Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

होली खेले कोरोनाको जोखिम

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) भाइरसको संक्रमणबाट जोगिन यसपटक होलीमा रमझम र भीडभाड नगर्न विज्ञहरूले सुझाव दिएका छन्। होलीको दिन सोमबार सरकारले सार्वजनिक विदा दिएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - तर, एक आपसमा रङ छर्कदा र चिसोपानीमा भिज्दा कोरोना संक्रमणको जोखिम उच्च रहने भन्दै यसबाट सजग रहन सचेतसमेत गराएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन र स्थानीय सरकारले समेत सार्वजनिक सूचना गरेर होलीमा विगतमा जस्तो तडकभडक नगर्न अनुरोध गरेका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष तथा वीर अस्पतालका फिजिसियन डा.लोचन कार्कीले अहिलेको अवस्थामा होली खेल्न नहुने बताए। होली खेल्ने नाममा भीडभाडमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमणको जोखिम बढी हुने कार्कीको भनाइ छ।

विगत वर्षमा होली पर्व आउँदा तापक्रम बढिसकेको हुन्थ्यो। तर यसपटक भने मुलुकभर चिसो घटेको छैन। चिसो मौसममा पानीमा भिज्दा ज्वरो आउने तथा रुघाखोकीले सताउने सम्भावना पनि उच्च रहने चिकित्सकको भनाइ छ।

यसले निमोनिया समेत निम्त्याउन सक्छ। रुघाखोकी लागेपछि शरीर कमजोर हुने र कमजोर शरीरमा कोरोनाले समेत सजिलै आक्रमण गर्न सक्ने यस क्षेत्रका जानकारको भनाइ छ।

निकै तामझामका साथ होली मनाउँदै आएका विद्यालय सञ्चालकहरूले पनि यसपटक होली नमनाउने निर्णय गरेका छन्। उनीहरूले विद्यार्थी तथा अभिभावकलाई समेत होलीको दिन भीडभाडमा नजान भनेका छन्।

उनीहरूले चिसो पानी र रङ नछ्याप्न अनुरोधसमेत गरेका छन्। उनीहरूले सन्देश नै पठाएर यसबारे सचेत गराएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का सहअध्यक्ष डीके ढुंगानाले भने, ‘एकपटक होली नखेल्दैमा केही फरक पर्दैन। स्वस्थ रहन सके अर्को वर्ष रमाइलो गर्न सकिन्छ।’

रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक प्राचार्यसमेत रहेका ढुंगानाले आफ्नो स्कुलमा यसपटक होलीमा रमझम नगर्ने निर्णय गरेको बताए। होलीमा सार्वजनिक स्थलमा रमाइलो गर्दै हिँड्दा फोहोर पानीले भिज्न सक्ने खतरा पनि उत्तिकै छ।

रङ दल्दा त्यसभित्र रहेको सिसा र केमिकलका कारण क्यान्सरजस्तो प्राणघातक रोग लाग्न सक्छ। सिसा र केमिकलले छालामा तत्कालीन र दीर्घकालीन रोग लाग्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका चिकित्सक अनुप बास्तोलाले बताए। उनले भने, ‘घरमा परिवारका साथ बसेर एकअर्कामा रमाइलो कुराकानी गरेर पनि यो पर्वलाई मनाउन सकिन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy