्यक्तिको नाममा दर्ता भएकोे ठहर गरेका ती जग्गाको मूल्य करिब एक अर्ब रुपैयाा पर्ने देखिन्छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार नदी उकासको सो सरकारी जग्गामध्ये कित्ता नम्बर ६४ को एक रोपनी १४ आना २ पैसा दुई दाम क्षेत्रफल जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ पुस १९ मा टेकबहादुर पौडेल र कुलबहादुर निरौलाको नाममा जग्गाधनी पुर्जा तयारीगरी उपलब्ध गराइएको छ।

त्यस्तै कित्ता नम्बर ६३ को क्षेत्रफल १२ आना एक पैसा सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट २०६३ भदौ २० मा अग्निप्रसाद पौडेलको नाममा दर्ता गरी पूर्जा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख छ।

कित्ता नम्बर ८ को क्षेत्रफल ४ आना २ पैसा जग्गा मालपोत कार्यालय डिल्लीबजारबाट सहदेव रायामाझीको नाममा जग्गाधनी पुर्जा तयारगरी उपलब्ध गराइएको प्रतिवेदनमा जनाइएको छ।

खोलाको सरकारी जग्गा मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा क्षेत्रफल ३ आना २ पैसा २ दाम जग्गा २०६२ जेठ १२ मा निर्मला श्रेष्ठको नाममा दर्ता गरिएको छ।

त्यस्तै कित्ता नम्बर ३१ को क्षेत्रफल १० आना जग्गा पनि निर्मला कै नाममा दर्ता गरिएको फेला परेको छ। त्यस्तै कित्ता नम्बर १ सय ८३ को क्षेत्रफल ५ आना ३ पैसा २ दाम र कित्ता नम्बर १ सय ८५ को क्षेत्रफल दुई पैसा २ दामगरी ६ आना २ पैसा जग्गा राजीव र आजीव श्रेष्ठको नाममा दर्ता खएको प्रतिवेदनमा उल्लेख छ।

कित्ता नम्बर ५५ को क्षेत्रफल ३ आना ३ पैसा २ दाम जग्गा मोहन महर्जनको नाममा दर्ता गरी २०६३ भदौ २३ मा मालपोत कार्यालय डिल्लीबजारबाट राजीनामा पासमार्फत बन्दना भट्टराईको नाममा कायम भएको छ।

प्रतिवेदनले कित्ता नम्बर २९ को क्षेत्रफल ३ आना जग्गा सविता श्रेष्ठको नाममा दर्ता भइसकेको देखाएको छ। त्यस्तै खोलाको पर्ति उल्लेख भएको क्षेत्रफल ३ आना जग्गा रमेशकुमार श्रेष्ठको नाममा दर्ता भएको छ।

३ आना ३ दाम जग्गा कमानसिंह लामा, २ आना जग्गा शान्ति शेरचनको नाममा रहेको देखिन्छ। त्यसैगरी क्षेत्रफल एक रोपनी एक आना एक पैसा ३ दाम जग्गा इन्द्रबहादुर ब्रजाचार्यको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनका अनुसार कित्ता नम्बर ५० को क्षेत्रफल एक रोपनी ७ आना २ पैसा दुई दाम जग्गा मोहन श्रेष्ठको नाममा नापी नक्सा भएको छ। त्यस्तै कित्ता नम्बर एक सय १६ को ६ आना जग्गा वालकुमारीको नाममा गएको छ।

कित्ता नम्बर एक सय सातको ३ आना जग्गा गणेशमालीको नाममा दर्ता भइ रिता तन्डुलकारको नाममा गएको प्रतिवेदनले जनाएको छ। कित्ता नम्बर २ सय १३ को क्षेत्रफल ८ आना जग्गा भने रबिन टन्डुलकारको नाममा दर्ता भएको उल्लेख छ।

कित्ता नम्बर १ सय ६८ को क्षेत्रफल ५ आना ३ पैसा जग्गा तारानाथ लुइँटेलको नाममा नाप नक्सा भएको प्रतिवेदनले आंैल्याएको छ। रमादेवी खनालसमेत ६ जनाको नाममा दर्ता भएको क्षेत्रफल एक रोपनी ८ आना तीन दाम १ पैसा जग्गामध्ये ७ आना एक पैसा जग्गा नदी उकासको रहेको प्रतिवेदनको ठहर छ।

त्यसैगरी कित्ता नम्बर १ सय ६५ को क्षेत्रफल ८ आना २ पैसा १ दाम जग्गा यमरल जंगमको नाममा नापी भएको उल्लेख छ। प्रतिवेदनका अनुसार कित्ता नम्बर २ सय ८० को क्षेत्रफल ३ आना ३ पैसा जग्गाको स्रेस्ता नभेटिए पनि नापीको प्लट रजिस्टरमा समुन्द्र नेम्बाङ र आनन्द नेम्बाङको नाममा कायम रहेको छ।

नदी उकासको जग्गा देखिएको कित्ता नम्बर ३ सय ११ को क्षेत्रफल ३ आना जग्गा विजय तन्डुकार र कित्ता नम्बर ३ सय १२ को जग्गा क्षेत्रफल ४ आना ३ पैसा जग्गा सुशिला शाक्यको नाममा कायम भएको प्रतिवेदनमा उल्लेख छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy