काठमाडौं । देश तथा संघीय सरकारबीच अधिकार क्षेत्रलाई लिएर संवैधानिक तथा कानुनी विवाद बढ्ने क्रम सुरु भएको छ। यस्ता विवाद टुङ्गो लगाउन प्रदेश सरकारले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुर्याएको छ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - हालै मात्र संघीय संसद्ले वन ऐन, २०७६ जारी गरेको छ। सो ऐन नेपालको संविधानसँग बाझिएको उल्लेख गरी प्रदेश २ सरकारले बाझिएको हदसम्म खारेज गर्न माग गर्दै विवाद संवैधानिक इजलासमा पुर्याएको हो।
नेपालको संविधानको अनुसूची ६ को १९ नम्बरमा वन व्यवस्थापन, वातावरण तथा भूसंरक्षणसँग सम्बन्धित विषय सम्बन्धित प्रदेशलाई अधिकार दिइएको विषय उल्लेख गरिएको छ।
संविधानमा यस्तो व्यवस्था गरिएको भए पनि वन ऐन जारी गर्दा संघीय संसद्ले ती विषयसँग सम्बन्धित कर्मचारी संघअन्तर्गत राखिएको भनी विवाद आएको हो। सो विवादलाई प्रदेश २ को सरकारले सर्वोच्चअन्तर्गतको संवैधानिक इजलासमा पुर्याएको हो।
नेपालको संविधानको धारा १३७ को उपधारा ९१० मा संवैधानिक इजलासको गठनको व्यवस्था गरिएको छ। उपधारा ९२० र ९३० मा यस इजलासको अधिकार क्षेत्रको बारेमा उल्लेख गरिएको छ। उपधारा ९२० मा संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरूबीच अधिकार क्षेत्रबारे भएको विवाद संवैधानिक इजलासले सुरू कारबाही र किनारा गर्नुपर्ने गरी अधिकार क्षेत्र तोकिएको छ।
संघीय संसद्ले हालै जारी गरेको वन ऐनमा डिभिजन वन अधिकृतलाई नेपाल सरकारको कर्मचारी भनेर उल्लेख गरेको विषयलाई लिएर प्रदेश २ को सरकारले आपत्ति जनाएको हो।
नेपाल सरकारले प्रदेशस्तरमा रहेका वन, भूसंरक्षण तथा वातावरणसँग सम्बन्धित कार्यालयलाई प्रदेश सरकारको जिम्मा लगाइसकेको उल्लेख गर्दै यस्तो अवस्थामा डिभिजन वन अधिकृतलाई नेपाल सरकारको कर्मचारी भनेर तोक्ने कार्य संविधानविपरीत भएको प्रदेश २ सरकारको दाबी छ।
संवैधानिक इजलासले यस विषयलाई शुक्रबार प्रारम्भिक सुनुवाइ गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले यो विवाद सुनुवाइ गरेको हो।
सुनुवाइपछि इजलासले त्यस्तो कानुन जारी गर्नुपर्नाको कारण पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय संसद्लगायतका निकायलाई आदेश दिएको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: