मान्म । जिल्लाको एकमात्र लघुजलविद्युत् आयोजना तीन दिनसम्म बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण कालीकोटले एक सूचना प्रकाशन गरी तीन दिनसम्म विद्युत् बन्द हुने जानकारी दिएको छ । पटक–पटक विद्युत् पावर हाउसमा आउने समस्याले जिल्लावासी अन्धकारमा बस्नु परेको छ । बत्तीस वर्षअगाडि सञ्चालनमा आएको उक्त आयोजनाले कालीकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिकाका करीब दुई हजार ६०० सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।
नेपाल विद्युत् प्राधिकरण कालीकोटका प्रमुख मेगराज जोशीका अनुसार पोतमारा लघुजलविद्युत् आयोजनाको क्षमता ५०० किलोवाट रहे तापनि हाल मेशिनमा देखिएको खराबीका कारण १८० किलोवाट क्षमताको भोल्टेज सेवाग्राहीको प्रयोगमा रहेको बताए। “प्यानलमा देखिएको समस्याका कारण तीन दिनसम्म बत्ती नआउने भएको हा”, उनले भने, “बत्ती नहुँदा जिल्लास्थित उद्योगी, व्यापारी, सञ्चारमाध्यमलगायत विद्युतीय उपकरणमा ठूलो समस्या देखिने गरेको छ ।”
बत्ती आउने–जाने कारणले विद्युतीय उपकरणहरू पड्किने बिग्रनेलगायत थुप्रै समस्याले सेवाग्राही हैरान भएका छन् । विद्युत् लाइन आउने निश्चित समय तालिका लागू गर्नुपर्ने यहाँका नागरिकको गुनासो छ । प्रदेशसभा सदस्य कुर्मराज शाहीले राष्ट्रिय प्रसारण लाइन नआएसम्म कालीकोटका नागरिकले सोचेबमोजिम विद्युततीय पावर प्रयोग गर्न नसक्ने बताए । राष्ट्रिय प्रसारण लाइनका लागि लाइन तान्ने काम लगभग सकिनै लागेको र अबको केही महिनामै राष्ट्रिय प्रसारण लाइन कालीकोटवासीले बाल्न पाउने उनको भनाइ थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: