काठमाडौं । कामका लागि चीनको ताक्लाकोट पुगेका करिब डेढ सय जना नेपाली कोरोना संक्रमणको त्रासले घर फर्कन चाहे पनि नाका बन्द भएका कारण अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएका छन् । कोरोना संक्रमणकै कारण दुवै देशको सहमतिमा हिल्सा नाका बन्द छ ।
आजको कान्तिपुर दैनिकमा खबर छ - प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले ताक्लाकोटमा रहेको कैलाश ट्रेड सोसाइटीका नामबाट चिठी प्राप्त भएको बताइन् । गृह मन्त्रालयसँग यसबारे मौखिक रूपमा आवश्यक निर्देशन माग गरे पनि जवाफ नआएकाले उद्धारको पहल हुन नसकेको उनले बताइन् । चिठीमा नेपाल फर्कन चाहने १ सय ४८ जनाको नाम छ । सोसाइटीका उपाध्यक्ष लामो लामाले पठाएको पत्रमा नाम्खा र सिमकोटका बासिन्दा थुक्तेन लामा, रोक्तान लामा, कार्मा तुन्डुप लामा, राजु लामा, पर्विता लामा, सम्ब श्रेष्ठ, जंगबहादुर शाही, गणेशबहादुर लामा, अणु लामा, छिरिङ म्याम्लो लामा, अनु लामा र संगीता बुढालगायत छन् ।
हुम्लासँग सीमा जोडिएको ताक्लाकोटमा बर्सेनि जेठमा कामका लागि नेपाली जाने गर्छन् । उनीहरू मंसिरमा फर्कने गरे पनि कतिपय अस्थायी रूपमा त्यतै बस्छन् । तिनै अस्थायी बसोबास गर्ने कामदार अहिले फर्कन खोजेका हुन् । उपाध्यक्ष लामाले जिल्ला प्रशासनमा चिठी पठाउनुका साथै उद्धारको पहल गरिदिन हुम्लाका सांसद छक्कबहादुर लामासँग पनि अनुरोध गरेकी छन् । ‘उनले मलाई निरन्तर फोन गरिरहेकी छन्,’ सांसद लामाले भने, ‘मैले पनि सरकारी निकायमा कुरा राखें, तर पहल भएको छैन ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: