काभ्रे । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाका निमित्त प्रदेश कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले कोरोना भाइरसबाट बच्न कोहीसँंग पनि अङ्कमाल तथा हात नमिलाउन र नमस्कार मात्रै गरेर शिष्टाचार अभिवादन गर्न आग्रह गरे ।
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा बनेपाको चारदोबाटोमा सञ्चालन गरेको कोभिड–१९ बारे आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजना गरेको जनचेतनामूलक सन्देश कार्यक्रममा उहाँले रोगको भाइरस मान्छेको हातबाट सर्ने धेरै सम्भावना भएकाले भिडभाडमा नबस्न तथा कुनै पनि बस्नु छोइसकेपछि हात धोएर सफा राख्न आग्रह गरे ।
प्रहरी वरिष्ठ उपरीक्षक दाहालले बताए, “अत्यधिक ज्वरो आएको ब्यक्ति, स्वास्थ्य समस्या भएको व्यक्ति, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिको नजिक गएर सम्पर्कमा कुरा नगर्नसमेत आग्रह गर्दछु ।” रुघा खोकी, ज्वरो र स्वास्थ्य समस्या भएको व्यक्तिलाई छुट्टै कोठामा राखेर उपचार गरेर भाइरस सङ्क्रमणबाट हुनसक्ने सम्भावित जोखिमबाट वेलैमा सचेत रहन उनले अनुरोध गरे । उनले त्यस्ता सचेतनाका अभियान अहिले प्रदेशभरि नै सञ्चालन गर्ने अभियाना वाग्मती प्रदेश प्रहरी कार्यालय लागिपरेको उनले बताए ।
कार्यक्रममा बनेपा हेल्थ केयरका फिजियो थेरापिष्ट डा रोजिना श्रेष्ठले नाकबाट बग्ने सिँगान र मुखबाट आउने छिटाबाट कोरोना भाइरस सर्ने भएकाले त्यसबाट बच्न सर्जिकल मास्क प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरे । उनले घरमा खाना पकाउने व्यक्तिले खाना पकाउँदा मासु राम्रोसँग पाक्ने गरी पकाउने, मासु र काँचो नै खान मिल्ने स्लादहरु एकै ठाउँमा राखेर नकाट्ने जस्ता कुरामा विशेष ध्यान दिन आग्रह गरे । सो अवसरमा उनले मास्क भएर मात्रै नभई लगाउँदा राम्रोसँग लगाउन नजानेको खण्डमा त्यसको कुनै औचित्य नभएको कारण लगाउने विधिलाई ध्यान दिनसमेत आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाले आइतबारबाट कोरोना भाइरसबाट कसरी सावधानी अपनाउने र कसरी रोगबाट बच्ने भन्ने विषयमा सचेत रहन अभियानमूलक नागरिक सहायता कक्ष सञ्चालन गरी निःशुल्क सर्जिल मास्क वितरण गर्नुका साथै बनेपा हेल्थ केयर सेन्टरको सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएको छ ।
स्वास्थ्य परीक्षणका क्रममा ५०० वटा सर्जिकल मास्क वितरण गर्नुका साथै बनेपा हेल्थ केयरले गरेको स्वास्थ्य शिविरमा २४० जनाले मधुमेह र २५० जनाले रक्तचाप परीक्षण गरे । साथै ५०० भन्दा बढीले कोरोना भाइसरबाट जोगिन गर्नुपर्ने सावधानीका विषयमा परामर्श लिएको हेल्थ केयरका शिव पौडेलले बताए ।
–––
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: