Ntc summer Offer
Khabar Dabali ६ पुष २०८१ शनिबार | 21st December, 2024 Sat
Investment bank

हातमा लौरो र नातिनी बाेकेर ५७ वर्ष का जुँगेबहादुर कक्षा २ मा

दुल्लु । नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको भए। उनी आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्छन् । बिहान सबेरै उठ्छन्, अनि घरको जे काम छ सकाउछन् । जब ९ बज्छ उनी विद्यालय जानका लागि तयार हुन्छन्। एक हातमा लौरो, एक हातमा कान्छो छोराको कान्छी छोरी अर्थात नातिनी, काँधमा झोला । अनि अर्की जेठी नातिनी पनि साथमा लिएर सँगै विद्यालयतर्फ लम्कन्छन् ।

विद्यालय जाने समयमा आफ्नी श्रीमती धर्मालाई खाना पस्किन र पोसाक तयारी गर्दिन आग्रह गर्छन् । श्रीमती धर्मा कहिलेकाहीँ भन्छिन्, “मर्ने बेलामा हरियो काँक्रो ।” उमेर ढल्केका श्रीमानको स्कूले जीवन देख्दा धर्मा अचम्म मान्छिन् । धर्मा कहिलेकाहीँ ठट्ठा गर्छिन्, “यो बूढाले कहिले पढाइलेखाइ गर्नुहोला र कहिले जागिर खानुहोला, उनी कसैको कुरा नसुनेर नियमित विद्यालयमा जान्छन् ।” विद्यालयको पोसाकमा बिहान १० बजे नियमित राष्ट्रियगान र अभ्यासमा सहभागिता जनाउछन् । रोचक त के छ भने उनी स्कूलमा पुग्ने बित्तिकै सम्पूर्ण विद्यार्थी र शिक्षकहरूले ‘बाजे नमस्ते १’ भन्दै अभिवादन गर्छन् । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले आदर–सम्मान गर्ने गर्दछन्, जयबहादुरलाई ।

सोही विद्यालयको व्यवस्थापन समितिको पूर्वसदस्य समेत रहेका जयबहादुरको स्कूले जीवन देख्दा जो कोही पनि आश्चर्य मान्छन् तर उनलाई कसैको मतलब छैन, मतलब छ त पढाइ–लेखाइको । बिहान १० बजे नातिनीसँग विद्यालय जाने र बेलुकी ४ बजे घर फर्किने उनको दैनिकी बनेको छ अहिले ।

बेलुकाको खाना खाइसकेपछि जयबहादुरका कान्छा छोरा जनकले आफ्नी छोरीलाई भन्छन्, “जाऊ बाजेले कस्तो लेख्नुभयो, चेक गरेर आऊ ।” अनि नातिनी बाजेको गृहकार्य चेक गर्न जान्छिन्, बाजेको कोठातिर । नातिनीसँगको दैनिकी र पढाइ–लेखाइ गर्न लागेको जयबहादुरको दुई वर्ष भयो । कक्षा १ मा उनी विद्यालयको नै प्रथम विद्यार्थी भए २०७५ मा । अहिले पनि विद्यालयमा राम्रो विद्यार्थीका रूपमा चिनिन्छन् ।

आखिर उनलाई ढल्कँदो उमेरमा विद्यालय जाने आशा कसरी पलायोे त १ सबैको मनमा लाग्ने कुरा यही नै हो । जयबहादुर विगत लामो समयदेखि पिसाब सम्बन्धीको बिरामी छन्। उनका भाइहरुले दुई वर्षपहिले उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगे । “तीन घण्टा हराइयो”, उनी मुस्कुराउँदै भन्छन्, “लेखेको कुरा पढ्न नजानेर महिलाको शौचालयमा गइयो, आफ्नो ‘बेड’ नं थाहा नपाएर अर्काको ‘बेडमा’ गइयो । डाक्टरहरु रिसाउनुभयो ।” उनलाई त्यहिबेला पढाइ–लेखाइ अमूल्य रहेछ भन्ने लागेछ । “त्यसैको झोकले भाइलाई विद्यालयमा नाम लेखाइदिन भनेँ, भाइले कक्षा १ मा नाम लेखाए र गत सालदेखि ‘खुरुखुरु’ स्कूल जान थालेँ”, उनले भने, “अहिले अङ्गेजी धेरै नआए पनि नाम लेख्नदेखि सबै नेपाली ‘खरर’ पढ्न सक्ने भएँ ।”

जयबहादुुरका मात्रै चार छोरा र तीन छोरी छन् । परिवारको ज्येष्ठ सदस्य उनका सात भाइमध्ये प्रायः कोही सरकारी जागिरे छन् भने कोही प्रहरी त कोही सामाजिक अभियानकर्मीका रूपमा सक्रिय छन् । जयबहादुरका माइला भाइ सन्तबहादुर सुनार अहिले रक्षा मन्त्रालयमा सहसचिव छन्। उनको शिक्षित परिवार । जयबहादुरका सबै छोराछोरी पनि धेरथोर पढेलेखेकै छन् । आफू नपढेकामा पुछुतो पनि थियो ।

“सानो छँदा गाईभैँसीको गोठाला र अलि ठूलो भएपछि कालापहाडमा (भारत) मजदूरी गर्न जाने गरियो । शिक्षाको महत्व नै बुझिएन”, उनी भन्छन्, “नेपालगञ्जमा यस्तो घटना भएपछि थाहा भयो कि शिक्षाको महत्व कति रहेछ ।”

जयबहादुरलाई गाउँमा सबैले ‘जुँगे’ भनेर चिन्दा रहेछन् । उनी भन्छन्, “सबैले प्रशंसा गर्छन् ।” जयबहादुरका भाइ जनक सुनार भन्छन्, “दाजुको यो पढाइले समाजमा केही सन्देश प्रवाह गरेको छ । घरपरिवारको पहिचान बनेको छ ।”

खड्ग आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश थापा भन्छन्, “उहाँ हाम्रो अभिभावक हो । अहिले आएर विद्यार्थी बन्दा विद्यालय परिवारमा थप प्रेरणा थपिएको छ । बालबालिकाको भन्दा स्मरण शक्ति उनको कम छ तर पनि उहाँले हरेक कुराहरु सजिलै स्मरण गर्नुहुन्छ । विद्यालयको शोभा बढेको छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy