भीमदत्तनगर । छत्तीस महिनाभित्र मुल नहर निर्माण सक्ने गरी तीन वटा प्याकेजमा सम्झौता भएको कञ्चनपुरको महाकाली सिँचाइ तेस्रो चरणको काम मुआब्जा विवादमै रुमलिएको छ ।
निर्माण सम्झौता भएको चौबीस महिना बितिसक्दा पनि आयोजनाको ऐलानी जग्गाको मुआब्जा विवाद, वनमा नहर निर्माणका लागि गर्नुपर्ने प्रक्रियामा ढिलाइका कारण नहर निर्माणले गति लिन नसकेको हो । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक प्रचण्डदेव विष्टले ऐलानी जग्गा मुआब्जा समाधान गर्ने विषयमा प्रक्रियागत रुपमा अघि बढिरहेको बताए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा हुने मुआब्जा निर्धारण समितिको सिफारिसमा ऐलानी जग्गालाई मुआब्जा दिने विषय मन्त्रिपरिषद्को निर्णय हुनुपर्ने प्रावधान रहेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको मुआब्जा निर्धारण समितिले उपससमिति गठन गरेर स्थलगत प्रतिवेदन लिइसकेको बताउँदै निर्देशक विष्टले चाँडै मुआब्जाको विषय टुङ्गो लाग्ने दाबी गरे ।
कूल १५ किलोमिटर मुल नहर निर्माणका लागि रु दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको थियो । “यो वर्ष आएको रु ३५ करोड निर्माणको रकम सकिएको छ ।” निर्देशक विष्टले रासससित भने, “मुआब्जाका लागि आएको रु पाँच करोड बाँकी छ ।”
सिँचाइ आयोजनाले बितेको २४ महिनामा करिब ३० प्रतिशत काम सकिएको जनाएको छ । चालू आवमै सिँचाइको नहर निर्माणका लागि रकम अभाव रहेकाले सिँचाइ मन्त्रालयमा रकम विनियोजन गर्न फाइल पेश गरिएको विष्टको भनाइ थियो । “ठेकेदारहरु काम गरेको बिल भुक्तानीका लागि आइरहँदा रकम अभावको अवस्था छ”, उनले भने, “नहर निर्माणस्थलमा पर्ने चार वटा समुदायिक वनमा रुख कटानको प्रक्रिया अघि बढेको छ ।”
यहाँको बेदकोट र शुक्लाफाँटा नगरपालिकामा पर्ने नहर निर्माणको काम नहर खन्ने क्रम केही समययता मात्रै शुरु भएको हो । “हामीले जग्गा र वनको विषय टुङ्गो नलाग्दा साइफन, पुल, कल्भट लगायतका अन्य संरचनामा जोड दियौँ”, नहर निर्माणको जिम्मा पाएको कुमार श्रेष्ठ निर्माण सेवाका इञ्जिनीयर प्रेमप्रसाद भाटले भने, “ठेक्का पायौँ तर काम गर्ने ठाउँ उपलब्ध नहुँदा ढिलाइ हुन गयो ।” उनले आफूहरुले कामलाई गति दिन चाहेपनि मुआब्जा लगायतका कारण ढिलाइ भइरहेको बताए ।
“हाम्रो ठेक्का परेको पाँच किलोमिटरको भौतिक प्रगती ३५ देखि ४० प्रतिशतसम्म छ”, उनले भने, “अहिले शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा नहर खन्ने कामले तिव्रता पाउँदैछ ।” मूल नहर निर्माण क्षेत्रमा करिब २६ हेक्टर क्षेत्रफल ऐलानी जग्गा रहेको सिँचाइ आयोजनाले जनाएको छ । पूर्जा भएको जमिनको मआुब्जा वितरण भइसके पनि घरको मुआब्जा भने उपलब्ध नहुँदा थप समस्या निर्माणमा हुँदैछ ।
महाकाली नदीबाट सिँचाइका लागि कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि एक दशक अघिदेखि मूल नहर निर्माण थालिएको थियो । मूल नहर हालसम्म १३ किलोमिटर बनेको छ । कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि रु २७ अर्ब लागत अनुमान गरिएको भए पनि आयोजना समयमा पूरा हुने सम्भावना न्यून रहेको छ ।
कैलालीको मालाखेती र कञ्चनपुरको पूरै क्षेत्र गरी ३३ हजार ५२० हेक्टर सिँचाइ सुविधा पुग्ने भनिएको छ । तर नहर निर्माण भएको १३ किलोमिटर क्षेत्रमा अझै शाखा नहर निर्माणको सुरसार छैन । हाल निर्माणाधीन १५ किलोमिटर मूल नहर निर्माणको सम्झौता तीन वटा प्याकेजमा विसं २०७४ माघमा भएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: