काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप प्रभावकारी, उत्तरदायी र समयानुकूल बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन आवश्यक रहेको बताएको छन्।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा उनले नेपालको आर्थिक संरचनामा वित्तीय नीति र मौद्रिक नीति एकअर्काका परिपूरक भएकाले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच सुदृढ समन्वय अपरिहार्य रहेको धारणा राखे।
'नेपालजस्तो अर्थतन्त्रमा फिस्कल र मोनिटरी नीति एउटै रथका दुई पाङ्ग्रा हुन्,' मन्त्री वाग्लेले भने, 'अर्थ मन्त्रालयले वित्तीय नीति सञ्चालन गर्छ भने राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्छ। त्यसैले यी दुई निकायबीच प्रभावकारी सहकार्य आवश्यक छ।'
उनले राष्ट्र बैंक सञ्चालक समितिमा कम्तीमा सात सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै नेपाल सरकारबाट प्रत्यक्ष निर्देशन दिने व्यवस्था हट्ने अवस्थामा अर्थसचिवको भूमिकासमेत थप महत्त्वपूर्ण हुने बताए।
अर्थमन्त्री वाग्लेले नेपालले भारतीय मुद्रासँग स्थिर विनिमय दर कायम राखेकाले राष्ट्र बैंक पूर्ण रूपमा स्वतन्त्र मौद्रिक नीति सञ्चालन गर्न सक्ने अवस्थामा नरहेको स्पष्ट पारे। नेपालको मुद्रास्फीति ठूलो मात्रामा आयातमा निर्भर रहने भएकाले मौद्रिक नीतिका उपकरणहरू पनि सीमित रहेको उनको भनाइ थियो।
उनले मौद्रिक अर्थशास्त्रमा चर्चित ‘इम्पोसिबल ट्रिनिटी’ अवधारणाको चर्चा गर्दै स्थिर विनिमय दर, स्वतन्त्र पुँजी प्रवाह र पूर्ण स्वतन्त्र मौद्रिक नीति एकैसाथ सम्भव नहुने बताएयो। नेपालले स्थिर विनिमय दर कायम राख्दै पुँजी प्रवाहलाई निश्चित सीमासम्म नियमन गरेर मौद्रिक नीतिको सीमित स्वायत्तता अभ्यास गरिरहेको उनले उल्लेख गरे।
राष्ट्र बैंकको व्यवस्थापन संरचनाबारे बोल्दै मन्त्री वाग्लेले तीन जना डेपुटी गभर्नरको व्यवस्था आवश्यक नदेखिएको र दुई जना डेपुटी गभर्नर नै पर्याप्त हुने धारणा व्यक्त गरे। उनका अनुसार राष्ट्र बैंकमा कार्यकारी निर्देशकहरूको छुट्टै संरचना रहेकाले थप डेपुटी गभर्नरको आवश्यकता पर्दैन।
सञ्चालक समितिका सदस्यको योग्यतासम्बन्धी व्यवस्थामा पनि स्पष्टता आवश्यक रहेको उनले बताएयो। अन्तर्राष्ट्रिय वित्तीय संस्थामा कार्यकारी तहमा काम गरेका व्यक्तिलाई सञ्चालक समितिमा समावेश गर्ने प्रावधान स्पष्ट हुनुपर्ने र ‘कार्यकारी तह’ को परिभाषा कानुनी रूपमा स्पष्ट गरिनुपर्नेमा उनले जोड दिए।
अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकजस्तो विशिष्ट संस्थाको सञ्चालक समितिमा अर्थशास्त्र, मौद्रिक नीति, बैंकिङ, वित्त, व्यवस्थापन, जनप्रशासन, कानुन, तथ्याङ्क र गणितलगायत विविध क्षेत्रका दक्ष तथा अनुभवी विज्ञहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने धारणा पनि राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १४:५४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले भे...
श्रावण १९ गते, २०८३ - १४:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मधेशमा आन्दोलन वा तनावपूर्ण अवस्था सिर्जना हुँदा बल प्रयोगको तरिकाबारे सरका...
श्रावण १९ गते, २०८३ - १४:२९
महोत्तरी। मधेश प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएको पाइएको छ। सामाजिक तनाव, लैङ्गिक हिंसा, जातीय विभेद, प्रशासनिक लापरबाही तथा न्यायम...
श्रावण १९ गते, २०८३ - १४:०५
काठमाडौं । श्रम संस्कृति पार्टीले देशको सुरक्षा अवस्था, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएको छ। मंगलबार प्रतिनिधिसभा बैठकम...
श्रावण १९ गते, २०८३ - १३:५३
वराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका–९ र १० बाट भारतको धार्मिक तीर्थयात्रामा गएका एक नेपालीको मृत्यु भएको छ। भारतस्थित अमरनाथ मन्दिरको दर्शन गर...
श्रावण १९ गते, २०८३ - १३:४५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। ...
श्रावण १९ गते, २०८३ - १३:३६
काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। मं...
श्रावण १९ गते, २०८३ - १३:२४
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई थप प्रभावकारी, उत्तरदायी र समयानुकूल बनाउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन आवश्य...
श्रावण १९ गते, २०८३ - १३:१८
काठमाडौं । प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओली र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क...
श्रावण १९ गते, २०८३ - १३:११
काठमाडौँ । भारतको राजधानी दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले छिट्टै नेपाल आएर भगवान् श्री पशुपतिनाथको पूजा, आराधना तथा दर्शन गर्ने इच्छा व्यक्त गरेको...



प्रतिकृया लेख्नुहोस्: