Khabar Dabali १९ श्रावण २०८३ मंगलवार | 4th August, 2026 Tue
Investment bank

एसईईमा पाँच लाख परीक्षार्थी, सबै तयारी पूरा, ६० हजार जनशक्ति परिचालन

काठमाडौं । एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन्।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्। राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुँदै छन्। चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन्। बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदै छन्।

प्रदेश–१ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९, ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए। गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए।

उनकाे अनुसार सबैभन्दा बढी केन्द्र बाग्मतीमा कायम गरिएको छ। बाग्मतीमा ४ सय २१ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ७६ छन्। त्यस्तै एकमा ३ सय ७४, २ मा २ सय ६६, गण्डकीमा २ सय २०, ५ मा ३ सय २६ र सुदूरपश्चिममा २ सय ११ केन्द्र कायम गरिएको छ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले उपत्यकाका एकाधबाहेक सबै केन्द्रमा प्रश्नपत्र पुगिसकेको जानकारी गराए।

केन्द्रको प्रश्नपत्र नजिकैको प्रहरी कार्यालयमा राख्ने व्यवस्था गरिएको छ। उहाँका अनुसार परीक्षामा करिब १० हजार सुरक्षाकर्मीसहित करिब ६० हजार जनशक्ति परिचालित हुनेछन्।

शिक्षा ऐनअनुसार एसईई परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने व्यवस्था थियो। संरचना तयार नहुँदा प्रश्नपत्र केन्द्रबाटै छापिएको हो। पनिकाले प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र छापेको छ। गत वर्षदेखि नै यो व्यवस्था गरिएको हो। कोरोनाको त्रास बढिरहेको अवस्थामा बोर्डको अनुरोधमा सबै केन्द्रका हेल्थ डेक्स राख्ने तयारी भइरहेको छ। परीक्षा समितिको एक÷दुई दिनपछि हुने बैठकले डेक्स राख्ने निर्णय मन्त्रालयमा पठाउनेछ। मन्त्रालयले डेक्स राख्ने गृहकार्य गरिरहेको छ।

बोर्डका अध्यक्ष प्राडा पौडेलले परीक्षा दिन केन्द्रमा आएका विद्यार्थीलाई ज्वरो आएमा वा रुघाखोकी लागेमा बेग्लै राख्ने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो। ‘आवश्यक परे तत्काल अस्पताल लैजाने व्यवस्था गर्ने तयारी गरेका छौं। बोर्डले सबै परीक्षा केन्द्रमा सफाइ गर्ने व्यवस्थासमेत मिलाएको छ। –उनले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending