Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

कोरोना सङ्क्रमण नहोस् भन्ने कामना गर्दै ट्हो त्हेँ पूजा

काठमाडौं । झण्डै एक हजार वर्ष अघि तमुको ऐतिहासिक राज्य क्होलासोंथरमा महामारी हुँदा जनधनको क्षति भएछ । राज्यमा सन्त्रास बढेछ । तमु धर्मगुरुको सामूहिक प्रयासमा ‘ट्हो त्हें पूजा’ को धार्मिक अनुष्ठान गरिएछ । महामारी अन्त्य भए छ । यी ऐतिहासिक कुरा तमु समुदायका बूढापाका बताउँदछन् । उक्त अनुष्ठान सो समूदायमा अहिले पनि प्रचलनमा छ ।

तमु सम्बद्ध सङ्घ संस्थाले अहिले पनि समाजमा सुख, शान्ति र समृद्धिको कामनासहित सामूहिकरुपमा सो पूजा छन् । तमु प्ये ल्हु सङ्घका केन्द्रीय महसचिव हर्क गुरुङका अनुसार ट्हो त्हें पूजा भन्नाले गाउँले पूजा भन्ने बुझाउँछ । गाउँघरमा अहिले यो पूजाआजा गरेपछि रोगव्याधिबाट मुक्त हुने, लगाएको अन्नबाली जोगाउने एवं सम्पूर्ण प्राणीजगत रक्षा हुने विश्वास कायमै रहेको उनले बताए ।

ट्हो त्हेँ गुरुङ समुदायको मौलिक संस्कृति भएको बताउँदै उनले समग्र प्राणि जगत्को हितका लागि गरिने यो संस्कृतिको ठूलो महत्व रहेको उल्लेख गरे। “हजार वर्षभन्दा अघि तमुको राज्य क्होलासोथरमा भएको महामारी रोक्नका लागि ट्हो त्हेँ गरिएका कारण पनि तमुले यो पूजा अत्यन्त श्रद्धापूर्वक गर्ने गर्दछन्”, उनले भने, “कोरोना भाइरसको सङ्क्रमणसँगै विश्वव्यापी त्रास बढिरहेको वर्तमान अवस्थामा यस प्रतिको विश्वास र आस्था झनझन बढिरहेको छ ।”

कोरोना महामारीले विश्व नै त्रसित बनेको अवस्थामा यसबाट मुक्ति मिलोस् भन्ने उद्देश्यका साथ तमु प्ये ल्हु सङ्घ केन्द्रीय समितिले पोखरामा यही चैत ४ गते ट्हो त्हेँ पूजा गर्ने भएको तमु प्ये ल्हु सङ्घ कास्कीका प्रथम उपाध्यक्ष निम गुरुङले जानकारी दिए ।

तमु समूदायमा पच्यु, क्ल्हेप्री र बोन्पो लम गरी तीन किसिमका खेगी९धर्म गुरु० रहन्छन् । जन्मदेखि मृत्यु संस्कारका साथै विभिन्न चाडपर्व तथा संस्कृतिमा तीनै प्रकारका धर्मगुरुको आआफ्नै महत्व रहने तमु संस्कृतिका जानकार बताउँछन् ।

उपाध्यक्ष गुरुङका अनुसार सङ्घले प्रत्येक वर्ष चैतको पहिलो मङ्गलबार तीनवटै खेगी राखेर पोखरामा ट्हो त्हें पूजा गरिँदै आइएको छ । यस वर्षको ट्हो त्हें पूजामा करिब ५० तमु धर्म गुरुले विधिवत पूजाआजा गर्ने उनले जानकारी दिए ।

यस वर्ष ट्हो त्हेँ शुरु गर्न गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयबाट अक्षता तथा पानी ल्याई यज्ञमा राखिने आयोजकले जनाएको छ । ट्हो त्हेँमा प्रत्येक घरबाट सत्बीज ल्याई पूजा गरिने चलन रहेकाले सद्बीज ल्याई विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणको रोकथामसहित आफन्तजनको जीउ, धन रक्षाको लागि पूजामा सहभागी हुन सङ्घले आग्रह गरेको छ ।

क्होलासोंथरबाट हजारौ वर्ष अघि शुरु भएका संस्कार तथा संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि पनि यस किसिमका कार्यक्रमलाई सङ्घले प्राथमिकतामा राखेको महासचिव गुरुङ बताउछन् ।

तमु समुदायका प्राचीन इतिहास एवं संस्कृतिलाई जगेर्ना गर्ने लक्ष्यका साथ क्होलासोंथरमा विभिन्न अध्ययन अनुसन्धान बढाइएको छ । २०५८ सालमा क्याम्ब्रिज युनिभर्सिटी, प्ये ल्हु संघ र पुरातत्व विभागको संयुक्त प्रयासमा गरिएको उत्खननबाट त्यहाँ एक हजार २०० वर्षभन्दा अघिदेखि बस्ती विकास भएको पाइएको थियो ।

अध्ययन अनुसन्धानको क्रम जारी रहेको बताउँदै महसचिव गुरुङले गण्डकी प्रदेश सरकार, क्याम्ब्रिज युनिभर्सिटी र प्ये ल्हु सङ्घले त्यसको थप अध्ययन गर्ने तयारी गरेको बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE