Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

कोरोनाको डरले आत्तिँदै आउनेको अस्पतालमा भीड

गलकोट । विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको चौतर्फी जोखिम बढेसँगै धौलागिरि अञ्चल अस्पतालमा कोरोनाको भय लिएर आउनेको सङ्ख्या बढ्दो छ । सामान्य रुघाखोकी र ज्वरो आएका बिरामी कोरोनाको आशङ्कामा हतास बनेर आउने क्रम बढेको अस्पतालले जनाएको छ ।

देश विदेशमा कोरोनाको चर्चा सुनेको र यही बेलामा रुघाखोकी लागेकाले कोरोना आशङ्कामा परीक्षणका लागि अस्पताल आएको जैमिनी नगरपालिकाका विष्णु थापाले बताए। “जताततै कोरोनाकै चर्चा सुनेर मनमा एक किसिमको डर हुन्छ,” थापाले भने, “यस बेलामै रुघा लाग्ने, घाँटी दुख्ने गरेकाले अस्पतालमा परीक्षण गर्न आएको हुँ ।”

दीर्घरोगीलाई छिटो सङ्क्रमण हुने भन्दै अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएको लामो समयदेखि मुटु रोगबाट पीडित भइरहनुभएकी एैसरा रानाले जानकारी दिए । धौलागिरि अञ्चल अस्पतालमा व्यावहारिक अभ्यासका लागि प्राविधिक विद्यालयबाट आएका श्रृष्टि बराइलीले बच्चाहरुलाई सामान्य रुघखोकी लाग्दा पनि कोरोना लाग्यो भन्दै आत्तिँदै आउने गरेको बताइन् । “यो मौसम परिवर्तनको समय भएकाले रुघाखोकी र भाइरल ज्वरो धेरैलाई लाग्न सक्छ,” धौलागिरी शिक्षा प्रतिष्ठान एचए तेस्रो वर्षमा अध्ययरनत बराइलीले भनिन् “कोरोना भाइरसको डरले बच्चादेखि पाका मानिसहरु पनि मलाई कोरोना त लागेको छैन भनेर आफैँ सोध्नुहुन्छ । यस्तो सङ्ख्या बढ्दो क्रममा छ ।”

बच्चाहरुलाई अहिले धुलो, धुवाँ र मौसम परिवर्तनका कारण रुघाखोकी, भाइरल ज्वरो आउने भएकाले नआत्तिन स्वास्थ्यकर्मी सुझाउँछन् । यस्ता बिरामीलाई सम्झाइबुझाइ गर्ने र रगत जाँचसहित परामर्श गरेर पठाउने गरेको बराइली बताउछिन् । कोरोना सन्त्रासका कारण अहिले अस्पतालमा मास्क किन्न आउने मानिसको सङ्ख्यासमेत बढेको छ ।

कोरोनाका कारण विश्वभर त्रास सिर्जना भएकाले यहाँ पनि विशेष गरेर बच्चाहरुलाई रुघाखोकी, भाइरल ज्वरो आउँदा पनि कोरोना भयो भन्दै आउने सङ्ख्या केही देखिएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी। पोखरेलले बताए । “चौतर्फी चर्चाले होला, आत्तिँदै कोरोना त लागेन भनेर जाँच गर्न आउनेको सङ्ख्या अलि बढी छ,” डा पोखरेलले भने, “हामी उनीहरुलाई उपचार मात्र होइन कोरोनाको विषयमा परार्मशसमेत प्रदान गर्दछौँ ।”

पोखरेलका अनुसार सामान्य रुघाखोकी लाग्नासाथ कोरोना आशङ्काले अस्पताल आउन थालेको भन्दै अहिले दैनिक ४०० को हाराहारीमा बिरामी अस्पताल आउन थालेका छन् । अहिलेसम्म धौलागिरि अस्पतालमा त्यस्तो उच्च जोखिमका बिरामी फेला नपरेको उनको भनाइ छ । कोरोनाको सम्भावित बिरामी सङ्क्रमण भएको अवस्थामा पनि छुट्टै कक्षमा राखेर उपचार गर्ने गरी अस्पतालमा दुई शय्यासहितको आइसोलेसन वार्डको व्यवस्था गरिएको डा पोखरेलले जानकारी दिए । कोरोना फैलिएको देशबाट आएका, सामान्य रुघाखोकी, ज्वरोभन्दा उच्च जोखिम भएका, श्वासप्रश्वासमा समस्या देखिएका मानिसहरु भेटिएमा उनीहरुलाई छुट्टै राखेर जाँच गर्ने, परामर्श, उपचार गर्ने व्यवस्था मिलाइएको पोखरेल बताउछन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE