लहान । कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि फरार सिरहाको साविक खरुकियाही गाविस–५ हाल लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाही निवासी ५५ वर्षीय भोला यादवलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको गस्ती टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्र्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
यसैगरी कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र रु ७०० जरिवानाको सजाय पाएर विसं २०६१ देखि फरार सिरहाको प्रपि–७ निवासी ४५ वर्षीय रामअशिष यादवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।
त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा तीन महिना कैद जरिवाना सजाय पाएर फरार सिरहाको अर्नामा गाउँपालिका–५ निवासी ५० वर्षीय भुलनीदेवी सदायलाई पक्राउ गरेको छ । अदालतले लेनदेन बिगो मुद्दामा विसं २०७६ मङ्सिर २० गते सदायलाई कैद सजायको फैसला गरेको थियो । अदालतको आदेशपश्चात फरार सदायलाई इलाका प्रहरी कार्यालय अर्नामाबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: