Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

अब स्वदेशमै चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन

काठमाडौं । पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय र लागतसमेत बढी लाग्ने गरेकामा सरकारले द्रुत विकासका लागि सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ ।

चालू आर्थिक वर्षमा देशका विभिन्न १२ स्थानमा सुरुङगार्ग निर्माणको योजना अघि सारिएकामा नौबिसे–नागढुङ्गा शिलान्यास भए पनि आवश्यक दक्ष प्राविधिक र इञ्जिनीयरिङ जनशक्तिको अभावमा अन्य आयोजना अघि बढ्न सकेको छैन । त्यही अभावलाई स्वदेशमै आवश्यक दक्ष जनशक्ति उत्पादन गरी परिपूर्ति गर्ने लक्ष्यसहित नेपालमा पहिलोपटक इञ्जिनीयरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा स्नातकोत्तर तहमा चट्टान तथा सुुरुङ (रक एण्ड टनेल) इञ्जिनीयरिङको अध्यापन शुरु गर्न लागिएको छ ।

क्याम्पसले आवश्यक भर्ना कार्यक्रमसमेत प्रकाशन गरेको छ । पहिलोपटक २० जनाको कोटा तय भएकाले चैत तेस्रो हप्ताभित्रमा भर्ना कार्यक्रम सम्पन्न गरेर आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख रामप्रसाद पौडेलले बताए । गत कात्तिकमा सो विषयमा विशेषज्ञता हासिल गरेका प्राज्ञ र वैज्ञानिकहरुको सम्मेलनमार्फत स्नातकोत्तर तहको कोर्षको ढाँचामा रहेर चट्टान तथा सुरुङ इञ्जिनीयरिङको पाठ्यक्रमको प्रारम्भिक ढाँचा तयार गरिएको थियो ।

सो पाठ्यक्रमलाई इञ्जिनीयरिङ अध्ययन संस्थान सिभिल इञ्जिनीयरिङ विषय समितिले अन्तिम रूप दिएको थियो । त्यसलाई विद्या परिषद्मा लगेर त्यहाँबाट पाठ्यक्रम स्वीकृत भएपछि त्रिवि कार्यकारी परिषद्ले कार्यक्रम सञ्चालनका लागि स्वीकृति प्रदान गरेको बताइन्छ । स्नातकोत्तर तहमा भौगोलिक अवस्थाको अन्वेषण, चट्टान तथा सुरुङ डिजाइन, कन्स्ट्रक्शन, सञ्चालन, मर्मत तथा सुरक्षालगायतका विषय कोर्षमा समावेश गरिएको छ ।

‘ब्याचलर अफ सिभिल इञ्जिनीयरिङ’को कोर्षमा टनेल इञ्जिनीयरिङका केही विषय अध्यापन हुने भए पनि स्नातकोत्तर तहमा यस विषयलाई मात्र समेटेर पहिलोपटक अध्यापन गर्न लागिएको बताइन्छ । यसबाट स्नातकोत्तर तहमा सो विषय अध्ययनका लागि विदेश जानुपर्ने बाध्यतासमेत हट्ने भएको छ । “नेपाली भौगोलिक अवस्थाअनुसार तीव्र पूर्वाधार विकासका लागि सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न आवश्यक सम्पूर्ण प्राज्ञिक प्रक्रिया पूरा गरेका छौँ, आगामी वैशाख १६ गतेबाट कक्षा सञ्चालन गर्दछौँ”, क्याम्पस प्रमुख पौडेलले भने ।

गण्डकी प्रदेश सरकार, नर्वेको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी९एनटिएनयु० विश्वविद्यालय तथा नेपाल टनेलिङ एशोसिएशनलगायतका सङ्घसंस्थाले समेत कार्यक्रम सञ्चालन लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइन्छ । क्याम्पसले कार्यक्रम सञ्चालनको तयारी शुरु गरे पनि आवश्यक दरबन्दी तथा ल्याबलगायतका पूर्वाधार अभाव रहेको जनाएको छ । विदेशमा सो विषय अध्यापन गरेर आएकाले सहयोगको प्रतिबद्धता जनाएकाले शुरुआतमा उनीहरुमै निर्भर रहने योजना क्याम्पसको छ ।

विदेशमा रहेका विषयविज्ञ नेपाली तथा विदेशीसमेत अध्यापनका लागि आउन इच्छुक रहे पनि त्रिविको न्यून पारिश्रमिकका कारण कठिनाइ भएकाले सरकारले विशेष व्यवस्था गर्नुपर्ने माग क्याम्पसको छ । क्याम्पस प्रमुख पौडेलले भने, “सडक, जलविद्युत्, रेलमार्ग तथा अन्य पूर्वाधारका लागि हाम्रोजस्तो भूगोलमा सुरुङ निर्माणको विकल्प छैन, त्यसका लागि देशभित्रै जनशक्ति उत्पादन गर्ने योजना हो । वर्तमान सरकार र प्र्रधानमन्त्रीको इच्छा साकार पार्न हात उठाएका छौँ, सरकारको सहयोग हामीलाई चाहिन्छ ।”

गण्डकी प्रदेश सरकारले समेत यस विषयको अध्यापनका लागि शुरुदेखि नै सक्रियता देखाएको थियो । चालू आवको नीति तथा कार्यक्रममा टनेल इञ्जिनीयरिङ विषय अध्यापनका लागि पाठ्यक्रम तयार गर्न रु १० लाख बजेट विनियोजन सरकारले गरेको थियो ।

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले पहाडैपहाड भएको प्रदेशको विकासका लागि इञ्जिनीयरिङको जनशक्ति विकास गर्न सरकारले शुरुआतदेखि नै चासो दिएर सहकार्य गरेको बताउँदै नयाँ विषयको अध्यापनका लागि आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने बताए । “रक एण्ड टेनल नेपालका लागि नौलो प्रविधिको पढाइ हो । त्यसका लागि सरकारले क्याम्पससँगको समन्वयमा आवश्यक साधन स्रोत उपलब्ध गराउन प्रतिबद्ध छ”, मन्त्री बस्नेतले भने ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE