काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित निर्माणाधीन घरमा गराइएको बम बिस्फोटप्रति सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ । अनेरास्ववियूले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै बिस्फोट प्रति विरोध जनाएको हो ।
अनेरास्ववियूले बिस्फोटको घटनाप्रति आफ्नो ध्यानाकर्षण्ण भएको भन्दै बम बिस्फोटको घटना अत्यन्तै अराजनीतिक, असंवैधानिक र आततायीखालको भएको टिप्पणी गरेको छ ।
सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पुर्व मन्त्री एवम् प्रतिनिधि सभाका सांसद गोकुलप्रसाद बास्कोटाको भक्तपुर स्थित निजी निवासमा भएको वम विस्फोटनको घटनाप्रति हाम्रो संगठन अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ। पुर्व मन्त्री बास्कोटाको निवासमा गरिएको विस्फोटको घटना अत्यन्तै अराजनीतिक, असंवैधानिक, अलोकतान्त्रिक र आततायीपुर्ण रहेको हाम्रो ठहर छ ।’
अनेरास्ववियूले शान्तीपूर्णं राजनीतिक प्रतिस्पर्धाको व्यवस्थामा हिंसात्मक गतिविधि गरिएको भन्दै आफुँहरुलाई स्वीकार्य नभएको बताएको छ । बिस्फोटको घटनाप्रति निन्दा गर्दै अनेरास्ववियूले घटनाका दोषीलाई तत्कालै नियन्त्रणमा लिएर कारबाही गर्न सरकारसँग माग गरेको छ ।
यस्तो छ अनेरास्ववियूले सार्वजनिक गरेको विज्ञप्ती
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...
प्रतिकृया लेख्नुहोस्: