Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

गुटको अन्त्य गर्न काँग्रेस बहुपदीय ब्यवस्थामा जानुपर्छ : डा. खड्का

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले पार्टीभित्र मौलाउँदै गएको गुटको अन्त्यकोलागि पनि आगामी १४औं महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने स्पष्ट पारेका छन् ।

मंगलबार राजधानीमा एक कार्यक्रममा बोल्दै उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले पार्टीभित्रका गुटहरु अलिक बढिनै छताछुल्ल भएको तर्क गरे । प्रतिनिधिसभा सदस्य समेत रहेका नेता खड्काले भने,‘हाम्रो पार्टी लोकतान्त्रिक पार्टी हो, हुन त हरेक पार्टीमा गुट हुन्छन् ।

तर, हाम्रोमा अलिक बढि नै भयो । हामी सबैले अराजक स्वतन्त्रताको उपयोग गरेका छौं । यही अराजक स्वतन्त्रताको कारण गुट मौलाईरहेको छ । कम्युनिष्ट पार्टीमा चाहीँ अनुशासन हुन्छ । र, अर्को कुरा त्यहाँ लठ्ठी पनि देखाईन्छ ।’

उनले पार्टीको आगामी १४औं महाधिवेशनमा एकल नेतृत्वमा जो आएपनि अहिले देखिएको पार्टीभित्रका समस्या हल नहुने जिकिर गरे । उनले थपे,‘पार्टीको नेतृत्वको लागि अहिले साथीहरुले आफ्नो महत्वकांक्षा देखाउनुभएको छ, कसैको धाप होला र आडमा पनि होला, तर नेतृत्वमा एक्लै जो आएपनि केही हुनेवाला छैन् । पार्टी अब बहुअध्यक्षीय प्रणालीमा जानुपर्छ भन्ने मेरो धारणा हो । यसबारेमा मेरो कन्सेप्ट पनि छ ।’

उनले पार्टीको नेतृत्वमा चार÷पाँच जनाको कोर–टीम बनाउनुपर्ने तर्क गरे । उनले भने,‘पार्टीलाई सामूहिक लिडरसिपमा लैजानुपर्छ, चार÷पाँच जनाको कोर टिम बनाउनुपर्छ, अर्थात चेयरम्यानसिप वा प्रेसिडियममा जानुपर्छ ।’ उनले १४औं महाधिवेशनबारे टिप्पणी गर्दै भने,‘नीतिभन्दापनि अहिले गुटहरुको स्वार्थले पार्टी चलाउने हौवा चलिरहेको छ ।’

खडकाले पार्टीका आगामी चूनौती पार गर्नको लागि एकल सभापतिले जतिसुकै बहुमत ल्याएर विजयी भएपनि एक्लैले केही गर्न नसक्ने ठोकुवा गरे । उनले भने,‘एकल सभापतिले जति धेरै बहुमत ल्याएर जितेपनि, अर्थात दुई तिहाईको बहुमत ल्याएपनि केही हुँदैन् ।’ उनले पार्टी बहुअध्यक्षीय प्रणालीमा गएमात्रै गुट समाप्त हुने विश्वास दिलाए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy