Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कोरोना त्रास : सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न सरकारकाे निर्देशन

काठमाडौं । नेपालमा कोरोना भाइरस प्रवेश रोक्न सरकारले उच्च सावधानी अपनाइएको दाबी गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राष्ट्रिय सभा बैठकमा कोरोनाबारे रिपोर्ट पेश गर्दै उच्च दाबी गरेका हुन् ।

उनका अनुसार कोरोना संक्रमण १ सय ५२ राष्ट्रमा फैलिएको र ४६ राष्ट्रका मानिसको मृत्यु भएता पनि नेपालमा भने अहिलेसम्म ४ सय ६४ जनाको परीक्षण गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ । मन्त्री ढकालले विश्वभर अहिलेसम्म १ लाख ५६ हजार मानिसहरु यो रोगबाट संक्रमित भएको तथ्य पेश गर्दै ५ हजार ८ सय ३९ जनाको मृत्यु भएको बताए । त्यस्तै विश्वका ७५ हजार ९ सय ३७ जना मानिस ठिक भएर घर फर्केको र ७४ हजार ९ सय ९० संक्रमित अवस्थामै रहेको मन्त्री ढकालले जनाएका छन् ।

तर नेपालमा यसको संक्रमण नरहेको उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विश्वभर अहिलेसम्म १ लाख ५६ हजार मानिसहरु यो रोगबाट संक्रमित भएको तथ्य पेश गर्दै ५ हजार ८ सय ३९ जनाको मृत्यु भैसकेको बताएका छन् ।

सरकारबाट कोरोना नियन्त्रण र रोकथामका लागि भएका र भैरहेको प्रयासहरुको बारेमा मन्त्री ढकालले राष्ट्रिय सभा बैठकमा जनाकारी दिए । ढकालले सरकारको तयारीबारे बताउँदै नेपालभित्र कोरोना प्रवेश गर्न नदिने नै सरकारको उद्देश्यले भएको जानकारी गराए ।

‘पहिलो उद्देश्य नेपालभित्र कोरोना प्रवेश नहोस् भनेर उच्च सावधानी अपनाइरहेका छौं’, मन्त्री ढकालले भने ।

‘हामीसँग करिब १ सय ७० आईसीयू सञ्चालनमा छन् । काठमाडौं उपत्यकाभित्र १ सय २० र काठमाडौं बाहिर १ सय १५ गरी २ सय ३५ आईसीयू तत्कालै व्यवस्था गर्ने काममा हामी जुटिसकेका छौं’, मन्त्री ढकालले बताए’, १ सय ५५ वटा

उनले १ सय २९ नाका मध्ये ४३ वटा विन्दुमा स्वास्थ्य डेक्स राखिएको र त्यहाँबाट आउने जाने व्यवस्था मिलाइएको भन्दै सीमा जोडिएका स्थानीय तहहरुलाई सावधानीका लागि २१ बुँदे निर्देशन पठाइसकिएको बताए ।

उनले संक्रमण फैलिएमा सबै अस्पतालमा संक्रमितलाई पठाउनेभन्दा पनि उपत्यकाका निश्चित तीन अस्पताललाई केन्द्रित गरेर प्राथमिकताका साथ उपचार गर्ने योजना रहेको जानकारी गराए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy